मंसिर २१, काठमाडौं | चीनको ग्वाङ्जाउबाट नेपालका लागि मालसामान बोकेर गत बुधबार गुडेको मालबाहक रेल ८६ घन्टाको यात्रापछि ल्हासा पुगेको छ । एक हजार टन क्षमताको विशाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २१, काठमाडौं | चीनको ग्वाङ्जाउबाट नेपालका लागि मालसामान बोकेर गत बुधबार गुडेको मालबाहक रेल ८६ घन्टाको यात्रापछि ल्हासा पुगेको छ । एक हजार टन क्षमताको विशाल"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनबाट नेपाल लक्षित गुडेको मालबाहक रेल ल्हासा पुग्यो

२१ मंसिर २०७३, मंगलवार ०२:१४

मंसिर २१, काठमाडौं | चीनको ग्वाङ्जाउबाट नेपालका लागि मालसामान बोकेर गत बुधबार गुडेको मालबाहक रेल ८६ घन्टाको यात्रापछि ल्हासा पुगेको छ । एक हजार टन क्षमताको विशाल मालबाहक रेल पहिलोपटक पाँच हजार किलोमिटर छिचोल्दै तिब्बतको ल्हासा पुगेको अवसरमा सोमबार ल्हासाको रेलवे स्टेसनमा एक कार्यक्रमको आयोजना गरिएको छ । 

ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्द बहादुर कार्कीले बताए अनुसार सो रेलको तिब्बत आगमनले तिब्बत र नेपालमा सामान आपूर्तिमा नयाँ फड्को सावित हुनेछ ।

कार्यक्रममा तिब्बत स्वायत्त प्रदेशका उच्च अधिकारी, रेल कम्पनीका अधिकारी र तिब्बत वाणिज्य विभागका अधिकारीले सो क्षमताको मालबाहक रेल सेवाले तिब्बत र नेपालका जनताले लाभ प्राप्त गर्ने बताएको कार्कीले उल्लेख गरे ।

उच्च तिब्बती भूभागमा विशाल मालबाहक रेल गुड्न सकेकोमा चीनको तिब्बत स्वायत्त प्रदेशका अधिकारीहरुले खुशी प्रकट गरेका छन् ।

ग्वाङ्जाउदेखि ल्हासासम्मको दुरी पाँच हजार किलोमिटर रहेको छ भने ल्हासादेखि सिगात्सेको दुरी २५३ किलोमिटर रहेको छ । सिगात्सेदेखि काठमाडौँको दुरी ८७० किलोमिटर रहेको छ ।

सिगात्सेबाट मालबाहक कन्टेनरमार्फ केरुङ हुँदै सामानलाई काठमाडौँ लगिनेछ । ग्वाङ्जाउबाट समुद्री मार्गको तुलनमा मालबाहक रेलमार्फत स्थलमार्ग ३५ दिन चाँडो सामान काठमाडौं पुग्नेछ । यसबाट समय र ढुवाली मूल्यमा ठूलो बचत हुने बताइएको छ । यो रेललाई चीनमा ग्वाङ्जाउ–तिब्बत–मध्य तथा दक्षिण एशिया रेल सेवाको पहिलो मालबाहक रेल भनेर उल्लेख गरिएको छ ।

ग्वाङजाउबाट पहिलोपटक गएको मालबाहक रेलमा लुगाकपडा, फर्निचर, विद्युतीय लगायतका सामग्रीहरु समावेश गरिएको छ र ती सामानको मूल्य एक करोड नब्बे लाख चिनियाँ युआन अर्थात् ३० करोड नेपाली मूल्य बराबर रहेको छ ।

अबदेखि ग्वाङजाउबाट हरेक साता यस प्रकारका मालबाहक रेल तिब्बत जाने महावाणिज्यदूत कार्कीले बताए । यस्तो मालबाहक रेल ग्वाङजाउबाट ल्हासा आउनुको मुख्य उद्देश्य नेपाल र चीनबीचको व्यापारलाई सहज र सस्तो बनाउनु रहेको पनि उनले उल्लेख गरे ।

गत जेठको सुरुमा चीनको कान्सु प्रान्तको लान्चौबाट नेपाल लक्षित मालबाहक रेल गुडेको थियो । काठमाडौँ महानगरपालिका र लान्चौबीचमा भगिनी सम्बन्ध स्थापनाको हस्ताक्षर हुनासाथ रेल गुडेको थियो ।

चीनबाट नेपाल लक्षित मालबाहक रेल गुडेको त्यो पहिलोपटक थियो । लान्चौबाट गुडेको रेलको सामान १० दिनमा काठमाडौँ पुग्ने लक्ष्य निर्धारण गरिए पनि दस दिन अगावै सामान काठमाडौँमा ढुवानी भएको थियो । गत कात्तिक १५ गतेदेखि हरेक साताको एकपटक चीनको लान्चौबाट नेपालका लागि मालबाहक रेल सिगात्से जाने गर्छ । -कान्तिपुर  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ