पुस २७, काठमाडौं । ताप्लेजुङमा हत्या गरिएका वन रक्षक गणेशबहादुर शाहीका परिवारलाई जाजरकोटमा एक लाख रुपैयाँ हस्तान्तरण गर्न वनमन्त्री शंकर भण्डारीले सहयोग रकमभन्दा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २७, काठमाडौं । ताप्लेजुङमा हत्या गरिएका वन रक्षक गणेशबहादुर शाहीका परिवारलाई जाजरकोटमा एक लाख रुपैयाँ हस्तान्तरण गर्न वनमन्त्री शंकर भण्डारीले सहयोग रकमभन्दा"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् एक लाख बाँड्न डेढ लाखको हेलिकप्टर प्रयोग गर्ने मन्त्री

२७ पुष २०७३, बुधबार ०२:०५

पुस २७, काठमाडौं । ताप्लेजुङमा हत्या गरिएका वन रक्षक गणेशबहादुर शाहीका परिवारलाई जाजरकोटमा एक लाख रुपैयाँ हस्तान्तरण गर्न वनमन्त्री शंकर भण्डारीले सहयोग रकमभन्दा बढी खर्चेर मंगलबार सेनाको हेलिकोप्टर प्रयोग गरेका छन् । 

मन्त्री भण्डारी, वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य, फरेष्ट टेक्निसियन्स् एशोसिएशन अफ नेपाल (नेफ्टा) का महासचिव प्रेम सापकोटालगायत शाहीका परिवारलाई भेट्न र सहयोग रकम हस्तान्तरण गर्न नेपाली सेनाको हेलिकोप्टर लिएर मंगलवार जाजरकोटको दसेरा गाविस–८ गएका हुन् ।

विहान करिब ९ बजे सेनाको पाँच सिटे हेलिकोप्टर लिएर गएको मन्त्री भण्डारीको टोली साँझ पौने पाँच बजे मन्त्रालय फर्किएको मन्त्रालय उच्च स्रोतले बतायो । ‘हेलिकोप्टर प्रयोगमा डेढ लाख रुपैयाँ भन्दा बढी खर्च भएको छ,’ स्रोतले भन्यो ।

मन्त्रालयका सहायक प्रवक्ता यज्ञनाथ दाहालले मन्त्री भण्डारी र महानिर्देशक आचार्यलगायतको टोलीले मंगलवार मृतक शाहीका परिवार वसोवास गरेको जाजरकोट पुगेर संवेदना र सहानुभूति प्रकट गर्दै एक लाख रुपैयाँ हस्तान्तरण गरेको विज्ञप्तिमार्फत् जनाएका छन् ।

महानिर्देशक आचार्यले सेनालाई आग्रह गरिए अनुसार हेलिकोप्टर उपलव्ध भएको र परिवारलाई समवेदना एवं सहयोग रकम दिएर काठमाडौं फर्किएको बताए । आचार्यका अनुसार मन्त्री भण्डारीले आफ्नै तलबबाट एक लाख रुपैयाँ परिवारलाई उपलव्ध गराएका हुन् ।  -कान्तिपुर दैनिक 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’