२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्युत प्राधिकरणको एमडी बनाइदिन ऊर्जामन्त्रीलाई १० करोड अफर !

२९ मंसिर २०७३, बुधबार ०२:२६

मंसिर २९, काठमाडौं । ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाइदिन आफूलाई १० करोड रुपैयाँ घुस अफर आएको बताएका छन् । पाँच जना व्यक्ति १० करोडको अफर लिएर आफूकहाँ आएको तर, आफूले त्यसलाई अस्वीकार गरिदिएको उनले बताए ।

मोरङको रंगेलीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘मैले त्यस्तो अफर स्वीकार गरेको भए तपाईंहरु जस्तो उद्योगपति म पनि हुनसक्थें हुँला तर मैले त्यो बाटो रोजिन । परिणामस्वरुप आज जनताको घर आँगन झिलिमिली भएको छ ।’

उनल आफूले व्यक्तिगत स्वार्थलाई भन्दा जनताको सेवा गर्ने कार्यलाई एक सुत्रीय नारा बनाएर अघि बढेकाले त्यस्तो अफर अस्वीकार गरेको बताए ।

कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिव अनुप उपाध्यायले लोडसेडिङ हटाएर जनताबाट पाएको वाहवाही र सदभावलाई कायम राख्न कडा मेहेनतका साथ लागिपर्न कर्मचारीहरुलाई निर्देशन दिए । ऊर्जामन्त्रीको कुशल राजनीतिक नेतृत्व र कार्यकारी निर्देशकको सक्षम व्यवस्थापनको कारण लोडसेडिङ हटेको भन्दै उनले यसलाई सुख्खायाममा पनि निरन्तरता दिन फिल्डमा खट्ने कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

लोडसेडिङ न्यूनिकरण होइन, अन्त्यः कुलमान

यसैबीच नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ न्यूनिकरणको कार्ययोजनालाई लोडसेडिङ अन्त्यको कार्ययोजनामा बदल्ने उदघोष गरेका छन् ।

प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्लेले काठमाडौंमा पत्रकार सम्मेलन गरी फागुनदेखि बैशाखसम्म काठमाडौंमा लोडसेडिङ नभए कुनै पनि सार्वजनिक पद धारण नगर्ने चुनौति दिँदै गर्दा वर्तमान कार्यकारी निर्देशक घिसिङले सो उदघोष गरेका हुन् ।

मोरङ व्यापार संघले आयोजना गरेको अन्तर्क्रियामा उनले लोडसेडिङ न्यूनिकरण अभियानमा प्राधिकरणले सफलता हात पारेको भन्दै अब मुलुकबाट लोडसेडिङ पूर्णरुपमा अन्त्य गर्ने उत्साह मिलेको बताए । उनले यो अभियानमा सहयोग गर्न उद्योगी व्यवसायीहरुलाई आग्रहसमेत गरे । – अनलाइन खबरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली