पुस २६, काठमाडौं । सरकारले अध्ययनका लागि विदेश गएर लामो समयसम्म सम्पर्कमा नआएका दुई दर्जन निजामती कर्मचारीलाई बर्खास्त गर्ने भएको छ । 

निजामती कर्मचार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६, काठमाडौं । सरकारले अध्ययनका लागि विदेश गएर लामो समयसम्म सम्पर्कमा नआएका दुई दर्जन निजामती कर्मचारीलाई बर्खास्त गर्ने भएको छ । 

निजामती कर्मचार"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश गएर ‘बेपत्ता’ भएका २५ कर्मचारी बर्खास्त !

२६ पुष २०७३, मंगलवार ०२:३१

पुस २६, काठमाडौं । सरकारले अध्ययनका लागि विदेश गएर लामो समयसम्म सम्पर्कमा नआएका दुई दर्जन निजामती कर्मचारीलाई बर्खास्त गर्ने भएको छ । 

निजामती कर्मचारीको व्यवस्थापन गर्ने जिम्मेवारी बोकेको सामान्य प्रशासन मन्त्रालयले सरकारका विभिन्न मन्त्रालय, विभाग र कार्यालयमा दरबन्दी रहेका २५ कर्मचारीलाई कारबाहीप्रक्रिया अघि बढाएको छ ।

कर्मचारीहरू सरकारले दिएको सुविधाअनुसार छात्रवृत्तिमा जाने र नेपाल नफर्कने निजामती कर्मचारी ऐनविपरीत भएको भन्दै पहिलो चरणमा २५ जनालाई बर्खास्त गर्दै क्षतिपूर्तिसमेत असुलउपर गर्ने तयारी गरेको हो । 

अध्ययन बिदामा गएर सम्पर्कमा नरहेका अन्य कर्मचारीका विषयमा अनुसन्धान जारी रहेको र फेरि कारबाहीप्रक्रिया अघि बढ्ने मन्त्रालयले जनाएको छ  निजामती सेवा ऐनको दफा ६१ को (१) को छ ले बिदा स्वीकृत नगराई लगातार ९० दिनसम्म अनुपस्थित भए सेवाबाट हटाउन सकिने व्यवस्था गरेको छ ।

निजामती सेवाका कर्मचारी सरकारलाई उपलब्ध छात्रवृत्तिको कोटामा अध्ययन बिदा लिएर विदेश जाने, उक्त समय सकिएपछि बेतलबी बिदा बस्ने र त्यो समय पनि सकिएपछि सम्पर्कविहीन हुने प्रवृत्ति देखिएको छ ।

सामान्यले बर्खास्त गर्ने गरी प्रक्रिया अघि बढाएकोमा शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयदेखि विभिन्न विभागमा कार्यरत विभिन्न तहका कर्मचारी छन् । -अन्नपूर्ण पोस्ट् दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’