२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेसी मोर्चाको धम्कीपछि एमाले पछी हट्यो

२०७३, २४ मंसिर शुक्रबार ०३:१९

मङ्सिर २४, विरगञ्ज | मधेसी मोर्चाले कार्यक्रम गर्न नदिने धम्की दिएपछि एमालेले वीरगन्जमा आयोजना गरेको दुईदिने भेला स्थगित गरेको छ ।

वीरगन्जको नगर सभागृहमा शुक्रबार र शनिबार केन्द्रीय नेताको उपस्थितिमा गर्न लागिएको एमाले मुखपत्र ‘नवयुग’ को वार्षिकोत्सव कार्यक्रम स्थगित गरिएको हो । कार्यक्रममा महासचिव इश्वर पोखरेल, सचिव योगेश भट्टराई लगायतका केन्द्रीय नेता सहभागी हुने एमालेले जनाएको थियो । भेलामा एमालेले नवयुग पत्रिकाका ग्रहकलार्इृ समेत निम्ता गरेको थियो ।

एमालेको प्रचार विभागका सदस्य अरविन्द सिंहले राष्ट्रिय राजनीतिक परिस्थिति जटिल भएको तथा पार्टीको नेतृत्व सडक र सदन संघाषर््मा केन्द्रित भएकाले वीरगन्जको कार्यक्रम स्थगित गरिएको बताए । स्रोतले भने मधेसी मोर्चाको धम्कीका कारण कार्यक्रम स्थगित भएको दाबी गरेको छ । मधेसी मोर्चाको मंसिर १८ गते वीरगन्जमा बसेको बैठकले मधेसकेन्द्रित दलका माग पूरा गर्न एमाले बाधक बनेको ठहर गर्दै पर्सामा एमालेलाई कुनै पनि राजनीतिक गतिविधि गर्न नदिने र गरे प्रतिवाद गर्ने चेतावनी दिएको थियो ।

मोर्चाको त्यही धम्कीकै कारण एमालेले वीरगन्जमा शुक्रबारदेखि हुने भनिएको कार्यक्रम स्थगित गरेको स्रोतले जनाएको छ । यसैबिच एकाएक कार्यक्रम स्थगित गरिएको भन्दै एमालेकै केही युवाले नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् । एमाले भ्रातृ संगठन युवा किसान संघका केन्द्रीय सदस्य उमेश गुप्ताले कार्यक्रम अन्तिम समयमा आएर स्थगित हुँद आश्चर्यमा परेको बताए । मोर्चाको धम्कीले कुनै प्रभाव नपार्ने भन्दै उनले पर्सामा एमाले हरेक कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न सक्षम रहेको दाबी गरे । – अन्नपूर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह