मंसिर २४, सुर्खेत | प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागतका लागि र्‍यालीमा सहभागी छात्राको ज्यान गएको छ। वीरेन्द्रनगरमा सुरू भएको कर्णाली एक्स्पो तथा अन्तर्राष्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २४, सुर्खेत | प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागतका लागि र्‍यालीमा सहभागी छात्राको ज्यान गएको छ। वीरेन्द्रनगरमा सुरू भएको कर्णाली एक्स्पो तथा अन्तर्राष्ट"/>
२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीको स्वागत गर्न बसेकी बालिकाको मृत्यु

२०७३, २४ मंसिर शुक्रबार ०२:२९

मंसिर २४, सुर्खेत | प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागतका लागि र्‍यालीमा सहभागी छात्राको ज्यान गएको छ। वीरेन्द्रनगरमा सुरू भएको कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटनका क्रममा निकालिएको र्‍यालीमा सहभागी १३ वर्षीया छात्रा समीक्षा आचार्यको बिहीबार ज्यान गएको हो। 

वीरेन्द्रनगरको होराइजन माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत आचार्य र्‍यालीमै बेहोस भएकी थिइन्। वीरेन्द्रचौक पुगेपछि बेहोस भएकी उनलाई तत्कालै वीरेन्द्रनगरस्थित नर्सिङ होममा भर्ना गरिएको थियो।

त्यहाँ उपचार हुन नसकेपछि उनलाई कोहलपुर शिक्षण अस्पतालमा लगिएको थियो। त्यहाँको डाक्टरले समीक्षालाई मृत घोषित गरेका थिए। प्रधानमन्त्रीको स्वागत गर्न भन्दै बिहान १० बजे विद्यालयबाट सीधै उनी र्‍यालीमा गएकी थिइन्।

सबै विद्यार्थीलाई विद्यालयले प्रधानमन्त्री आउने भन्दै र्‍यालीमा पठाएको थियो । घन्टौंसम्म लाममा हिँड्दा उनी बाटोमै बेहोस भएकी थिइन् ।

वीरेन्द्रनगरका सरकारी तथा निजी विद्यालयका विद्यार्थीलाई पोसाकसहित बिहान १० बजेदेखि नै र्‍यालीमा सहभागी गराइएको थियो तर दाहाल भने दिउँसो ३ बजेमात्र मेलास्थलमा पुगेका थिए । घरकी जेठी छोरी समीक्षा पढाइमा अब्बल थिइन् । स्थायी घर पाल्पा भएकी उनका बाबुआमा वीरेन्द्रनगरमा व्यापार गर्दै आएका छन् । समीक्षाका बाबु विष्णु आचार्यले लामो समयसम्म लाममा बस्दा पानी पनि खान नपाएर छोरीको ज्यान गएको भन्दै आक्रोश पोखे ।

समीक्षाका आफन्तले घटनाको जिम्मा विद्यालय र मेला आयोजकले लिनुपर्ने माग राखेका छन् । चिकित्सकले समीक्षाको मुटुमा रक्तसञ्चारमा अवरोध हुँदा मृत्यु भएको बताएका छन् । उनीहरूका अनुसार तनाव, भीडभाड र शरीरमा थकान हुँदा किशोरकिशोरीमा यस्तो समस्या देखिन्छ ।

विद्यालय सञ्चालक समितिका विमल नेपालीले घटना दुःखद् भएको बताए । आफूहरूले बिरामी विद्यार्थीलाई र्‍यालीमा सहभागी नहुन सूचना गरे पनि समीक्षा बिरामी अवस्थामै र्‍यालीमा सहभागी हुँदा दुःखद् घटना भएको दाबी नेपालीले गरे । आफन्तले भने समीक्षा बिरामी नभएको बताएका छन् ।

मेला आयोजक सुर्खेत उद्योग वाणिज्य संघले विज्ञप्ति निकालेर घटनाप्रति दुःख व्यक्त गरेको छ । जिल्ला शिक्षा कार्यालयले किशोरकिशोरीलाई र्‍यालीमा सहभागी नगराउन निर्देशन दिएको थियो । अधिकारकर्मीले पनि र्‍यालीमा किशोरकिशोरीलाई सहभागी नगराउन आग्रह गरेका थिए । -अन्नपूर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा