मंसिर २४, काठमाडौं | विवाहको मुख्य सिजनमा नेपाली बजारमा सुनको अभाव देखिएको छ । केही समययता सुनको मूल्य घट्दै गएको छ भने बजारमा माग पनि उच्च छ । बिहेको सिजनमा सुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २४, काठमाडौं | विवाहको मुख्य सिजनमा नेपाली बजारमा सुनको अभाव देखिएको छ । केही समययता सुनको मूल्य घट्दै गएको छ भने बजारमा माग पनि उच्च छ । बिहेको सिजनमा सुन"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुल्य घटेपछि विवाहको सिजनमै सुनको अभाव देखियो

२४ मंसिर २०७३, शुक्रबार ०२:५७

मंसिर २४, काठमाडौं | विवाहको मुख्य सिजनमा नेपाली बजारमा सुनको अभाव देखिएको छ । केही समययता सुनको मूल्य घट्दै गएको छ भने बजारमा माग पनि उच्च छ । बिहेको सिजनमा सुनको माग प्रायः उच्च रहने गरेको छ । लगातार मूल्यमा आएको कमीले बजारमा सुनको माग बढ्दै गए पनि सोही अनुपातमा आपूर्ति नहुँदा अभाव भएको व्यवसायीको भनाइ छ । 

“सामान्य अवस्थामा बजारमा दैनिक १५ देखि २० किलो सुनको माग रहेकोमा अहिले बढेर ३० देखि ३५ किलो पुगेको छ,” नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनार भन्छन्, “बैंकले दैनिक वितरण गर्ने १५ किलो सुन पर्याप्त नहुँदा बजारमा अभाव देखिएको हो ।”

सुनको मूल्य घट्दै गएकाले पनि अहिले उपभोक्ताले धेरै खरिद गर्ने गरेको उनको अनुभव छ । सुनचाँदी व्यवसायीले मूल्य घटेका बेला सुन लुकाएर बजारमा कृत्रिम अभाव देखाउने गरेको उपभोक्ताको गुनासो छ । बजारमा मूल्य घट्दै जाँदा व्यवसायीले महँगोमा किनेर सस्तोमा बेच्नु परेपछि कृत्रिम अभाव गराउने गरेका छन् । 

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकेशरी शाहले बैंकले नियमित रुपमा व्यवसायीलाई सुन वितरण गरिरहेको बताए । “बैंकले कोटाअनुरुप सुनको वितरण गरिरहेका छन्,” उनले भने, “मूल्य घटेकाले लगानीकर्ता  सुनतर्फ आकर्षित भएर पनि बजारमा माग बढ्न सक्छ ।” 

राष्ट्र बैंकले निर्धारण गरेको मापदण्डअनुरुप विभिन्न बाणिज्य बैंकले सुन आयात गरी बजारमा बिक्री गरिहेका छन् । तर, बंैंकसँग पर्याप्त सुन रहेकाले पनि बजारमा अभाव हुने अवस्था नरहेको उनको भनाइ छ ।

पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य लगातार घट्दै गएकाले पनि बजारमा माग धेरै भई अभाव हुन थालेको हो । महासंघले अहिले बजारमा सुनको अत्यधिक माग रहे पनि अभाव हुँदा सोहीअनुरुप वितरण गर्न नसकिएको बताएको छ ।

सुनचाँदी व्यवसायी तेजरत्न शाक्य पछिल्लो समय सुनको मूल्य क्रमिक रूपमा ओरालो लाग्दै गएकाले पनि माग बढ्दै गएको बताउँछन् । “सुनको मुल्य घट्दै गएपछि एक तोला खरिद गर्ने ग्राहकले दुई÷तीन तोला खरिद गर्ने गरेका छन्,” उनी भन्छन्, “जसका कारणले पनि बजारमा अभाव देखिएको हो ।”

बजारमा सुनको अभाव रहेकाले कोटा बढाउन राष्ट्र बैंकसँग पटक–पटक माग गरे पनि त्यसको कुनै सुनुवाइ नहँुदा व्यवसायीले सुनको अभाव खेप्नु परेको उनको भनाइ छ । राष्ट्र बैंकले मागअनुरुप सुन वितरण नगर्दा तस्करीबाट एको सुन उपयोग हुने गरेको व्यवसायीको भनाई छ ।

छिमेकी मुलुक भारत र चीनबाट बढी मात्रामा तस्करीको सुन नेपालमा भित्रिने गरेको छ । केही समययता अन्तरराष्ट्रिय बजारमै सुनको मूल्य घटेकाले त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।

बजारमा सुनको अभाव हुँदा व्यापारीले पसलैपिच्छे फरक–फरक मूल्यमा बेच्ने गरेको उपभोक्ताको गुनासो छ । बानेश्वरकी शान्ति रेग्मीले अभाव देखाउँदै व्यवसायीले सुनमा बढी मूल्य लिने गरेको गुनासो गरिन् । राष्ट्र बैंकले सुन आयात गरेर व्यवसायीलाई बिक्री गर्ने अनुमति वाणिज्य बैंकहरूलाई मात्र दिएको छ ।

अहिले विभिन्न वाणिज्य बैंकले पालैपालो गरी दैनिक १५ किलो सुन आयात गरी व्यवसायीलाई वितरण गर्दै आएका छन् । उनीहरूले दक्षिण अफ्रिका, संयुक्त अरब इमिरेट्स (यूएई), हङकङ, स्विट्जरल्यान्डलगायतका मुलुकबाट आयात गर्दै आएका छन् । आयातीत सुन नेपाल सुनचाँदी व्यवसायी महासंघ, सुनचाँदी कला व्यवसायी संघ र रत्न तथा आभूषण महासंघको सिफारिसमा बैंकले गहना व्यवसायीलाई वितरण गर्दै आएका छन् । – कारोबार दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ