मङ्सिर २१, काठमाडौं | प्रमुख प्रतिपक्षको सहमतिविनै संविधान संशोधन अघि बढाएको सरकारले एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमतिकै आधारमा संशोधन विधेयक पारित "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २१, काठमाडौं | प्रमुख प्रतिपक्षको सहमतिविनै संविधान संशोधन अघि बढाएको सरकारले एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमतिकै आधारमा संशोधन विधेयक पारित "/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार संशोधनबाट पछी नहट्ने

२१ मंसिर २०७३, मंगलवार ०२:०४

मङ्सिर २१, काठमाडौं | प्रमुख प्रतिपक्षको सहमतिविनै संविधान संशोधन अघि बढाएको सरकारले एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमतिकै आधारमा संशोधन विधेयक पारित गराएर अन्य राष्ट्रिय समस्याको हल गर्न चाहेको बताएको छ । सहमति जुट्नै नसकेको अवस्थामा भने व्यवस्थापिका–संसद्मा निर्वाचनको माध्यम अँगाल्ने अडान सरकारको छ । 

असन्तुष्ट पक्षको माग सम्बोधन गर्न संविधान संशोधन विधेयक दर्ता गरेको दाबी गरेको सरकारले एमालेले संशोधनमा सहयोग नगरे सदन खुलाउन मनाएर संशोधन प्रक्रिया अगाडि बढाउने गृहकार्यमा जुटेको छ ।

संविधान संशोधन, स्थानीय तहको निर्वाचनलगायत विषयमा सहमति जुटेको खण्डमा एमालेसँग सहमति जुटाएर अघि बढ्ने तर सहमति नजुटेको अवस्थामा एमालेविना नै प्रक्रिया अगाडि बढाउने तयारी सरकारको छ । एमाले संशोधनविरुद्ध सडक आन्दोलनमा ओर्लिएपछि सहमति जुट्ने सम्भावना क्षीण बनेको भन्दै सरकारले प्रतिपक्षी दलसँग भन्दा पनि मधेसी मोर्चासँग छलफल गरेर दुई तिहाइका आधारमा संशोधन विधेयक पास गराउने पक्षमा लागेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको निजी सचिवालयले प्रधानमन्त्री सर्वसम्मत रूपमा संशोधन विधेयक पास गराएर सहमतिमा नै निर्वाचन मिति तोकेर अघि बढ्ने गरी छलफलमा रहेको बताएको छ । सचिवालयले सहमति जुट्नै नसकेको अवस्थामा प्रक्रियाबाटै भए पनि विषयलाई हल गर्ने तयारी रहेको बतायो र प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार नारायण दाहालले प्रधानमन्त्रीको जोड सहमतिमा नै रहेको भन्दै सर्वसम्मति नजुटेको अवस्थामा प्रक्रिया अगाडि बढाउने सोचमा सरकार रहेको खुलाए । ‘अहिले सर्वसम्मत रूपमा संशोधन प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री लागिरहनुभएको छ,’ दाहालले भने, ‘सर्वसम्मत रूपमा निकास ननिस्किए संसदीय व्यवस्थाअन्तर्गत यो प्रक्रिया अघि बढ्नेछ ।’ दाहालका अनुसार संसद्मा विधेयक टेबुल गराउने काम सरकारले गर्नेछ ।

प्रधानमन्त्रीले अहिले पनि संशोधनसहित निर्वाचनलगायत राष्ट्रिय मुद्दामा सहमतिकै आधारमा अघि बढौं भनेर छलफल गरिरहेको उनको भनाइ छ । ‘अझै पनि सहमतिकै आधारमा अघि बढौं भन्ने सरकारको तयारी हो,’ प्रशासनिक सल्लाहकार दाहालले भने, ‘त्यसका लागि प्रधानमन्त्रीले अनौपचारिक रूपमा छलफल र भेटघाटलाई तीव्रता दिइरहनुभएको छ ।’ यता, सरकारले संशोधन विधेयक दर्ता गरेको हप्ता दिन बितिसक्दा समेत एमालेसँग औपचारिक रूपमा सदन खुलाउने विषयमा पहल गरेको छैन । उसले मधेसी मोर्चाका नेताहरूसँगको छलफललाई भने निरन्तरता दिएको छ । – राजधानी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ