पुस १, काठमाडौं | काभ्रे सानो वाङ्थलीकी लक्ष्मी परियारको शरीरभरि एकै नासको चोटपटक भेटिएका छन्। मृत्युको सातौ दिन भएको पोष्टमार्टम रिपोर्ट भन्छ- शरीर थिलथिलो हुने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १, काठमाडौं | काभ्रे सानो वाङ्थलीकी लक्ष्मी परियारको शरीरभरि एकै नासको चोटपटक भेटिएका छन्। मृत्युको सातौ दिन भएको पोष्टमार्टम रिपोर्ट भन्छ- शरीर थिलथिलो हुने"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लक्ष्मी परियारको पोष्टमार्टम रिपोर्ट छोराकै बयान अनुसार

१ पुष २०७३, शुक्रबार ०१:५७

पुस १, काठमाडौं | काभ्रे सानो वाङ्थलीकी लक्ष्मी परियारको शरीरभरि एकै नासको चोटपटक भेटिएका छन्। मृत्युको सातौ दिन भएको पोष्टमार्टम रिपोर्ट भन्छ- शरीर थिलथिलो हुने गरी कुटिएको छ, उनको मृत्युको कारण कुटाइबाहेक अरू केही होइन।’ 

एक सातापछि बिहिवार टिचिङ अस्पतालमा पोस्ट–मार्टम गरिएको हो । ‘टाउकोदेखि पैतालासम्म एकनासका चोटपटक छन्, यिनै चोटका कारण लक्ष्मी परियारको मृत्यु भएको हो, अन्य कुनै कारणले होइन,’ फोरेनसिक बिभागका प्रमुख हरिहर वस्तीले पोष्टमार्टमबाट आएको रिपोर्टबारे भने, ‘मृत्युलगत्तै पोष्टमार्टम गरेको भए धेरै कुरा अझै स्पष्ट भन्न सकिन्थ्यो । सात दिनमा शव धेरै बिग्रिसकेकाले धेरै कुरा रिपोर्टमा दिन सकिँदैन ।’

वस्तीका अनुसार मृतक लक्ष्मीको शरिरमा एकै किसिमका चोट र निलडाम छन् । उनको शरिरको छाला कोतरिएको, टाउकोमा कुटेको डाम, घाँटीमा पनि डाम छ । उनले भने, ‘हामीलेजस्तै मानवताका साथ प्रहरीले अनुसन्धान गरे र वकिलले मुद्दा अघि बढाए कुटपिट गर्नेहरू उम्किन सक्ने कुनै कारण छैन । तर, मुद्दा कसरी अघि बढ्छ, मैले भन्ने विषय होइन ।’

३३ वर्षीया लक्ष्मीलाई अघिल्लो  मंगलबार स्थानीय शिक्षकको नेतृत्वमा नाम्लोले बाँधेर मलमुत्र खुवाएको थियो। छातीमा लात्तीले र टाउकोमा चिर्पटले हानेको भन्दै मृतकका छोरा र प्रतक्ष्यदर्शीले बयान दिएका थिए।

कुटपिटपछि घर जान नसकेकी लक्ष्मीलाई छोरा र देवरले दुवै कुमबाट उचाल्दै घर लगेका थिए । एउटी दलित महिलालाई पोलमा बाँधेर मलमूत्र खुवाउँदै निर्घात कुटपिट गर्ने शिक्षकलाई कारबाही गर्नुको सट्टा चौवास प्रहरी चौकीका इन्चार्ज प्रेमपुकार चौधरीले बिहीबार मिलापत्रमा सही गर्न लगाएका थिए । शुक्रबार बिहान लक्ष्मी मृत अवस्थामा भेटिएकी थिइन् । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ