मंसिर २५, काठमाडौं | दक्षिण एसियाली राष्ट्रमा वैवाहिक अंगीकृत नागरिकता प्रदान गर्ने मामलामा नेपालको संविधान सवैभन्दा लचिलो देखिएको छ। अन्य राष्ट्रले आफ्नो नागरिकसँग विद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २५, काठमाडौं | दक्षिण एसियाली राष्ट्रमा वैवाहिक अंगीकृत नागरिकता प्रदान गर्ने मामलामा नेपालको संविधान सवैभन्दा लचिलो देखिएको छ। अन्य राष्ट्रले आफ्नो नागरिकसँग विद"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अंगिकृतमा नेपाल ‘हदै लचिलो’

२५ मंसिर २०७३, शनिबार ०१:१५

मंसिर २५, काठमाडौं | दक्षिण एसियाली राष्ट्रमा वैवाहिक अंगीकृत नागरिकता प्रदान गर्ने मामलामा नेपालको संविधान सवैभन्दा लचिलो देखिएको छ। अन्य राष्ट्रले आफ्नो नागरिकसँग विदेश महिला विवाह गरेको निश्चित समयभित्र मात्रै अंगीकृत नागरिकता प्रदान गर्ने प्रावधान राखे पनि नेपालले भने त्यस्तो कुनै छेकबार राखेको छैन।

दक्षिण एसियामा नेपाल एउटा मात्र त्यस्तो देश हो जहाँ विदेशी महिलाले नेपाली पुरूषसँग विवाह गरेलगत्तै नागरिकताका लागि प्रक्रिया अघि बढाउन पाउँछन्।

‘वैवाहिक अंगीकृत नागरिकताका लागि निश्चित समय तोक्नुको खास अर्थ हुन्छ तर हामीकहाँ त्यस्तो कुनै व्यवस्था छैन,’ पूर्व कानुनमन्त्री अग्नी खरेलले भने,‘कुनै चिज परिपक्क हुन पनि समय चाहिन्छ। अंगीकृत नागरिकता पाउन सम्बन्धित देश बुझ्न पनि समय चाहिन्छ। राज्यलाई पनि नागरिकको आचरण बुझ्न समय चाहिन्छ। हामीकहाँ यो सबको लागि समय दिइएको छैन। बिहे गरेको भोलिपल्टै अंगीकृत नागरिकताका लागि प्रक्रिया अघि बढाउन सकिन्छ।’

विश्वका प्रायः सबै देशले अंगीकृत नागरिकता प्रदान गर्न निश्चित समय तोकेको पाइन्छ। विदेशी महिलाले आफ्नो देशका नागरिकसँग विहे गरेको निश्चित समय वितेपछि मात्र  अंगीकृत नागरिकताका लागि प्रक्रिया अघि बढाउन पाउने व्यवस्था ती देशले गरेका छन्।

नेपाल- विवाह गरेलगत्तै

भारत- विवाह गरेको सात वर्षपछि

भुटान- विवाहपछि जन्मेको सन्तानले नागरिकता पाएपछि

पाकिस्तान- विवाह गरेको पाँच वर्षपछि

श्रीलंका- विवाह गरेको सात वर्षपछि

अफगानिस्तान- विवाह गरेको पाँच वर्षपछि

माल्दिभ्स- विवाह गरेको १२ वर्षपछि

बंगलादेश- विवाह गरेको २ वर्षपछि 

- नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ