३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेसी मोर्चाको धम्कीपछि एमाले पछी हट्यो

२४ मंसिर २०७३, शुक्रबार ०३:१९

मङ्सिर २४, विरगञ्ज | मधेसी मोर्चाले कार्यक्रम गर्न नदिने धम्की दिएपछि एमालेले वीरगन्जमा आयोजना गरेको दुईदिने भेला स्थगित गरेको छ ।

वीरगन्जको नगर सभागृहमा शुक्रबार र शनिबार केन्द्रीय नेताको उपस्थितिमा गर्न लागिएको एमाले मुखपत्र ‘नवयुग’ को वार्षिकोत्सव कार्यक्रम स्थगित गरिएको हो । कार्यक्रममा महासचिव इश्वर पोखरेल, सचिव योगेश भट्टराई लगायतका केन्द्रीय नेता सहभागी हुने एमालेले जनाएको थियो । भेलामा एमालेले नवयुग पत्रिकाका ग्रहकलार्इृ समेत निम्ता गरेको थियो ।

एमालेको प्रचार विभागका सदस्य अरविन्द सिंहले राष्ट्रिय राजनीतिक परिस्थिति जटिल भएको तथा पार्टीको नेतृत्व सडक र सदन संघाषर््मा केन्द्रित भएकाले वीरगन्जको कार्यक्रम स्थगित गरिएको बताए । स्रोतले भने मधेसी मोर्चाको धम्कीका कारण कार्यक्रम स्थगित भएको दाबी गरेको छ । मधेसी मोर्चाको मंसिर १८ गते वीरगन्जमा बसेको बैठकले मधेसकेन्द्रित दलका माग पूरा गर्न एमाले बाधक बनेको ठहर गर्दै पर्सामा एमालेलाई कुनै पनि राजनीतिक गतिविधि गर्न नदिने र गरे प्रतिवाद गर्ने चेतावनी दिएको थियो ।

मोर्चाको त्यही धम्कीकै कारण एमालेले वीरगन्जमा शुक्रबारदेखि हुने भनिएको कार्यक्रम स्थगित गरेको स्रोतले जनाएको छ । यसैबिच एकाएक कार्यक्रम स्थगित गरिएको भन्दै एमालेकै केही युवाले नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् । एमाले भ्रातृ संगठन युवा किसान संघका केन्द्रीय सदस्य उमेश गुप्ताले कार्यक्रम अन्तिम समयमा आएर स्थगित हुँद आश्चर्यमा परेको बताए । मोर्चाको धम्कीले कुनै प्रभाव नपार्ने भन्दै उनले पर्सामा एमाले हरेक कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न सक्षम रहेको दाबी गरे । – अन्नपूर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ