मंसिर २१, काठमाडौं | चीनको ग्वाङ्जाउबाट नेपालका लागि मालसामान बोकेर गत बुधबार गुडेको मालबाहक रेल ८६ घन्टाको यात्रापछि ल्हासा पुगेको छ । एक हजार टन क्षमताको विशाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २१, काठमाडौं | चीनको ग्वाङ्जाउबाट नेपालका लागि मालसामान बोकेर गत बुधबार गुडेको मालबाहक रेल ८६ घन्टाको यात्रापछि ल्हासा पुगेको छ । एक हजार टन क्षमताको विशाल"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनबाट नेपाल लक्षित गुडेको मालबाहक रेल ल्हासा पुग्यो

२०७३, २१ मंसिर मंगलवार ०२:१४

मंसिर २१, काठमाडौं | चीनको ग्वाङ्जाउबाट नेपालका लागि मालसामान बोकेर गत बुधबार गुडेको मालबाहक रेल ८६ घन्टाको यात्रापछि ल्हासा पुगेको छ । एक हजार टन क्षमताको विशाल मालबाहक रेल पहिलोपटक पाँच हजार किलोमिटर छिचोल्दै तिब्बतको ल्हासा पुगेको अवसरमा सोमबार ल्हासाको रेलवे स्टेसनमा एक कार्यक्रमको आयोजना गरिएको छ । 

ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्द बहादुर कार्कीले बताए अनुसार सो रेलको तिब्बत आगमनले तिब्बत र नेपालमा सामान आपूर्तिमा नयाँ फड्को सावित हुनेछ ।

कार्यक्रममा तिब्बत स्वायत्त प्रदेशका उच्च अधिकारी, रेल कम्पनीका अधिकारी र तिब्बत वाणिज्य विभागका अधिकारीले सो क्षमताको मालबाहक रेल सेवाले तिब्बत र नेपालका जनताले लाभ प्राप्त गर्ने बताएको कार्कीले उल्लेख गरे ।

उच्च तिब्बती भूभागमा विशाल मालबाहक रेल गुड्न सकेकोमा चीनको तिब्बत स्वायत्त प्रदेशका अधिकारीहरुले खुशी प्रकट गरेका छन् ।

ग्वाङ्जाउदेखि ल्हासासम्मको दुरी पाँच हजार किलोमिटर रहेको छ भने ल्हासादेखि सिगात्सेको दुरी २५३ किलोमिटर रहेको छ । सिगात्सेदेखि काठमाडौँको दुरी ८७० किलोमिटर रहेको छ ।

सिगात्सेबाट मालबाहक कन्टेनरमार्फ केरुङ हुँदै सामानलाई काठमाडौँ लगिनेछ । ग्वाङ्जाउबाट समुद्री मार्गको तुलनमा मालबाहक रेलमार्फत स्थलमार्ग ३५ दिन चाँडो सामान काठमाडौं पुग्नेछ । यसबाट समय र ढुवाली मूल्यमा ठूलो बचत हुने बताइएको छ । यो रेललाई चीनमा ग्वाङ्जाउ–तिब्बत–मध्य तथा दक्षिण एशिया रेल सेवाको पहिलो मालबाहक रेल भनेर उल्लेख गरिएको छ ।

ग्वाङजाउबाट पहिलोपटक गएको मालबाहक रेलमा लुगाकपडा, फर्निचर, विद्युतीय लगायतका सामग्रीहरु समावेश गरिएको छ र ती सामानको मूल्य एक करोड नब्बे लाख चिनियाँ युआन अर्थात् ३० करोड नेपाली मूल्य बराबर रहेको छ ।

अबदेखि ग्वाङजाउबाट हरेक साता यस प्रकारका मालबाहक रेल तिब्बत जाने महावाणिज्यदूत कार्कीले बताए । यस्तो मालबाहक रेल ग्वाङजाउबाट ल्हासा आउनुको मुख्य उद्देश्य नेपाल र चीनबीचको व्यापारलाई सहज र सस्तो बनाउनु रहेको पनि उनले उल्लेख गरे ।

गत जेठको सुरुमा चीनको कान्सु प्रान्तको लान्चौबाट नेपाल लक्षित मालबाहक रेल गुडेको थियो । काठमाडौँ महानगरपालिका र लान्चौबीचमा भगिनी सम्बन्ध स्थापनाको हस्ताक्षर हुनासाथ रेल गुडेको थियो ।

चीनबाट नेपाल लक्षित मालबाहक रेल गुडेको त्यो पहिलोपटक थियो । लान्चौबाट गुडेको रेलको सामान १० दिनमा काठमाडौँ पुग्ने लक्ष्य निर्धारण गरिए पनि दस दिन अगावै सामान काठमाडौँमा ढुवानी भएको थियो । गत कात्तिक १५ गतेदेखि हरेक साताको एकपटक चीनको लान्चौबाट नेपालका लागि मालबाहक रेल सिगात्से जाने गर्छ । -कान्तिपुर  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा