मसिर २५, काठमाडौं | सन् २०२१ भित्र नेपालमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा हुनेछन् । नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मसिर २५, काठमाडौं | सन् २०२१ भित्र नेपालमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा हुनेछन् । नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय व"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता हुनेछन् सन् २०२१ भित्र नेपालमा तीन अन्तर्राष्ट्रिय विमानस्थल

२०७३, २५ मंसिर शनिबार ०१:१९

मसिर २५, काठमाडौं | सन् २०२१ भित्र नेपालमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा हुनेछन् । नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चरणमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भने सञ्चालनमै छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार र क्षमता वृद्धिको काम जारी छ । तीन वर्षभित्र सम्पन्न गर्ने गरी सन् २०१२ मा निर्माणको जिम्मा पाएको स्पेनिस कम्पनी सान होसे कन्सत्रक्तोराले तोकिएको अवधिभित्र केवल १६ प्रतिशत काम पूरा गरेको छ ।

प्राधिकरण भने सो कम्पनीसँग सम्झौता रद्द गरेर नयाँ प्रक्रियाबाट विस्तार आयोजना अगाडि बढाउने निष्कर्षमा पुगेको छ । प्राधिकरणका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले काम विभाजन गरी छुट्टाछुट्टै ठेक्का दिएर भए पनि सन् २०२० भित्र पहिलो चरणको काम सक्ने लक्ष्य राखिएको बताए ।

आयोजना सम्पन्न भएपछि टिआइएमा तीन सय मिटर धावनमार्ग हुनेछ भने अन्तर्राष्ट्रियतर्फ नौवटा पार्किङ एप्रोन, कन्भेयरबेल्ट, ट्याक्सी–वे, नयाँ टर्मिनल भवन, हवाई उडानका विभिन्न प्रविधि जडान हुनेछन् । टिआइएको विमानस्थल विस्तार र क्षमता वृद्धिको काम ६ अर्ब रुपैयाँभन्दा बढी लागतमा हुनेछ ।

भैरहवामा १ माघ ०७१ बाट सुरु भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले गति लिएको छ । सन् २०१६ भित्र ४० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य छ । आयोजना प्रमुख ओम शर्माले विमानस्थल निर्माण विनाअवरोध सञ्चालन भइरहेको जानकारी दिए । सुरुमा डिसेम्बर ०१७ सम्म सम्पन्न गर्ने लक्ष्य थियो । भूकम्प र नाकाबन्दीका कारण लक्ष्यको केही महिना ढिला काम सकिने आयोजनाले जनाएको छ।

विमानस्थल निर्माण गर्न चीनको नर्थवेस्ट कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपैयाँमा ठेक्का पाएको हो । सो विमानस्थलमा तीन हजार मिटर लम्बाइ र तीन सय मिटर चौडाइको धावनमार्ग बन्दै छ । यो विमानस्थलको क्षमता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबराबरकै हुनेछ।विमानस्थल बनिसकेपछि टिआइएको हवाई चाप घट्नेछ ।

सन् २०२१ सम्म निर्माण सक्ने लक्ष्य राखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियाले गति लिएको आयोजना प्रमुख दीपक अधिकारीले जानकारी दिए । इन्जिनियरिङ खरिद तथा निर्माण (इपिसी) मोडलमा निर्माण हुने विमानस्थलको पहिलो चरणमा डिजाइनको काम गरिनेछ । अधिकारीले भने, ‘डिजाइनको काम एक वर्षभन्दा कम समयमै सकाएर भौतिक संरचना निर्माणको कामलाई गति दिने लक्ष्य छ ।’ दुई हजार पाँच सय मिटर लम्बाइ र ५० मिटर चौडाइको धावनमार्ग रहने यो विमानस्थलमा बोइङ ७५७ मोडलसम्मका जहाज उडान–अवतरण गर्न मिल्नेछ ।

विमानस्थलमा एरोब्रिजयुक्त भवन र कार्गो भवन पनि निर्माण हुनेछ । यसबाहेक ट्याक्सी वे, अन्तर्राष्ट्रिय तथा आन्तरिक टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोलर टावर, एयरपोर्ट ह्यांगरजस्ता संरचना बन्नेछन् । विमानस्थल निर्माण गर्न ०३४ बाटै जग्गा अधिग्रहण तथा मुआब्जा वितरण थालिएको थियो । ४० वर्षअघि ३ हजार १ सय रोपनी जग्गा अधिग्रहण गरेर राखिएको थियो भने ५ सय २१ रोपनी जग्गा पछिल्लो समय अधिग्रहण गरिएको छ । विमानस्थल बनाउन चीनको एक्जिम बैंकबाट २१ अर्ब रुपैयाँ उपलब्ध हुने भएको छ । यसमध्ये २५ प्रतिशत रकम नेपालले अनुदानस्वरूप प्राप्त गर्नेछ । बाँकी ७५ प्रतिशत रकममा भने नेपालले वार्षिक २ प्रतिशत ब्याज तिर्नुपर्नेछ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह