पुस १७, काठमाडौं | बानेश्वरमा शुक्रबार सरकारी गाडीमा आगो लगाउने एमाले समर्थित कार्यकर्ता फरार छन् । आगो लगाउनेहरूको पहिचान भने भइसकेको प्रहरीले जनाएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १७, काठमाडौं | बानेश्वरमा शुक्रबार सरकारी गाडीमा आगो लगाउने एमाले समर्थित कार्यकर्ता फरार छन् । आगो लगाउनेहरूको पहिचान भने भइसकेको प्रहरीले जनाएको छ । 

"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिसिटिभी मार्फत सरकारी गाडी जलाउनेको पहिचान, एमाले कार्यकर्ता फरार

१७ पुष २०७३, आईतवार ०१:५८

पुस १७, काठमाडौं | बानेश्वरमा शुक्रबार सरकारी गाडीमा आगो लगाउने एमाले समर्थित कार्यकर्ता फरार छन् । आगो लगाउनेहरूको पहिचान भने भइसकेको प्रहरीले जनाएको छ । 

अल्फा–बिटा हाउसछेउको सडकमा पार्किङ गरी राखेको बा.१झ १३९२ नम्बरको गाडीमा शुक्रबार दिउँसो आगजनी गरिएको थियो। बिदाको दिन सरकारी गाडी चलाएको तथा आफ्ना कार्यकर्तामाथि आक्रमण हुँदा अभियुक्त पक्राउ नगरेको भन्दै युवा संघको नेतृत्वमा आगजनी भएको थियो।

 ‘आगो लगाउनेमध्ये धेरैको पहिचान भइसकेको छ,’ महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी नारायण चिमोरियाले भने, ‘उनीहरू हाल फरार छन्, जसरी पनि पक्राउ गरी कारबाही गर्छौं ।’ आगो लगाइएको गाडी बागमती सभ्यता एकीकृत विकास समितिको हो । समितिले भने आफ्नो गाडीमा आगजनी भएको जाहेरी प्रहरीमा दिएको छैन । प्रहरी प्रतिवेदनकै आधारमा अनुसन्धान गरी दोषीलाई आगजनी मुद्दा चलाइने डिएसपी चिमोरियाले बताए । यस्तो मुद्दामा क्षतिअनुसार जरिवाना र कैद सजायको व्यवस्था छ ।

राष्ट्रपति कार्यालयमा काम गर्ने सुमित्रा थापा, युवा संघका नेता निरेशलाल सिंह, रोशन बस्नेत, प्रकाश गौतमलगायत व्यक्ति आगलागीका वेला घटनास्थलमा थिए । सिसिटिभी फुटेजका आधारमा उनीहरूको पहिचान भएको प्रहरी स्रोतले बताएको छ । यद्यपि, घटनामा क–कसको सहभागिता थियो भन्ने विषयमा थप अनुसन्धानपछि प्रस्ट हुने प्रहरीको भनाइ छ । आगजनी गरिएकोप्रति सर्वसाधारण मात्र होइन, एमालेकै नेताहरूले पनि चर्को आलोचना गरेका छन् । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’