पुस ४, विराटनगर | नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उचालेर आफू भारत भ्रमणमा रहेको बेला ‘कू’ गर्न ख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ४, विराटनगर | नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उचालेर आफू भारत भ्रमणमा रहेको बेला ‘कू’ गर्न ख"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘भारत भ्रमणका बेला अख्तियार उचालेर ‘कू’ गर्न खोजियो’

४ पुष २०७३, सोमबार ०१:५१

पुस ४, विराटनगर | नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उचालेर आफू भारत भ्रमणमा रहेको बेला ‘कू’ गर्न खोजिएको बताएका छन्। 

विराटनगरमा आयोजित पार्टीको १ नम्बर प्रदेश कार्यकर्ता भेलामा आइतबार दाहालले लडाकु शिविर अनियमितता छानबिन नाममा आफूलाई पक्राउ गर्ने र सरकारविरुद्ध ‘कू’ गर्ने योजना बनेको र त्यो सफल नभएको बताए।

‘भारत भ्रमणका बेला अख्तियारलाई उचालेर ‘कू’ गर्ने प्रयास भएको थियो र कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीले त्यसलाई रोकेपछि थाहा भयो,’ भेलामा दाहाललाई उद्धृत गर्दै माओवादी केन्द्रका एक नेताले भने, ‘लडाकु शिविर अनियमितता छानबिन नाममा अख्तियारलाई उचालेर प्रधानमन्त्रीलाई पक्राउ पत्र थमाउने योजना थियो, पक्राउपत्र तयार पारेर खाम ठिक्क पारेपछि रोकिएछ।’

उनले सरकारबाट आफूलाई हटाउन न्वारानदेखिको बल लगाइरहेको बताए। दाहालले पहिलो कार्यकालमा जस्तै आफू भावनामा बगेर कुर्सी नछोड्ने समेत बताए। ‘अघिल्लो पटक भावनामा बगेर कुर्सी छाडियो, यसपटक छाडिदैन,’ उनले भने,‘विपक्षीले मेरा विरूद्ध अविश्वासको प्रस्ताव हालेर संसदबाट गलहत्याए भने मात्रै छोडिन्छ तर संघीयता र गणतन्त्रविरूद्ध दायाँ बायाँ गर्न दिइँदैन।’ – नागरिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ