मंसिर २५, काठमाडौं | हिउँद लाग्यो, चिसो बढ्यो, तर अपराधी समूहका लागि हिउँद भने तातो हुने गरेको छ ।  विशेष गरी उपत्यकालाई आधार बनाएर चोरी, डकैती र लुटपाट गर्ने समूह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २५, काठमाडौं | हिउँद लाग्यो, चिसो बढ्यो, तर अपराधी समूहका लागि हिउँद भने तातो हुने गरेको छ ।  विशेष गरी उपत्यकालाई आधार बनाएर चोरी, डकैती र लुटपाट गर्ने समूह"/>
२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जाडोको कारण न्यानोभित्र गुटमुटिँदा चोरले बिताउला नि !

२५ मंसिर २०७३, शनिबार ०१:२८

मंसिर २५, काठमाडौं | हिउँद लाग्यो, चिसो बढ्यो, तर अपराधी समूहका लागि हिउँद भने तातो हुने गरेको छ ।  विशेष गरी उपत्यकालाई आधार बनाएर चोरी, डकैती र लुटपाट गर्ने समूहका लागि चिसो मौसम तातो हुने गरेको हो ।  पुस र माघको कठ्याङ्ग्रिँदो चिसोमा उपत्यकावासी तातोको खोजीमा व्यस्त भएको मौका छोपी चोरहरू तात्ने गरेको प्रहरीको अनुभव छ ।  महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार गर्मीको मौसममा दिउँसो र चिसोमा राति चोरीका घटना बढी हुने गर्छन् ।  

महाशाखा चोरी शाखा प्रमुख प्रहरी नायव उपरीक्षक प्रेम बस्नेत भन्नुहुन्छ, सर्वसाधारणको कमजोरी कारण चिसोमा चोरी बढी हुन्छ ।  चिसोमा न्यानोभित्र गुटमुटिन हतार गर्ने भएकाले झ्यालढोका राम्रोसँग नलगाउँदा यस्तो समस्या आउने गरेको हो । 

त्यस्तै, घर, फल्याट तथा कोठामा भन्दा पसल, सटर र कोही नभएको एकान्तस्थलहरूमा चोरी बढी हुने गर्छ, महाशाखाका प्रहरी नायव उपरीक्षक बस्नेतले भन्नुभयो, यसका लागि सर्वसाधारण नै सचेत हुन जरुरी छ ।  राति सुत्दा होस् वा बिहान बाहिर निस्कँदा घरको झ्यालढोका राम्रोसँग बन्द गर्नुपर्छ ।  चिसोमा सुन तथा चाँदीका गरगहना तथा नगद बढी चोरी हुने गरेको छ ।  यो बेला भारतको बिहारका विभिन्न जिल्लाबाट समेत सङ्गठित रूपमा चोरहरू काठमाडौँ उपत्यकामा आउने गर्छन् ।  चोरी घटनाका अनुसन्धान अधिकृत केदार तिमिल्सेना भन्नुहुन्छ, चोरी गरेपछि अपराधीहरू एकरात पनि राजधानी बस्दैनन् । 

देशभित्रका चोरहरू गाउँमा लुक्छन्, भारतबाट आएकाहरू मकवानपुर हेटौँडाको बाटो हँुदै पर्साको वीरगन्ज नाकाबाट भारत छिर्छन् ।  विहारको घोडासैन, मोतिहारी, फूलबारी, महाराजगन्ज लगायतका जिल्लाबाट आठ/दश जनाको समूह बनाएर नै सुन चोर्न नेपाल आउने गरेको महाशाखाले जनाएको छ । 

यसरी, नेपाल आउँदा उनीहरूले दुब्लो, पातलो र कलिलो उमेरका बालकलाई आफूसँगै ल्याउने गर्छन् ।  अनुसन्धान अधिकृत प्रहरी नायव निरीक्षक तिमिल्सेनाले गत वर्ष न्युरोडस्थित एक सुन पसलमा सटर फोडेर चोरी भएको घटना स्मरण गराउँदैे ठूलाहरूले रडले सटर हल्का माथि उठाउने र दुब्लो, पातलो र बालकलाई चोर्न भित्र छिराउने गरेको जानकारी दिनुभयो ।  यस्तो समूहले चोरी गर्नेबित्तिकै उपत्यका छोड्ने गरेको पाइन्छ । 

अपराध महाशाखाले यस्तै समूहले विहारबाट घुमघामका लागि भन्दै काठमाडौँ ल्याइएको दुईवटा चोरीका गाडी पक्राउ गरेको छ ।  टोयाटाको फर्छुनेट जीप र हुन्डाइको आई–२० नामका दुई गाडी प्रहरीले यसअघि पक्राउ गरिसकेको छ ।  बुधबार पनि काठमाडौँबाट वीरगन्ज जाँदै गरेको डब्लुबी ४३०८३२ नम्बरको गाडी हेटौँडामा चेकजाँच गर्दा ६० तोला अवैध सुन बरामद भएको छ ।  उक्त अवैध सुनसहित भारत कलकत्ता घाटल पश्चिम वेदनापुरका २६ वर्षीय ओमित समान्त पक्राउ परेका छन् ।  त्यसअघि चोरीको गाडीसहित वीरगन्जमा बसोवास गर्दै आएका भारतीय नागरिक निजामुद्धिन शेख र नेपाली नागरिक काशी गुरुङ पक्राउ परेका थिए । 

प्रहरीले अपराधीलाई पटक–पटक पक्राउ गरे पनि चोरीका घटनामा भने कमी आएको छैन ।  उपत्यकामा सवारी दुर्घटना र चोरी अधिक हुने गरेको जनाइएको छ ।  ठूलोखाले चोरीमा नेपाल बाहिरकै अपराधी समूहको संलग्नता हुने भएकाले पक्राउ गर्न प्रहरीलाई गाह्रो हुने गरेको छ ।

उपत्यकामा चालु आर्थिक वर्ष २०७३/०७४ सालमा १६७ चोरीका घटना भएका छन् ।  प्रहरी प्रधान कार्यालयका अनुसार, साउनमा ४४, भदौमा ४६, असोजमा २५, कात्तिकमा ४१ र मङ्सिरको १५ गतेसम्ममा १२ वटा चोरीका घटना भएका छन् । 

त्यस्तै, अवैध तथा चोरीको सुन लगायत गरगहना गरी आर्थिक वर्ष २०७०/०७१ मा ९० किलो, २०७१/०७२ मा एकसय ११ किलो, २०७२/०७३ मा ६१ दशमलव ८२ किलो र २०७३/०७४ मा २१ किलो सुन बरामद भएको प्रधान कार्यालयले जनाएको छ । – गोरखापत्र 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली