मंसिर २२, काठमाडौं | विद्यालयका सवारीसाधन बिहान ९ र दिउँसो साढे ४ बजेभित्र मात्र चलाउन पाउने यातायात व्यवस्था विभागले निर्णय गरेको छ। विभागले उपत्यकामा बढदै गएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २२, काठमाडौं | विद्यालयका सवारीसाधन बिहान ९ र दिउँसो साढे ४ बजेभित्र मात्र चलाउन पाउने यातायात व्यवस्था विभागले निर्णय गरेको छ। विभागले उपत्यकामा बढदै गएको"/>
२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकामा बिहान ९ र दिउँसो साढे ४ बजेभित्र मात्रै स्कुल बस चलाउन पाउने

२०७३, २२ मंसिर बुधबार ०२:४२

मंसिर २२, काठमाडौं | विद्यालयका सवारीसाधन बिहान ९ र दिउँसो साढे ४ बजेभित्र मात्र चलाउन पाउने यातायात व्यवस्था विभागले निर्णय गरेको छ। विभागले उपत्यकामा बढदै गएको ट्राफिकजामको समस्या मध्यनजर गर्दै उक्त समयभित्र विद्यार्थीलाई गन्तव्यमा पुर्‍याइसक्नुपर्ने निर्णय गरेको हो।

‘बिहान ९ बजेभित्र विद्यार्थीलाई विद्यालय हाताभित्र प्रवेश गराइसक्नु पर्नेछ,’ निर्णयमा भनिएको छ,  ‘दिउँसो ४:३० बजेभित्र विद्यार्थीलाई आ–आफ्नो घर पुर्‍याई सवारीसाधन विद्यालय हाताभित्र प्रवेश गराइसक्नुपर्छ।’ कार्यालय समयमा सडकजाम नियन्त्रणका लागि यस्तो निर्णय गरिएको विभागले जनाएको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

विभागको संयोजकत्वमा ट्राफिक प्रहरी निर्देशनालयका अधिकारीसमेतको उपस्थितिमा मंसिर २ मा उक्त निर्णय गरेको हो। विभागले निर्णय तत्काल कार्यान्वयन गर्न ट्राफिक निर्देशनालय, उपत्यका आयुक्तको कार्यालय, महानगरीय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवस्थाका सबै अञ्चल कार्यालयलाई निर्देशन दिएको छ।

त्यसका साथै, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई ‘पिक आवर’ मा ट्राफिक प्रहरीले नियन्त्रण गर्न सक्ने भएपछि उक्त निर्णय गरेको बोधार्थ पठाएको छ। ‘प्रत्येक दिन सवारीसाधनको संख्या बढदै गएको छ, सडकको चौडाइ उस्तै छ,’ विभागका प्रवक्ता टोकराज पाण्डेले भने, ‘विद्यार्थी ओसारिसकेपछि विद्यालयका सवारीसाधन सडकमा चलाउन पाइँदैन।’ विभागका अनुसार उपत्यकामा विद्यालयका करिब २ हजार गाडी गुडछन्।

त्यसका साथै डेलिभरी भ्यान र पिकअप (पानी र पेट्रोलियम पदार्थ बोक्नेबाहेक) लाई जाम हुने समय बिहान ९ देखि ११ बजे र दिउँसो ४ देखि ६ बजेसम्म रिङरोडभित्र सञ्चालन गर्न नपाइने निर्णय गरेको पाण्डेले जानकारी दिए।

विभागले माइक्रो बसभित्र उभिएर यात्रा गराए कडा कारबाही गर्ने निर्णयसमेत गरेको छ। ‘फोल्डिङ सिटमा यात्रा गर्न दिन्छौं, उभिएर यात्रा गर्न पाइँदैन,’ उनले भने, ‘साँखु र जोरपाटी सुरु र अन्तिम स्थान हुने गरी कुनै पनि सवारीसाधन इजाजत नदिने पनि निर्णय गरेका छौं, दिएको भए पनि अब नवीकरण गर्दैनौं।’ उपत्यका ट्राफिक महाशाखाका डीआईजी प्रकाश अर्यालले विभागको निर्णयलाई कार्यान्वनका लागि आन्तरिक सर्कुलर भइसकेको बताए।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का महासविच डीके ढुंगानाले हालको सडक संरचनाको अवस्था हेर्दा यो निर्णय उपयुक्त नभएको र पालना गर्न सम्भव नहुने बताए। ‘साधारणत: १० बजेदेखि विद्यालयको पठनपाठन सुरु हुन्छ, अनि ९ बजेभित्र विद्यालय हाताभित्र प्रवेश गरिसक्नुपर्ने कसरी सम्भव हुन्छ ?’ उनले भने, ‘अनि दिउँसो ४:३० बजेभित्र गाडी विद्यालयभित्र प्रवेश गराइसक्न २ बजे विद्यालय बिदा हुनपर्छ, अध्ययन अध्यापन कतिबेला गर्ने ?’

‘कार्यालय समयमा त ट्राफिक प्रहरीलाई सवारीसाधनको व्यवस्थापन गर्न हम्मे पर्छ,’ डीआइजी अर्यालले भने, ‘यो निर्णयले केही राहत दिन्छ।’ प्रत्येक दिन सवारीसाधनको संख्या थपिए पनि ट्राफिक जनशक्ति उस्तै रहेको उनले बताए। ‘पिक आवर’ मा विद्यालयका गाडी मात्र नगुडे जाम केही घटने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो