पुस १, काठमाडौं | काभ्रे सानो वाङ्थलीकी लक्ष्मी परियारको शरीरभरि एकै नासको चोटपटक भेटिएका छन्। मृत्युको सातौ दिन भएको पोष्टमार्टम रिपोर्ट भन्छ- शरीर थिलथिलो हुने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १, काठमाडौं | काभ्रे सानो वाङ्थलीकी लक्ष्मी परियारको शरीरभरि एकै नासको चोटपटक भेटिएका छन्। मृत्युको सातौ दिन भएको पोष्टमार्टम रिपोर्ट भन्छ- शरीर थिलथिलो हुने"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लक्ष्मी परियारको पोष्टमार्टम रिपोर्ट छोराकै बयान अनुसार

२०७३, १ पुष शुक्रबार ०१:५७

पुस १, काठमाडौं | काभ्रे सानो वाङ्थलीकी लक्ष्मी परियारको शरीरभरि एकै नासको चोटपटक भेटिएका छन्। मृत्युको सातौ दिन भएको पोष्टमार्टम रिपोर्ट भन्छ- शरीर थिलथिलो हुने गरी कुटिएको छ, उनको मृत्युको कारण कुटाइबाहेक अरू केही होइन।’ 

एक सातापछि बिहिवार टिचिङ अस्पतालमा पोस्ट–मार्टम गरिएको हो । ‘टाउकोदेखि पैतालासम्म एकनासका चोटपटक छन्, यिनै चोटका कारण लक्ष्मी परियारको मृत्यु भएको हो, अन्य कुनै कारणले होइन,’ फोरेनसिक बिभागका प्रमुख हरिहर वस्तीले पोष्टमार्टमबाट आएको रिपोर्टबारे भने, ‘मृत्युलगत्तै पोष्टमार्टम गरेको भए धेरै कुरा अझै स्पष्ट भन्न सकिन्थ्यो । सात दिनमा शव धेरै बिग्रिसकेकाले धेरै कुरा रिपोर्टमा दिन सकिँदैन ।’

वस्तीका अनुसार मृतक लक्ष्मीको शरिरमा एकै किसिमका चोट र निलडाम छन् । उनको शरिरको छाला कोतरिएको, टाउकोमा कुटेको डाम, घाँटीमा पनि डाम छ । उनले भने, ‘हामीलेजस्तै मानवताका साथ प्रहरीले अनुसन्धान गरे र वकिलले मुद्दा अघि बढाए कुटपिट गर्नेहरू उम्किन सक्ने कुनै कारण छैन । तर, मुद्दा कसरी अघि बढ्छ, मैले भन्ने विषय होइन ।’

३३ वर्षीया लक्ष्मीलाई अघिल्लो  मंगलबार स्थानीय शिक्षकको नेतृत्वमा नाम्लोले बाँधेर मलमुत्र खुवाएको थियो। छातीमा लात्तीले र टाउकोमा चिर्पटले हानेको भन्दै मृतकका छोरा र प्रतक्ष्यदर्शीले बयान दिएका थिए।

कुटपिटपछि घर जान नसकेकी लक्ष्मीलाई छोरा र देवरले दुवै कुमबाट उचाल्दै घर लगेका थिए । एउटी दलित महिलालाई पोलमा बाँधेर मलमूत्र खुवाउँदै निर्घात कुटपिट गर्ने शिक्षकलाई कारबाही गर्नुको सट्टा चौवास प्रहरी चौकीका इन्चार्ज प्रेमपुकार चौधरीले बिहीबार मिलापत्रमा सही गर्न लगाएका थिए । शुक्रबार बिहान लक्ष्मी मृत अवस्थामा भेटिएकी थिइन् । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह