मंसिर २४, काठमाडौं | नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त र उपत्यकाबाहिर न्यूनीकरण गर्न दुई सय मेगावाट विद्युत् माग घटाउने योजना अघि सारे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २४, काठमाडौं | नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त र उपत्यकाबाहिर न्यूनीकरण गर्न दुई सय मेगावाट विद्युत् माग घटाउने योजना अघि सारे"/>
२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोडसेडिङ कम गर्ने योजना अर्थ मन्त्रालयले मानेन

२०७३, २४ मंसिर शुक्रबार ०३:१४

मंसिर २४, काठमाडौं | नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त र उपत्यकाबाहिर न्यूनीकरण गर्न दुई सय मेगावाट विद्युत् माग घटाउने योजना अघि सारेको छ । तिहारदेखि उपत्यकालाई लोडसेडिङमुक्त र बाहिर दुई घण्टामात्र लोडसेडिङ गर्दै आएको प्राधिकरणले सबैभन्दा बढी विद्युत्को माग हुने पुस र माघ महिनामा २ सय मेगावाट माग घटाउने योजना अघि सारेको हो । 

विद्युत् माग घटाउनु भनेको उत्पादन बढाउनुसरह भएको भन्दै प्राधिकरणले विद्युत् खपत कम तथा चुहावट नियन्त्रण अभियानलाई अघि बढाएको छ । “बढी विद्युत् खपत गर्ने उपकरणहरु नचलाएर पिक लोडमा विद्युत् माग नै घटाउने लक्ष्यसहित योजना अघि बढाएका छौं,” प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराई भन्छन्, “दुई सय मेगावाटसम्म विद्युत् माग नै घटाउन सकिने अनुमानसहित अघि बढेका छौं ।”

हाल विद्युत्को माग १२ सय ५० मेगावाट र ४ सय १० मेगावाटको हाराहारीमा लोडसेडिङ गरिरहेको प्राधिकरणले आगामी आगामी पुस र माघमा १४ सय ७५ मेगावाटसम्म पुग्ने तथा ५ सय ३० मेगावाट लोडसेडिङ हुने अनुमान गरेको छ । सो अवधिमा सम्ममा हाल नौ सय मेगावाटको हाराहारीमा विद्युत् क्षमता भए पनि घटेर तीन सय मेगावाटमा झर्नेछ ।

प्राधिकरणका अनुसार भारतबाट थप आयातसहित ५ सय ५० मेगावाटका साथै विद्युत् प्राधिकरण र निजी क्षेत्रबाट उत्पादित गरी ९ सय ४० मेगावाट आपूर्ति हुने प्रक्षेपण छ ।

भारतबाट थप बिजुली आयातबारे अझै टुंगो नलागेकोले प्राधिकरणले आगामी हिउँदमा विद्युत् माग घटाउनका लागि झण्डै २८ लाख घरायसी ग्राहकलाई प्राधिकरणले कम विद्युत् खपत गर्ने लिड बल्ब वितरण गर्ने लक्ष्यसमेत राखेको छ । प्राधिकरणले त्यो बल्ब वितरणका लागि अर्थ मन्त्रालयबाट दुई अर्ब बराबरको रकम माग गरे पनि अहिलेसम्म दिने नदिने टुंगो लागेको छैन ।

प्राधिकरणका एक अधिकारीका अनुसार बल्ब वितरणका लागि मागिएको बजेट दिन अर्थले अस्वीकार गरेको छ । हालसम्म बजेट आइसकेर वितरण सुरु गरिसक्ने प्राधिकरणको योजना थियो । तर, त्यो अघि बढ्न सकेको छैन । प्राधिकरणले बल्ब वितरणसहित तार र पोल परिवर्तन, चुहावट नियन्त्रण लगायतका लागि १० अर्ब रुपैयाँ एक महिनाअघि माग गरे पनि अर्थले हालसम्म दिएको छैन । – कारोबार 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा