मंसिर २४, सुर्खेत | प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागतका लागि र्‍यालीमा सहभागी छात्राको ज्यान गएको छ। वीरेन्द्रनगरमा सुरू भएको कर्णाली एक्स्पो तथा अन्तर्राष्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २४, सुर्खेत | प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागतका लागि र्‍यालीमा सहभागी छात्राको ज्यान गएको छ। वीरेन्द्रनगरमा सुरू भएको कर्णाली एक्स्पो तथा अन्तर्राष्ट"/>
१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीको स्वागत गर्न बसेकी बालिकाको मृत्यु

२४ मंसिर २०७३, शुक्रबार ०२:२९

मंसिर २४, सुर्खेत | प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागतका लागि र्‍यालीमा सहभागी छात्राको ज्यान गएको छ। वीरेन्द्रनगरमा सुरू भएको कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटनका क्रममा निकालिएको र्‍यालीमा सहभागी १३ वर्षीया छात्रा समीक्षा आचार्यको बिहीबार ज्यान गएको हो। 

वीरेन्द्रनगरको होराइजन माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत आचार्य र्‍यालीमै बेहोस भएकी थिइन्। वीरेन्द्रचौक पुगेपछि बेहोस भएकी उनलाई तत्कालै वीरेन्द्रनगरस्थित नर्सिङ होममा भर्ना गरिएको थियो।

त्यहाँ उपचार हुन नसकेपछि उनलाई कोहलपुर शिक्षण अस्पतालमा लगिएको थियो। त्यहाँको डाक्टरले समीक्षालाई मृत घोषित गरेका थिए। प्रधानमन्त्रीको स्वागत गर्न भन्दै बिहान १० बजे विद्यालयबाट सीधै उनी र्‍यालीमा गएकी थिइन्।

सबै विद्यार्थीलाई विद्यालयले प्रधानमन्त्री आउने भन्दै र्‍यालीमा पठाएको थियो । घन्टौंसम्म लाममा हिँड्दा उनी बाटोमै बेहोस भएकी थिइन् ।

वीरेन्द्रनगरका सरकारी तथा निजी विद्यालयका विद्यार्थीलाई पोसाकसहित बिहान १० बजेदेखि नै र्‍यालीमा सहभागी गराइएको थियो तर दाहाल भने दिउँसो ३ बजेमात्र मेलास्थलमा पुगेका थिए । घरकी जेठी छोरी समीक्षा पढाइमा अब्बल थिइन् । स्थायी घर पाल्पा भएकी उनका बाबुआमा वीरेन्द्रनगरमा व्यापार गर्दै आएका छन् । समीक्षाका बाबु विष्णु आचार्यले लामो समयसम्म लाममा बस्दा पानी पनि खान नपाएर छोरीको ज्यान गएको भन्दै आक्रोश पोखे ।

समीक्षाका आफन्तले घटनाको जिम्मा विद्यालय र मेला आयोजकले लिनुपर्ने माग राखेका छन् । चिकित्सकले समीक्षाको मुटुमा रक्तसञ्चारमा अवरोध हुँदा मृत्यु भएको बताएका छन् । उनीहरूका अनुसार तनाव, भीडभाड र शरीरमा थकान हुँदा किशोरकिशोरीमा यस्तो समस्या देखिन्छ ।

विद्यालय सञ्चालक समितिका विमल नेपालीले घटना दुःखद् भएको बताए । आफूहरूले बिरामी विद्यार्थीलाई र्‍यालीमा सहभागी नहुन सूचना गरे पनि समीक्षा बिरामी अवस्थामै र्‍यालीमा सहभागी हुँदा दुःखद् घटना भएको दाबी नेपालीले गरे । आफन्तले भने समीक्षा बिरामी नभएको बताएका छन् ।

मेला आयोजक सुर्खेत उद्योग वाणिज्य संघले विज्ञप्ति निकालेर घटनाप्रति दुःख व्यक्त गरेको छ । जिल्ला शिक्षा कार्यालयले किशोरकिशोरीलाई र्‍यालीमा सहभागी नगराउन निर्देशन दिएको थियो । अधिकारकर्मीले पनि र्‍यालीमा किशोरकिशोरीलाई सहभागी नगराउन आग्रह गरेका थिए । -अन्नपूर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल