मंसिर २१, काठमाडौं | उपचारका क्रममा अस्पताल र चिकित्सकबाट गम्भीर लापर्बाही भएको भन्दै उपत्यकाका नाम चलेका दुई ठूला अस्पतालविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २१, काठमाडौं | उपचारका क्रममा अस्पताल र चिकित्सकबाट गम्भीर लापर्बाही भएको भन्दै उपत्यकाका नाम चलेका दुई ठूला अस्पतालविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्द"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकाको नाम चलेका हस्पिटल ग्रान्डी र बीएन्डबी विरुद्ध मुद्दा

२०७३, २१ मंसिर मंगलवार ०२:२०

मंसिर २१, काठमाडौं | उपचारका क्रममा अस्पताल र चिकित्सकबाट गम्भीर लापर्बाही भएको भन्दै उपत्यकाका नाम चलेका दुई ठूला अस्पतालविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको छ ।

राजधानीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल र ललितपुरको ग्वार्कास्थित बी एन्ड बी अस्पतालविरुद्ध क्षतिपूर्तिको मागदाबीसहित मुद्दा दर्ता भएको हो । ग्रान्डीविरुद्ध १० करोड रुपैयाँ र बी एन्ड बी अस्पतालविरुद्ध १ करोड रुपैयाँको क्षतिपूर्ति मागदाबीसहित मुद्दा दर्ता भएको हो । 

उपभोक्ता हित संरक्षण मञ्च नेपालको सहयोगमा पीडित पक्षले अस्पतालहरूले उपचारमा लापरबाही गरी ज्यान जोखिममा पारेको तथा उपभोक्ताको आर्थिक हानि गरेको भन्दै मुद्दा दायर गरेका हुन् ।

मञ्चले आयोजना गरेको पत्रकार सम्मेलनमा ग्रान्डीमा उपचारका क्रममा मृत्यु भएका काठमाडौं ग्रिनल्यान्ड निवासी ३० वर्षीय सुदीप विष्टकी आमा चूडाकुमारी विष्टले छाती दुख्यो भनेर मोटरसाइकलको पछि बसेर ग्रान्डी अस्पताल पुगेको छोरा चिकित्सकका लापरबाहीका कारण आफूले गुमाउनुपरेको बताइन् ।

गत ६ कात्तिकमा ग्रान्डी अस्पतालको आईसीयूमा भर्ना भएका भोलिपल्टै सुदीपको मृत्यु भएको थियो । त्यसबेला उपचारका लागि भनेर अस्पताललाई ९४ हजार रुपैयाँ बुझाइसकेपछि ७ गते मृत घोषणा गरिएको थियो ।

मृतक सुदीपकी आमा चूडाकुमारीले हृदयाघातको आशंका भएकाले आफूहरूले त्यसको उपचारका लागि आग्रह गर्दा पनि डाक्टरले ग्यास्ट्रिकको उपचार गर्नु, उपचारका क्रममा पनि सही सूचना नदिनु र मृत्युपछि पनि रिपोर्ट दिन अस्पतालले आनाकानी गर्नुले उपचारमा लापरबाही भएको पुष्टि भएको बताइन् । ‘मेरो छोराको त अस्पतालको लापरबाहीले ज्यान गयो, मेरो छोराजस्तो अन्य कसैले पनि ज्यान गुमाउनु नपरोस् भनेर न्याय माग्न जिल्ला प्रशासन कार्यालयमा अस्पतालविरुद्ध मुद्दा दर्ता गरेकी हुँ,’ मृतककी आमाले भनिन् ।

उनीहरूले ग्रान्डी अस्पतालका सीईओ डा. अशोक बर्दन, मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे, डाक्टरहरू सजिन सिंह, डा. शंकर रावत, डा. मिलनप्रकाश श्रेष्ठ र डा. विवेक शर्माविरुद्ध उजुरी दिएका हुन् । त्यसैगरी, डा. दीपेश अर्याल, डा. अविनाश गुरुङ, डा. एलिना घिमिरेविरुद्ध पनि उनीहरूले उजुरी दिएका छन् ।

त्यसैगरी, ललितपुर ग्वार्काेस्थित बी एन्ड बी अस्पतालविरुद्ध भने इन्द्रकुमारी राईको उपचारमा लापरबाही भएको भन्दै मुद्दा दायर गरिएको छ । खाना नरुच्ने, टाउको दुख्ने, वाकवाकी लाग्नेजस्ता समस्या देखिएपछि २७ कात्तिक २०७१ मा उपचारका लागि अस्पताल पुगेकी श्रीमती इन्द्रकुमारी राईको उपचारमा डाक्टरले गलत औषधि चलाउँदा त्यसको रियाक्सनले झन्डै ज्यान गएको र अहिले पनि श्रीमती कमजोर भएको भन्दै क्षतिपूर्ति माग गरेको पीडितका पति अञ्चल राईले बताए ।

राईले अस्पतालका डाक्टर कृष्णप्रसाद शर्मा तथा फार्मेसीविरुद्ध उजुरी दिएको बताए । उनले उपचारकै क्रममा सो अस्पतालमा पटक पटक गरी १७ लाख ५८ हजार ९ सय ७० रुपैयाँ खर्च भएको तर सही उपचार नगरेको भन्दै १ करोडको क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेको बताए ।

‘एउटा समस्याका लागि अन्दाजको भरमा ५/६ वटा रोगको औषधि दिएका कारण छालामा फोका र घाउले आज मेरी पत्नी कुरूप हुनुपर्ने अवस्था छ, त्यसलाई ठीक हुन वर्षौं या जीवनभर पनि लाग्न सक्ने भएकाले क्षतिपूर्तिको मागसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी हालेको हुँ,’ पति अञ्चलले भने । – राजधानी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा