३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली सेनालाई भारतीय सेनाको ‘कमान्ड’गराउने षड्यन्त्र हुँदै

८ पुष २०७३, शुक्रबार ०३:५१

पुस ८, काठमाडौं | भारतले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जाने नेपाली सैनिकहरूलाई आफ्नो सेनामातहत परिचालन गर्न ‘राजनीतिक लबिइङ’ थालेपछि नेपाली सेनाले त्यस्तो नगर्न सांकेतिक प्रतिक्रिया दिएको छ । 

उच्च स्रोतका अनुसार भारतले क्षेत्रीय (सार्क) र उप–क्षेत्रीय (बीबीआईएन) सुरक्षाको हवाला दिँदै नेपाली सेनालाई भारतीय सेनाको ‘कमान्ड’अन्तर्गत रहने गरी शान्ति मिसनमा लैजाने अनौपचारिक प्रस्ताव राखेको थाहा पाएपछि जंगी अड्डाले त्यस्तो नगर्न राजनीतिक नेतृत्वलाई सुझाव दिएको हो ।

सुरुवातमा सार्कमार्फत राष्ट्रसंघ (यूएन) को शान्ति मिसनमा जानुपर्ने उल्लेख गर्दै आएको भारतले पाकिस्तानसँगको दूरीपछि सार्ककै अर्को उपक्षेत्रीय संगठन बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल) मार्फत शान्ति स्थापनार्थ खटिनुपर्ने धारणा अघि सारको  हो । भारतले नेपालको राजनीतिक तहमा लबिइङ गरपछि सशंकित बनेको सेनाले कुनै हालतमा राष्ट्रलाई घात हुने सम्झौता नगर्न अनुरोध गरको उच्च स्रोतको दाबी छ ।

पर राष्ट्रमन्त्री प्रकाशशरण महत भारत भ्रमणमा निस्कनुअघि सेनाले आफ्नो सरोकार सरकारसमक्ष राखेको बुझिएको छ । पर राष्ट्रमन्त्री महतले भने नेपालले शान्ति सेनामा पठाउने विषयमा हालको संरचनामा कुनै परिवर्तन नहुने बताए । ‘मैले यूएनको भ्रमण गर्ने क्रममा महासचिवलाई नेपाललाई दिँदै आएको कोटा बढाउन र अधिकृतहरूलाई पनि कोटा दिन भनेको छु।’

भारतले नेपाली सेनालाई भारतीय सेना नेतृत्वको क्षेत्रीय संरचनामातहत लैजाने प्रस्ताव बेलाबखत राख्दै आएको छ । भारतीय स्थल सेनाध्यक्ष दलवीर सिंह कात्तिक २६ देखि २८ सम्म नेपाल भ्रमणमा आउँदा पनि भारतीय पक्षबाट उक्त विषय अप्रत्यक्ष ढंगबाट उठाइएको स्रोतको भनाइ छ । त्यसअघि गत वर्ष काठमाडौंमा आयोजित एक कार्यक्रममा भारतीय सेनाका पूर्व मेजर जनरल अशोक मेहताले भारत, नेपाल लगायतका देशले सार्कमार्फत शान्ति सेना पठाउनुपर्ने कुरा राखेका थिए । 

- कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड