पुस १, काठमाडौं | महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज शुक्रबारदेखि ट्राफिक व्यवस्थापनमा थप कडाइ गर्दैछ ।

यातायात व्यवस्था विभागको निर्णय अनुसार ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस १, काठमाडौं | महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज शुक्रबारदेखि ट्राफिक व्यवस्थापनमा थप कडाइ गर्दैछ ।

यातायात व्यवस्था विभागको निर्णय अनुसार ट"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि ट्राफिक ब्यबस्थापनमा थप कडाई, यस्तो छ नयाँ नियममा

१ पुष २०७३, शुक्रबार ०२:१४


पुस १, काठमाडौं | महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज शुक्रबारदेखि ट्राफिक व्यवस्थापनमा थप कडाइ गर्दैछ ।

यातायात व्यवस्था विभागको निर्णय अनुसार ट्राफिक व्यवस्थापन सम्बन्धी प्रवधानलाई कडाइका साथ लागू गर्न लागिएको हो । गत मंसिर दुईमा भएको निर्णय अनुसार सरोकारवालासँगको छलफल पछि आजदेखि नियम कडाइका साथ लागू हुन लागेको हो।

नयाँ प्रावधान अनुसार आजदेखि मालबाहक सवारी साधन बिहान ९ देखि ११ तथा साँझ ४ देखि ६ बजेसम्म चक्रपथभित्र प्रवेश गर्न पाउने छैनन् । तर पानी र इन्धन बोक्ने सवारीलाई भने रोकतोक हुनेछैन ।

पिक आवरमा देखिएको अत्याधिक सवारी चापलाई व्यवस्थापन गर्न ट्राफिकले यो प्रावधान लागू गर्न लागेको हो ।

नयाँ प्रावधान अनुसार माइक्रोबसले सिट क्षमताभन्दा बढी यात्रु राख्न पाउने छैनन् । साथै अनावश्यक सिट जोडिएको हुनुहुने छैन । त्यस्तै लामो दूरीका बसहरु अबदेखि बसपार्कबाटै छुट्नुपर्ने प्रावधान बनाइएको छ।

यातायात व्यवस्था विभागले उपत्यकाका विद्यालय बसहरुलाई बिहान ९ बजेसम्म बिद्यालय पुगिसक्नुपर्ने र अपरान्ह चार बजे बिद्यार्थी छाडेर गन्तव्यमा पुगिसक्नुपर्ने निर्णय गरेको थियो ।

तर त्यो निर्णय व्यवहारिक नभएको भन्दै बिद्यालयले बिरोध गरेपछि यसलाई तत्कालका लागि कार्यान्वयनमा ल्याइने छैन। तर विद्यालयसँग छलफल भइरहेको बिभागले जनाएको छ । –  नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ