पुस ५, काठमाडौं | मोडल बन्ने सपना बोकेर गत २३ मंसिरमा एक युवती पुतलीसडकस्थित तिरुपति होटल पुगिन्। अन्तर्वार्ताका लागि भनेर उनलाई होटलमा बोलाइएको थियो ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ५, काठमाडौं | मोडल बन्ने सपना बोकेर गत २३ मंसिरमा एक युवती पुतलीसडकस्थित तिरुपति होटल पुगिन्। अन्तर्वार्ताका लागि भनेर उनलाई होटलमा बोलाइएको थियो ।

३ माघ २०८२, शुक्रबार
काठमाडौँ - KTM

नायिका बनाइदिन्छु भन्दै शृंखलावद्ध बलात्कार, अनुसन्धान पछी प्रहरी चकित

५ पुष २०७३, मंगलवार ०२:२७

पुस ५, काठमाडौं | मोडल बन्ने सपना बोकेर गत २३ मंसिरमा एक युवती पुतलीसडकस्थित तिरुपति होटल पुगिन्। अन्तर्वार्ताका लागि भनेर उनलाई होटलमा बोलाइएको थियो ।

आफूलाई मोडल एजेन्सीको सञ्चालक बताउने एक युवक उनलाई कुरिरहेका थिए । अन्तर्वार्ताको लागि भन्दै उनले युवतीलाई होटलको कोठामा बोलाए ।

सामान्य कुराकानी गरेपछि युवतीलाई उनले आफूसँग सम्बन्ध राखे मोडल बनाउने बताए । तर युवतीले मानिनन् । त्यसपछि युवतीलाई जबर्जस्ती सम्बन्ध राख्ने प्रयास गरे । युवती चिच्याइन् । उनी भाग्ने प्रयास गरे । होटेलका कर्मचारी तथा सेक्यूरिटी मिलेर उनलाई भाग्दाभाग्दै समाएर प्रहरीलाई बुझाए । 

अभय खड्का नाम गरेका ती व्यक्तिमाथि अनुसन्धान गर्दा प्रहरी चकित भयो । तिरुपतिमा उनले बलात्कारको प्रयासमात्र गरेका थिए, त्यसभन्दा पहिला धेरै पटक उनले युवतीहरुलाई मोडल र नायिका बनाउने भन्दै ठगी गरेको खुलेको छ ।

सबै घटनामा उनको एउटै तरिका देखिन्छ । मोडल तथा नायिका चाहिएको भन्दै विज्ञापन गर्ने । अन्तरवार्ताका लागि भनेर होटलमा बोलाउने । अन्तरवार्ताको बहानमा होटलमा शारीरिक सम्बन्धको प्रस्ताव राख्ने । अस्वीकार गरे बलात्कार गरेर युवतीलाई होटलमै थुनेर भाग्ने । यस्ता धेरैवटा घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका खड्काले आफ्नो घर काभ्रेको श्यामपाटी भएको बताएका छन्। तर श्यामपाटीमा गएर प्रहरीले बुझ्दा सो नाम गरेको व्यक्ति नै नभएको खुलेको छ । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ