नेपालका दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा विस्तार गर्दै लगेका छन् । नेपाल टेलिकमले ७२ र एनसेलले एक सय ११० मुलुकमा अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नेपालका दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा विस्तार गर्दै लगेका छन् । नेपाल टेलिकमले ७२ र एनसेलले एक सय ११० मुलुकमा अ"/>
२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१०० भन्दा बढी देशमा चल्छन् नेपाली सिम

२०७३, १३ पुष बुधबार ०१:१९

पुस १३, काठमाडौं | नेपालका दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा विस्तार गर्दै लगेका छन् । नेपाल टेलिकमले ७२ र एनसेलले एक सय ११० मुलुकमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराएका छन् ।

सेवा प्रदायकहरूले अन्तर्राष्ट्रिय रोमिङको दायरा बढाउँदै र ट्यारिफ घटाउन थालेपछि अन्तर्राष्ट्रिय रोमिङ सेवाका उपभोक्ताको संख्या पनि बढेको छ । यो सेवाले विदेश जाँदा पनि स्वदेशमा नियमित सम्पर्क गर्न सहज हुने गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका बताउँछन्।

व्यक्तिगत वा व्यावसायिक कामले विदेश गइरहने प्रयोगकर्तालाई अहिले मोबाइलमा सिमकार्ड परिवर्तन गर्नुपर्ने अवस्था छैन। अन्तर्राष्ट्रिय रोमिङले नेपालकै सिम प्रयोग गरेर विदेशबाट नियमित सम्पर्क गर्न सहज भएको मुरारकाको भनाइ छ। ‘यसले विदेशमा गएर सिमकार्ड किनिरहनुपर्ने र नयाँ नम्बरबाट नेपालमा सम्पर्क गर्नुपर्ने बाध्यता हटेको छ,’ उनले भने।

कामविशेष वा भ्रमण गर्न छोटो समयका लागि विदेश जाने जोसुकैले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिन उपयुक्त हुन्छ। यसका लागि सम्बन्धित कम्पनीमा गएर अन्तर्राष्ट्रिय रोमिङ सेवा लिनुपर्छ। कम्पनीअनुसार सर्त र नियम फरक–फरक हुन्छन्।

अन्तर्राष्ट्रिय रोमिङ सेवा अत्यधिक खर्चिलो हुन्छ। नेपालबाट भारतमा फोन गर्दा सरदर प्रतिमिनेट ४ रुपैयाँ लाग्छ। तर, रोमिङ सेवा लिएर भारतमा गई फोन उठाउँदा प्रतिमिनेट २ सय रुपैयाँसम्म लाग्छ। यस्तो मूल्य विभिन्न कम्पनी र तिनका प्याकेजअनुसार फरक–फरक हुन्छन्। खर्चिलो हुने भएकै कारण उच्च आय भएका व्यक्तिले मात्रै अन्तर्राष्ट्रिय रोमिङ सेवा लिने गरेको सेवा प्रदायकले जनाएका छन्।

कुनै एक मुलुकमा रहेको टेलिकम कम्पनीको सिम (नम्बर) अन्य मुलुकमा रहेको सेवा प्रदायकको नेटवर्कमा समेत चल्न सक्ने सुविधा अन्तर्राष्ट्रिय रोमिङ हो।

उदाहरणका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवा लिएपछि नेपाल टेलिकम वा एनसेलका सेवाग्राहीले आफूले प्रयोग गरिरहेको नम्बर अर्को देशमा रहेको अन्य सेवा प्रदायकको नेटवर्कमा समेत चलाउन सक्छन् । रोमिङले यात्राका क्रममा जुन मुलुकमा पुगे पनि ‘वायरलेस सेवा’ विनाअवरुद्ध नेटवर्कमा आबद्ध भइरहने र भ्वाइस, एसएमएस र डाटा सेवा लिन सक्ने प्रत्याभूति दिन्छ ।

यसका लागि सम्बन्धित मुलुकका सेवाप्रदायकबीच अन्तर्राष्ट्रिय रोमिङको सम्झौता हुन्छ । रोमिङ इनवाउन्ड र आउटवाउन्ड गरी दुई किसिमको हुन्छ । नेपालका सेवाग्राहीले यहाँ प्रयोग गरिरहेको नम्बर विदेशमा गएर त्यहाँको नेटवर्कमा प्रयोग गर्नु आउटवाउन्ड रोमिङ हो । त्यस्तै, विदेशका मोबाइल प्रयोगकर्ताले त्यहाँको नम्बर नेपालमा आएर प्रयोग गर्नु इनवाउन्ड रोमिङ हो। – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह