पुस ११, काठमाडौं । वीरगन्ज कारागारमा आइतबार साँझ चक्कु प्रहारबाट पाँच जना कैदी घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ ।

तीन महिना पहिले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ११, काठमाडौं । वीरगन्ज कारागारमा आइतबार साँझ चक्कु प्रहारबाट पाँच जना कैदी घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ ।

तीन महिना पहिले "/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वीरगन्ज कारागारमा चक्कु प्रहार, पाँच कैदी घाइते

२०७३, ११ पुष सोमबार ०२:१६

पुस ११, काठमाडौं । वीरगन्ज कारागारमा आइतबार साँझ चक्कु प्रहारबाट पाँच जना कैदी घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ ।

तीन महिना पहिले झापाको झुम्का कारागारबाट सरुवा भइ वीरगन्ज कारागारमा आएका रौतहटको पिपरीया घर भएका कैदी पनिलाल पण्डितले अन्धाधुन्द चक्कु प्रहार गर्दा वीरगन्जको घडीअर्वा घर भएका कैदी राजन बानियाँ गम्भीर घाइते भएका छन् । पण्डितले बानियाँको गर्दनमा चक्कु प्रहार गरि घाइते बनाएका हुन् । 

चक्कु प्रहार गर्ने पण्डित भूमीगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहका पूर्वकार्यकर्ता रहेको श्रोतले जनाएको छ । अपहरण, शरीर बन्धक, धम्की तथा चन्दा असुली मुद्धामा उनले कैद सजाय भोगिरहेका पण्डित तीन महिना पहिले मात्र झापाको झुम्का कारागारबाट सरुवा भइ वीरगन्ज कारागारमा आएका थिए।

यस्तै घाइते बानियाँ पनि शरीर बन्धक तथा अपरण मुद्धामा अदालतले दोषी ठहर गरेका कैदी हुन् ।

चक्कु प्रहारबाट कारागारमा रहेका बृजकिशोर शर्मा, आरिफ मियाँ, दीपेन्द्र सुमन र जयराम लामा पनि घाइते भएका छन् । पण्डिले उनीहरुको हात, पाखुर र शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेर घाइते बनाएका छन् ।

गम्भीर घाइते बानियाको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि नेशनल मेडिकल कलेजमा लगिएको पर्साका प्रहरी उपरीक्षक गोविन्द कुमार साहले बताए । – अन्नपूर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह