मङ्सिर १९, काठमाडौं । काठमाडौंमा सवारी जामको समस्या अन्त्यका लागि महत्वपूर्ण चार ट्राफिक नियम परिवर्तन गरेर कडाइ गरिने भएको छ ।

यातायात व्यवस्था विभाग "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १९, काठमाडौं । काठमाडौंमा सवारी जामको समस्या अन्त्यका लागि महत्वपूर्ण चार ट्राफिक नियम परिवर्तन गरेर कडाइ गरिने भएको छ ।

यातायात व्यवस्था विभाग "/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् ट्राफिक नियममा गरिएका चार महत्वपूर्ण परिवर्तन

१९ मंसिर २०७३, आईतवार ०७:५९

मङ्सिर १९, काठमाडौं । काठमाडौंमा सवारी जामको समस्या अन्त्यका लागि महत्वपूर्ण चार ट्राफिक नियम परिवर्तन गरेर कडाइ गरिने भएको छ ।

यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले बनाएको नियम यो नियम रिंगरोडभित्र लागू हुनेछ । सवारी चापको समयमा केही प्रयोजनका गाडीलाई अब रिंगरोडभित्र समय तोकेर निषेध गर्नेदेखि सवारीको जथाभावी मोड्ने प्रवृत्तिमाथि अंकुश लगाउने निर्णय भएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए ।  सुरुमा प्रचार–प्रसार गरेर यो नियमबारे जनतालाई सचेत गराइनेछ र, निश्चित समयपछि लागू गरिनेछ ।

१. राइट साइडमा मोड्न नपाइने

अहिले ट्राफिक प्रहरीले लेनको नियम नमान्नमाथि कारवाहीको चिट थमाइहाल्छ । अब लेन अनुशासनलाई थप कडाइ गर्न सवारीलाई जथाभावी दायाँतर्फ मोड्न बन्द गर्ने निर्णय भएको छ ।

अहिले सवारी गइरहेको साइडभन्दा पारिपट्टीको बाटो प्रयोग गर्न बिपरित लेन हुँदै सवारी क्रस गरेर जाने प्रचलन छ ।

सवारी फर्काउन पनि विपरित लेनमा जथाभावी दायाँ मोड्ने गरिएको छ ।

तर, अब नयाँ नियम लागू गरेर यसमा कडाइका साथ रोक लगाइनेछ । सवारीहरुले ट्राफिक आइल्याण्डबाट मात्रै राइटसाइड मोड्न सक्नेछन् । जथाभावी दायाँ मोड्न दिँदा सवारी जाम बढेको र ट्राफिकलाई पनि हैरानी भएको यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको दाबी छ । ट्राफिक आइल्याण्ड नभएका क्रसिङ बाटोमा अब राइट मोडेर विपरित दिशाको सडकतर्फ जान पाइने छैन ।

उदाहरणका रुपमा बानेश्वरबाट सिभिल हस्पिटल जानेहरु सवारी अहिले यातायात व्यवस्था विभाग आसपासका लेन चेञ्ज गर्ने ठाउँबाट पारी जान्छन् । तर, अब ट्राफिक प्रहरीले यसरी मोडेर बाटो क्रस गर्न दिने छैन । अब ट्राफिक आइल्याण्डबाटै राइट मोडेर आउनुपर्ने हुन्छ ।  तर, यो नियमले आम सर्वसाधारणलाई निकै असहज हुनसक्छ ।

२. पुलमुनिका सडक खोलेर प्रयोगमा ल्याउने

विभाग र ट्राफिकले अब पुलमुनीका सडकलाई अधिकतम् रुपमा प्रयोगमा ल्याउने निर्णय पनि गरेका छन् ।

अब सबै पुलमुनिका बाटाहरु खोलिने भएको छ । पुलमुनीका सडक प्रयोगमा आउँदा जाम कम हुने र करिडोरका सडकमा पनि सवारी गुडाउने क्रम बढ्ने विश्वास गरिएको अधिकारीहरुले बताए ।

सडककै दुबै लेनतर्फबाट पुललाई क्रस गरेर खोलिएका सडकको प्रयोग बढाउन पनि राइट टर्न लिन बन्द गर्नुपरेको प्रवक्ता पाण्डेले बताए ।

अहिले उपत्यकामा थुप्रै त्यस्ता पुल छन्, जसको मुनिबाट क्रस रोडहरु क्रस छन् । यस्ता सडक प्रयोगमा ल्याउँदा सडकमा चाप कम पर्ने र ट्राफिक ब्यवस्थापन कम हुने अपेक्षा गरिएको छ ।

३. स्कुल बसलाई समयसीमा

नयाँ नियम अनुसार अब विद्यालयका बसहरुलाई पनि सडकमा ‘अफिस टाइम’मा गुड्न नदिइने भएको छ ।

स्कुल बसहरुले ९ बजेअघि नै विद्यार्थीलाई विद्यालय पु¥याइसक्नुपर्नेछ र ४ बजे अघि नै विद्यार्थी फर्काएर स्कुल बस विद्यालयमा आइसक्नुपर्नेछ ।

अर्थात विहान ९ बजेभित्र स्कुलबस स्कुल हाताभित्र प्रवेश गरिसकेकेको हुनुपर्नेछ भने भने बेलुका ४ बजेपछि पनि स्कुल बस सडकमा आउन पाउने छैनन् ।

अहिले उपत्यकामा झण्डै ३ हजारभन्दा बढी स्कुल बस रहेको अनुमान छ । अन्य भाडाका सवारीले पनि स्कुल बसका रुपमा विद्यार्थी बोक्ने गरेका छन् । अब स्कुल बस धेरै ट्राफिक जाम हुने समयमा सकडमा गुड्न पाउने छैनन् । यो नियम कडाइका साथ लागू गर्ने तयारी छ ।

४. डेलिभरी भ्यानमा पनि कडाइ

ट्राफिक प्रहरीले अब खानेपानी बोक्नेबाहेक अन्य डेलिभरी भ्यानलाई पनि ‘अफिस टाइम’मा रिंगरोडभित्र चलाउन नदिने भएको छ ।

विभिन्न सामग्रीको ढुवानीका लागि चल्ने साना भ्यान तथा गाडीलाई बिहान ९ बजेदेखि ११ बजेसम्म चल्न नदिइने भएको छ । यसैगरी अपहरान्ह ४ देखि बेलुकी ६ बजेसम्म पनि यस्ता भ्यान चल्न नदिने निर्णय भएको छ ।  

अब मुख्य जाम हुने समयमा डेलिभरी भ्यान तथा गाडीहरु सडकमा आए ट्राफिक प्रहरीले कारवाही गर्नेछ । ट्रापिक  प्रहरीले अब पैदलयात्रुले जेब्राक्रसिङबाटै बाटो काट्ने वातावरण बनाउन पनि विशेष प्रयास गर्ने बताएको छ । अनलाइन खबरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ