मंसिर २४, काठमाडौं | काठमाडौं र उत्तरी नाका केरुङ जोड्ने सडक मार्गअन्तर्गत टोखादेखि नुवाकोटको थानसिंह फाँटसम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २४, काठमाडौं | काठमाडौं र उत्तरी नाका केरुङ जोड्ने सडक मार्गअन्तर्गत टोखादेखि नुवाकोटको थानसिंह फाँटसम"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टोखा–नुवाकोट सुरुङमार्ग यसरी बन्नेछ, २ बर्षमै ४८ किमीको सडक बनिसक्ने

२०७३, २४ मंसिर शुक्रबार ०२:४७

टोखा–नुवाकोट सुरुङमार्ग यसरी बन्नेछ


मंसिर २४, काठमाडौं | काठमाडौं र उत्तरी नाका केरुङ जोड्ने सडक मार्गअन्तर्गत टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म सुरुङमार्ग निर्माण गर्ने तयारी भएको छ । सुरुङमार्ग निर्माणमा लगानीका लागि सरकारले एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआइआइबी)मा प्रस्ताव पेस गरेको छ । अर्थ मन्त्रालयले सुरुङमार्ग निर्माण गर्न चीनको बेइजिङस्थित एआइआइबीमा प्रस्तावनापत्र पेस गरेको हो ।

असार पहिलो साता पेस गरिएको प्रस्तावअनुसार एआइआइबीले लगानीको निर्णय गरेमा सुरुङमार्ग निर्माणको थप प्रक्रिया छिटै अघि बढ्ने भौतिक पूर्वाधार मन्त्रालयको  वैदेशिक सहयोग महाशाखा प्रमुख विष्णुओम बादेले बताए । ‘सुरुङमार्ग निर्माणका लागि एआइआइबीमा प्रस्ताव पेस भएको छ । अर्थ मन्त्रालयमार्फत एआइआइबीमा प्रस्ताव पेस भएको हो,’ बादेले भने, ‘एआइआइबी लगानी गर्न तयार भए सरकारले थप प्रक्रिया अघि बढाउनेछ ।’ 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अध्ययन गरेर शिवपुरी डाँडा छेडेर टोखाबाट नुवाकोटको थानसिंह फाँटसम्म पुग्ने सुरुङमार्ग निर्माणको प्रतिवेदन तयार पारेको हो । ‘भौतिक मन्त्रालयले अध्ययन गरेर तयार पारेको प्रतिवेदन अर्थमार्फत एआइआइबीमा पेस भएको हो । लगानी जुटाउन अहिले छलफल जारी छ ।’

सुरुङमार्ग निर्माणको अनुमानित लागत आठ अर्ब रुपैयाँ छ । डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार भएपछि मात्रै लागतको यकिन हुने भौतिक योजना मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुरुङको लम्बाइ ४.५ किमि भएमा चारदेखि पाँच अर्ब र ६ किमि भएमा आठ अर्ब रुपैयाँ खर्च हुनेछ ।

शिवपुरीको डाँडा छेडेर बन्ने टोखा–थानसिंह फाँटसम्मको सुरुङमार्ग घटीमा ४.५ र बढीमा ६ किमिसम्मको र चार लेनको हुनेछ । सुरुङमार्ग उत्तरी नाका केरुङ जोड्ने गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ (४८ किमि) सडकमा जोडिनेछ । सो सडक निर्माण गर्न सडक विभागले ठेक्का सम्झौता गरिसकेको छ ।

सडक विभागको वैदेशिक महाशाखाका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले सुरुङमार्ग निर्माण भएमा काठमाडौंबाट उत्तरी नाका केरुङसम्मको दूरी छोटो हुने बताए । ‘सुरुङमार्ग निर्माणसँगै दूरी छोटो हुनेछ । यसले केरुङ नाकामार्फत चीनसम्मको पहुँच विस्तार गर्नेछ,’ श्रेष्ठले भने, ‘चिनियाँ सामग्री छोटो अवधिमै काठमाडौं आइपुग्नेछ ।’ – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह