मंसिर २४, काठमाडौं | नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त र उपत्यकाबाहिर न्यूनीकरण गर्न दुई सय मेगावाट विद्युत् माग घटाउने योजना अघि सारे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २४, काठमाडौं | नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त र उपत्यकाबाहिर न्यूनीकरण गर्न दुई सय मेगावाट विद्युत् माग घटाउने योजना अघि सारे"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोडसेडिङ कम गर्ने योजना अर्थ मन्त्रालयले मानेन

२४ मंसिर २०७३, शुक्रबार ०३:१४

मंसिर २४, काठमाडौं | नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त र उपत्यकाबाहिर न्यूनीकरण गर्न दुई सय मेगावाट विद्युत् माग घटाउने योजना अघि सारेको छ । तिहारदेखि उपत्यकालाई लोडसेडिङमुक्त र बाहिर दुई घण्टामात्र लोडसेडिङ गर्दै आएको प्राधिकरणले सबैभन्दा बढी विद्युत्को माग हुने पुस र माघ महिनामा २ सय मेगावाट माग घटाउने योजना अघि सारेको हो । 

विद्युत् माग घटाउनु भनेको उत्पादन बढाउनुसरह भएको भन्दै प्राधिकरणले विद्युत् खपत कम तथा चुहावट नियन्त्रण अभियानलाई अघि बढाएको छ । “बढी विद्युत् खपत गर्ने उपकरणहरु नचलाएर पिक लोडमा विद्युत् माग नै घटाउने लक्ष्यसहित योजना अघि बढाएका छौं,” प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराई भन्छन्, “दुई सय मेगावाटसम्म विद्युत् माग नै घटाउन सकिने अनुमानसहित अघि बढेका छौं ।”

हाल विद्युत्को माग १२ सय ५० मेगावाट र ४ सय १० मेगावाटको हाराहारीमा लोडसेडिङ गरिरहेको प्राधिकरणले आगामी आगामी पुस र माघमा १४ सय ७५ मेगावाटसम्म पुग्ने तथा ५ सय ३० मेगावाट लोडसेडिङ हुने अनुमान गरेको छ । सो अवधिमा सम्ममा हाल नौ सय मेगावाटको हाराहारीमा विद्युत् क्षमता भए पनि घटेर तीन सय मेगावाटमा झर्नेछ ।

प्राधिकरणका अनुसार भारतबाट थप आयातसहित ५ सय ५० मेगावाटका साथै विद्युत् प्राधिकरण र निजी क्षेत्रबाट उत्पादित गरी ९ सय ४० मेगावाट आपूर्ति हुने प्रक्षेपण छ ।

भारतबाट थप बिजुली आयातबारे अझै टुंगो नलागेकोले प्राधिकरणले आगामी हिउँदमा विद्युत् माग घटाउनका लागि झण्डै २८ लाख घरायसी ग्राहकलाई प्राधिकरणले कम विद्युत् खपत गर्ने लिड बल्ब वितरण गर्ने लक्ष्यसमेत राखेको छ । प्राधिकरणले त्यो बल्ब वितरणका लागि अर्थ मन्त्रालयबाट दुई अर्ब बराबरको रकम माग गरे पनि अहिलेसम्म दिने नदिने टुंगो लागेको छैन ।

प्राधिकरणका एक अधिकारीका अनुसार बल्ब वितरणका लागि मागिएको बजेट दिन अर्थले अस्वीकार गरेको छ । हालसम्म बजेट आइसकेर वितरण सुरु गरिसक्ने प्राधिकरणको योजना थियो । तर, त्यो अघि बढ्न सकेको छैन । प्राधिकरणले बल्ब वितरणसहित तार र पोल परिवर्तन, चुहावट नियन्त्रण लगायतका लागि १० अर्ब रुपैयाँ एक महिनाअघि माग गरे पनि अर्थले हालसम्म दिएको छैन । – कारोबार 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ