२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पतिले दिएर गएको ‘रोग’

१७ मंसिर २०७३, शुक्रबार ०३:२६

मंसिर १७, घोराही | दाङ हेलुकली ३७ वर्षीया महिला शरिरमा एचआइभी, एड्स पालेर ३ सन्तानको भविष्यका लागि बाँचिरहेकी छन् । 

उनका पति २०६० सालमा विते । छुट्टीमा घर आउने तथा फेरि कमाउन भारत फर्कने पतिको नियमित प्रक्रिया लामो समय चल्यो। उनी पनि धेरै पटक पतिका साथ भारत गएर बस्थिन । जिन्दगीको लामो यात्रामा आफ्ना पतिलाई गम्भीर रोग लागेको भन्ने उनलाई पत्तै भएन ।

न पतिले नै कहिलै उनलाई यो रोगका बारेमा भने । २०५९ सालको अन्त्यतिर पतिलाई एचआइभी संक्रमणले अन्तिम अवस्थामा पुर्याइसकेको उनले थाहा पाएकी थिइन। औषधि उपचार भयो। केही सिप लागेन । पति बिते ।

पति बितेपछि चिकित्सकले उनी तथा छोराछोरीलाई पनि एचआईभी परीक्षण गराउन सल्लाह दिए । सबैको स्वास्थ्य परीक्षण भयो । दुई छोरा र छोरीको नतिजा निगेटिभ भयो । उनलाई पोजेटिभ ।

‘मैले त्यतिबेला भगवान्लाई धन्यवाद दिएँ, किनकि छोराछोरीको काल पनि मैले बोकेकी थिएँ', उनले भनिन्, ‘अहिले छोराछोरीको भविष्यका लागि पतिको रोग पालेर बाँचिरहेको छु ।' संक्रमितको शरीरमा जीवाणुसँग लड्ने ताकत दिने एआरभी औषधि उनले नियमित रूपमा खाइरहेकी छन् ।

‘पतिले छाडेको रोगले कति बेला लैजान्छ थाहा छैन, औषधिका भरमा अझै केही वर्ष बाँच्छु भन्ने त लागेको छ', रोग नलागेका अन्य महिलाजस्तै तन्दुरुस्त देखिने उनले भनिन् । पति मुम्बईमा काम गर्ने श्रीगाउँकी ३३ वर्षीया अर्की महिला पनि एचआईभी संक्रमणबाट पीडित छन् ।

भारतबाट छुट्टीमा आएका बेला उनका पति बिरामी परे । उनलाई उपचारका लागि नेपालगन्ज लगियो । परीक्षण गर्दा एचआईभी पोजेटिभ देखियो । त्यो पनि अन्तिम अवस्थामा । परीक्षणपछि चिकित्सकले उनलाई केही भनेनन् । ‘तपाईं नआत्तिनुस्, आफन्तलाई बोलाउनुस् मात्रै भने', उनले भनिन्, ‘घरबाट दिदीलाई बोलाएँ । – अन्नपूर्ण पोस्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली