२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुस २७ गते सार्वजनिक विदा !

३ पुष २०७३, आईतवार ०२:४८

पुस ३, काठमाडौं | पृथ्वीनारायण शाह राष्ट्रनिर्मातासँगै मुलुकको प्रगति, अखण्डता र एकताका स्वप्नदर्शी रहेको विश्लेषण प्रमुख दलका प्रबुद्ध नेताहरूले गरेका छन् । पृथ्वीनारायण विचार अभियान राष्ट्रिय एकता तथा २९५ औं पृथ्वीनारायण शाह जयन्ती नागरिक मूल समारोह समितिले शनिबार राजधानीमा आयोजना गरेको 'नेपाली राष्ट्रियता र राष्ट्र निर्माता शाह' विषयक कार्यक्रममा गणतान्त्रिक आन्दोलनमा सहभागी नेताहरूले समेत पृथ्वीनारायणमा 'स्टेटम्यानसिप' रहेकै कारण उनी नेपाल र नेपाली रहेसम्म सम्मानित राजा रहिरहने धारणा व्यक्त गरे ।यो खबर हामीले आजकव अन्नपूर्ण पोष्टबाट लिएका हौ।

नेताहरूले भने, 'मुलुक अत्यन्त जटिल र कठिन स्थितिबाट गुज्रँदै गएको वर्तमान अवस्थामा स्टेटम्यानसिपको खडेरी छ ।' मुलुक विदेशीको ठाडो हस्तक्षेपबाट अघि बढ्न लागेकाले राष्ट्रको रक्षार्थ परेमा संघीयता, राजतन्त्र र धर्म निरपेक्षतामाथि जनमतसंग्रहमा जान नेपाली कांग्रेसका प्रभावशाली नेताहरूले सुझाए ।

माओवादी केन्द्रका नेता शक्ति बस्नेतले आफ्नो राजनीतिक सिद्धान्तले राजतन्त्र नमाने पनि पृथ्वीनारायण शाहकै एकीकरण अभियानद्वारा आज नेपाल र नेपालीको अस्तित्व रहेको बताए ।

वर्तमान राज्य व्यवस्थाले पृथ्वीनारायण शाहको सही मूल्यांकन गर्न नसकेको आरोप पनि लगाए उनले ।पृथ्वीनारायण शाहको बखानसँगै राजतन्त्र र हिन्दु नेपालको आवश्यकता औंल्याउँदै कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काले आफ्ना पूर्वनेता गिरिजाप्रसाद कोइरालालाई राष्ट्र विभाजनको खलनायकका रूपमा उभ्याए ।

'गिरिजाको लाहाछापमा लादिएको संघीयता र धर्मनिरपेक्षताले मुलुक विभाजन गराउँदै सिंगो राष्ट्र र पृथ्वीनारायणप्रति कांग्रेसले गरेको ऐतिहासिक भूलले आफू कांग्रेस केन्द्रीय सदस्य हुँदा पनि कांग्रेस हुँ भन्न लाज लाग्न थालेको छ,' खड्काले भने ।

४६ को परिवर्तनपछि राज्य बीपी कोइरालाको नीतिमा अघि बढ्न नसक्दा आज धराशायी भइरहेको दाबी उनको थियो ।

गणतन्त्र २०६२÷६३ को आन्दोनलमा नउठेको तर गिरिजाको लाहाछापमा आएका संघीयता र धर्मनिरपेक्षता स्वीकार्य नभएको भन्दै संघीयता, राजतन्त्र र हिन्दु राष्ट्रमा जनमतसंग्रहको माग खड्काले गरे ।

नेपालको अस्तित्व संकटमा आउनुका पछि आईएनजीओको हात रहेको उल्लेख गर्दै खड्काले भने, 'आईएनजीओ नेपाल प्रवेश गराएर आन्दोलनमा नउठेका मुद्दालाई संविधानमा राख्ने कार्य प्रमुख दलका प्रमुख नेताबाटै भएको छ ।'

'म पूर्वगृहमन्त्री पनि भएकाले तीन दलमा को-को विदेशी एजेन्ट छन् भन्ने कुरा बुझ्छु । यद्यपि अहिले उनीहरूको नाम सार्वजनिक गर्ने स्थिति भने छैन र त्यो दिन टाढा पनि छैन,' उनले भने । 'विदेशीको डलर खाएर नेपाली नेपालीबीचको एकतामा खलल पुर्‌याउनेलाई जनताबीच दण्डित गर्नेुपर्ने' पनि उनको धारणा थियो ।

'संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता संविधानसभामार्फत छिराउने कार्य कांग्रेसले नै गरेको हो । ५१ प्रशितशत जनताले त्यसलाई स्वीकारेका छैनन् र व्यक्तिगत रूपमा मैले पनि स्वीकारेको छैन', उनले थपे, 'मधेस र मधेसीलाई अल्मल्याउँदै राष्ट्रलाई अप्ठ्यारोमा पार्ने पनि गिरिजाप्रसाद नै हुन् ।'

कार्यक्रममा एमाले नेता एवं सांसद लालबाबु यादवले पुष्पलाल, मदन भण्डारी, डा. बाबुराम र सीपी मैनालीले पृथ्वीनारायणको योगदानको चर्चा गर्दै लेखेका कृतिबाट आफू प्रभावित भएको बताएका थिए ।

'शाहले राष्ट्रिय एकीकरणका लागि शक्ति प्रयोग गरेका हुन्, हाम्रा नेताहरू जस्तो पदीय हैसियत दुरुपयोग गरेर सुरक्षाकर्मीको प्रयोग गरेका होइनन्', उनले भने, 'शाह सच्चा कम्युनिस्ट र डेमोक्र्याट भएकाले नेपाल सदाकाल सार्वभौम राष्ट्र हुन सफल भयो ।'

यादवले हाम्रा नेता र पार्टीहरूको स्वार्थका कारण आईएनजीओहरूले मुलुक ध्वस्त गरेको तर शाहले अढाइ सय वर्षअघि नै यसमा रोक लगाएको बताए ।

मालेका नेता चन्द्रप्रकाश मैनालीले शाहको प्रशंसा गर्दै उनले नेपालका लागि गरेको योगदान विश्वका कुनै पनि नेताबाट नभएको उल्लेख गर्दै शाहको सम्मानका लागि एकता दिवसमा सार्वजनिक बिदा दिन माग गरे ।

कार्यक्रममा कांग्रेस नेता एवं पूर्वमन्त्री रामशरण महतले पृथ्वीनारायण शाह एउटा लडाकु राजामात्र नभएर स्टेटम्यान पनि रहेको बताए । 'उनी नेपालको एउटा सच्चा छोरा हुन् भन्ने कुरा स्वीर्कानैपर्छ', डा.महतले भने ।

गणतन्त्र आन्दोलनको माग नभएको र कुनै पनि नेताले नचाहेको संघीयतामा जान खोज्दा मुलुक धराशायी हुँदै गएको डा. महतले बताए ।

'पुस २७ मा बिदा'

भूमिसुधारमन्त्री विक्रमबहादुर पाण्डेले पुस २७ गते २९५ औं पृथ्वी जयन्तीमा सार्वजनिक बिदा हुने बताए । उनले भने, 'त्यसका लागि मन्त्रिपरिषद्को बैठकमा विधि र प्रक्रियासम्मत रूपमा प्रस्ताव लैजानेछु ।' उनले पुस २७ लाई एकता दिवस बनाउन प्रधानमन्त्री पनि सकारात्मक भएको अनुभव आफूले गरेको बताए ।

कार्यक्रममा पूर्वअर्थमन्त्री डा. रामशरण महतले पृथ्वी जयन्तीको बिदा मन्त्रिपरिषद्को बैठकले नभएर गृह मन्त्रालयको एकल निर्णयमा काटिएको जनाउँदै बिदा काटिएको विषयमा आफूले मन्त्रिपरिषद्मै आपत्ति जनाएको स्पष्टीकरण दिएका थिए । त्यति बेला गृहमन्त्री कृष्णप्रसाद सिटौला थिए ।

कार्यक्रममा उद्घोषकले केही सयमअघि बीबीसीमा अन्तर्वार्ता दिने क्रममा कांग्रेस नेता सिटौलाले पृथ्वीनारायण कोहो, आफूले चिनेको छैन भन्दै अपमान गरको विषय राख्दा उपस्थित सहभागीले 'र' को एजेन्टले चिन्नु आवश्यक छैन भन्दै नाराबाजी गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने