पुस १, काठमाडौँ | सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाको कालो कर्तुत एकपछि अर्को गर्दै खुल्दै जान थालेपछि उनी तनावमा परेको छ । 

रेडियो नेपालका संस्"/> Sajhasabal पुस १, काठमाडौँ | सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाको कालो कर्तुत एकपछि अर्को गर्दै खुल्दै जान थालेपछि उनी तनावमा परेको छ । 

रेडियो नेपालका संस्"/>

२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५० लाख घुष मागेको पोल खुलेपछि सञ्चार सचिव तनावमा

१ पुष २०७३, शुक्रबार ०२:३९

पुस १, काठमाडौँ | सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाको कालो कर्तुत एकपछि अर्को गर्दै खुल्दै जान थालेपछि उनी तनावमा परेको छ । 

रेडियो नेपालका संस्थापक तारिणीप्रसाद कोइरालाको नाममा सञ्चारग्राम बनाउनका लागि सरकारले उपलब्ध गराएको तीन करोड रकममा पचास लाख घुस मागेको विषय विराटनगर उपमहानगरपालिकाको लेखा शाखाबाट सार्वजनिक भएपछि सञ्चार माध्यमलाई सूचना दिनेलाई कारवाही गर्न उनले उपमहानगरका कार्यकारी प्रमुखलाई गैरकानुनी आदेश दिएका छन् । तर तारिणीप्रसाद कोइरालाको नाम भजाउने नेपाली काँग्रेस र नेपाल प्रेस यूनियन भने हालसम्म सचिव थपलियाको कर्तुत बारे मुख खोलेको छैन ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई बोलाएर थपलियाले त्यो लेखा शाखाको बदमासलाई तत्काल सरुवा गर्नुपर्यो भन्दै धम्की दिएको बताइन्छ । अधिकारी र थपलिया एउटै व्याजका सहसचिव हुन् ।

सचिव थपलियाले घुस मागेपछि आयोजनाको विषयमा विवाद भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दर्ता गर्ने तयारी गरिएको बताइन्छ । सचिव थपलियाले रेडियो नेपालको अस्तित्व नै मेटाउने उद्देश्यका साथ घुस मागेको विराटनगर उपमहानगरपालिकाका लेखा शाखाका एक अधिकृतले बताए । अनावश्यक दबाव आए सचिव सचिव भनिदैन, अख्तियारमा उजुरी दिइन्छ ,ती अधिकृतले भने ।

सचिव थपलियाले रेडियो नेपालको अध्यक्ष म हुँ मैले भनेको मान्नु पर्छ भन्दै निरन्तर दबाव दिइरहेको बताइन्छ । रेडियो नेपालका निर्वचनमा कार्यकारी निर्देशक सुरेश कार्कीले पनि सचिव थपलिया भंगेराको जस्तो छाती भएका कामचोर सचिव भएको बताउने गरेका छन् ।

नेपाल टेलिभिजनको टेन्डरमा आँखा 

तारिणीप्रसाद कोइरालाको नाममा बनाउन लागिएको सञ्चारग्रामको बजेटमा आँखा लगाएका सचिव थपलियाले नेपाल टेलिभिजनको प्राविधिक उपकरण खरिदमा समेत आँखा लगाएका छन् । टेलिभिजनलाई डिजिटलाइल्ज्ड बनाउन विषयमा निकट भविस्यमा नै करिब रु एक करोड बराबरको टेन्डर आहन गर्न लागिएको छ । अत्याधुनिक क्यामरा, मिस्चर,विभिन्न सप्टवेयर तथा अन्य प्राविधिक उपकरण खरिदका लागि पहिलो चरणमा ती सामानको टेन्ड गर्न लागिएको हो । सचिव थपलियाले भने आफ्ना निकटस्थलाई टेन्डर पारेर त्यसबाट तर मार्ने मनसायका साथ आँखा गाडेको नेपाल टेलिभिजनको प्राविधिक शाखाका एक अधिकृतले बताए । सचिवज्यूले सधै फोन गरेर टेन्डर के भयो, यसो मिलाएर गर्नुपर्छ है भन्नुहुन्छ, हामीलाई पो के गर्ने कसो गर्ने बनाइदिनुभएको छ, ती कर्मचारीले भने । नेपाल टेलिभिजनको टेन्डरमा आफ्नो स्वार्थ पूर्ति गराउन उनले एमालेका तर्फबाट बोर्डमा प्रतिनिधित्व गर्ने एक सदस्यलाई समेत परिचालन गरेका छन् ।

नाफामा रहेको नेपाल टेलिभिजन डुबाउन समेत सचिव थपलियाको हात रहेको देखिन्छ । भ्रष्टाचारको अभियोग लागेका निर्वतमान महाप्रबन्धक लक्ष्मण हुमागाई एमाले भएकै कारण सचिव थपलियाले अभयदान दिएका थिए । हुमागाइ र सचिवको मिलेमतोमा एघार करोड बराबरको भ्रष्टाचार समेत सामसुम पारिएको छ । सचिवले चाहेको भए टेलिभिजनको भ्रष्टाचारमा दोषी देखिएकालाई कारवाही हुन सक्थ्यो, उनैले अभयदान दिएपछि कस्को के लाग्यो र सञ्चार मन्त्रालयका एक उपसचिवको भनाइ छ । भ्रष्टाचारमा संलग्नलाई अभयदान दिने, टेन्डरमा आँखा लगाउने सचिवले सरकारी सञ्चार माध्यमलाई डुबाएर छाड्ने निष्कर्षमा सरोकारवाला पुगेका छन् ।

सूचना दिनेलाई कारवाही गर्न थपलियाको उर्दी 

आफ्ना काला कर्तुत विभिन्न सञ्चार माध्यममा छताछुल्ल भएपछि मन्त्रालयबाटै सूचना चुहाउनेको खोजी गर्न सचिव थपलियाले आफ्ना विश्वासपात्र मानिएका गोविन्दसिंह भण्डारीको संयोजकत्वमा यदुप्रसाद पन्थी, रुद्रादेवी खतिवडा सदस्य रहेको गोप्य छानबिन समिति बनाएका छन् । आफ्ना विरुद्ध सूचना दिने सबैको तिनपुस्ते तयार पारेर ल्याउन सचिव थपलियाले निर्देशन दिएको बताइन्छ । यस्तै सरकारी सञ्चारमाध्यमबाट रमाइलो गर्नका लागि भनी उठाउने गरेको रकमको बारेमा समेत सम्बन्धित सरकारी सञ्चार माध्यमका प्रमुख, प्रशासन तथा लेखा शाखाका प्रमुख बोलाएर सचिव थपलियाले कारवाहीको धम्की दिएका छन् । धम्की दिएको होइन आफूले बुझेको हो, आफ्ना बारेमा समाचार आएपछि सोधीखोजी त गर्नै प¥यो नी सचिव थपलियाले भने ।

रुद्रादेवी खतिवडालाई राससले किनिदिएको स्कुटरको विषयमा गोप्यता नराखेको भन्दै सचिव थपलिया, उपसचिव गोविन्दसिंह भण्डारीले आफ्नै कार्यालयका कर्मचारीको समेत सातो खाएका छन् । भने राससका अध्यक्ष र विभागिय प्रमुखलाई बोलाएर अब तपाइहरुको कुनै पनि काम हुँदैन, जहा जानुपर्छ जानुस भन्दै फरमान जारी गरेका छन् । धुलीखेलमा गएर रक्सी खाएको विषय व्यक्तिगत भएपनि त्यसलाई प्रचार गरेको भन्दै गोविन्दसिंह भण्डारीले समेत सरकारी सञ्चारमाध्यमका अधिकारीको सातो खाएका थिए । फेसबुकमा फोटो हालेर हाम्रो बेइज्जत गर्न खोजेको, भए नभएका समाचार लेखाउन तपाईहरु नै लाग्नुभयो, राता राता आँखा पार्दै भण्डारीले समिक्षा बैठक भन्दै बोलाएर गोरखापत्र, रासस, रेडियो नेपाल र नेपाल टेलिभिजनका प्रमुखहरुलाई थर्काएका थिए । बैठकमा सहभागी एक प्रतिनिधिले त भण्डारी सरले आज दिउँसै लगाउनु भयो कि क्या हो भन्दै टिप्पणी गरेका थिए । मङ्सिर २७ गते आयोजना गरिएको समिक्षा बैठकमा सचिव थपलिया, उपसचिव भण्डारीले आफ्ना विरुद्धमा समाचार लेखाउनेलाई कारवाही गर्न मन्त्रालय र मातहतका विभागिय प्रमुखलाई निर्देशन समेत दिएका थिए ।

सचिवज्यूले आफ्ना बारेमा आएका विषयमा बुझ्न खोज्नु भएको हो उपसचिव भण्डारीले भने । धुलीखेलमा गएर रमाइलो गरेको विषयमा भण्डारीसँग सोध्दा उनले भने ‘हो , साथीभाईले जाउ भने, गएको हो, रक्सी खान इन्द्रेको बाउ चन्द्रे आएपनि मलाई रोक्न सक्दैन । मन्त्रालयका कर्मचारीलाई खुसी नपारे तिनको काम पनि हुनपर्ला नी ।’ उनले आफू सचिव थपलियाको सहकर्मी भएको समेत फुर्ति दिए । भने ‘सचिव थपलिया मेरा दोस्त हुन्, उनीसँग खाने पिउने सबै चल्छ ’ । उता स्कुटरकाण्ड सार्वजनिक भएपछि रुद्रादेवी खतिवडाले भने आफू अब कुनै काम नगर्ने भन्दै झोक्राएर बस्ने गरेको मन्त्रालयका एक कर्मचारी बताउँछन् । मेडमको मुड खराब छ, अब अख्तियारतीर पनि मुद्दा पर्ला, विचराले दुःख पाउने भइन् , उनकै शाखाका एक शाखा अधिकृतले भने । कलो खाएपछि हाक्किमनी सापलाई पोलेको होला, खान पाइयो भनेर अलकत्रै त खानु भएन नी ती अधिकृतको टिप्पणी छ ।

भण्डारीले त सञ्चार मन्त्री राम कार्कीले कथा मात्रै सुनाएर बस्ने भएकाले उनको कथा सुनिदिए मात्रै हुने र आफूहरुलाई काम भने केही गर्नुनपर्ने समेत बताएका छन् । मन्त्रीलाई त हुने काम पनि हुन्न हजुर भने भैहाल्छ । सचिव ज्यू र म बसेर मन्त्रीका क’रा सुन्छौ, काम त हाम्रै एमाले पार्टीको न गर्छौ । उपसचिव भण्डारी भने काँग्रेस भेटे आफू काँग्रेस भएको बताउँछन् भने एमाले भेटे आफू एमालेको सक्रिय कार्यकर्ता भएको फूर्ती लगाउँछन् । सचिव थपलियाको उठती धन्दाका प्रमुख मतियार रहेका भण्डारीको विरुद्ध भने यसअघि नै अख्तियारमा उजुरी परिसकेको छ ।

यस्तै रेडियो नेपालबाट लगिएको गाडी र गोरखापत्रबाट मागिएको स्यान्ट्रो कारको बारेमा सूचना दिनेलाई समेत कारवाही गर्ने भन्दै सचिव थपलियाले सुराकी परिचालन गरेका छन् ।

जसरी हो मन्त्रीलाई रोक 

सचिव थपलियाको एक मात्र मक्सद भनेकै सूचना तथा सञ्चारमन्त्रीलाई जसरी हो रोक्नु रहेको छ । नेपाल टेलिकमको टावर निर्माण हुन नदिनु, सरकारी सञ्चारमाध्यममा नयाँ नियुक्ती रोक्नु, सुरक्षात्मक मुद्रणको काम सुरु हुन नदिनु, प्रेस काउन्सिल, रेडियो नेपाल, नेपाल टेलिभिजनमा प्रमुख नियुक्त हुन नदिनु, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न नदिनु, क्लिन फीड नीति कार्यन्वयन नगराउनुको पछाडि सचिव थपलियाकै हात रहेको छ । यस्तै सरकारी सञ्चार माध्यममा सामान्य बोर्ड सदस्य नियुक्त गर्न समेत कार्यविधिको बार लगाएर उनै सचिव थपलियाले रोक्दै आएका छन् । तर उनै सचिव थपलियाले भने विवादास्पद व्यापारी अजय सुमार्गीको हेल्लो नेपाललाई एकीकृत लाइसेन्स दिलाउन भने ज्यान फालेर लागिपरेका छन् । एमाले अध्यक्ष खड्ग ओलीको समेत सो विषयमा चासो रहेको बताइन्छ ।  - जनआह्वान साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने