२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ढुक्क हुनुहोस् नेपालमा रहेका भारू साटिन्छन्

२०७३, १ माघ शनिबार ०२:१६

माघ १, काठमाडौँ । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालमा रहेका पुराना पाँच सय र हजारका भारतीय नोट साट्ने विषयमा दुई देशबीचमा कुराकानी भइरहेको र समाधान निस्कने बताएका छन् ।  यो

नयाँ दिल्लीस्थित फरेन करेसपोन्डेन्ट क्लबले नेपाल र भारतको सम्बन्धको विषयमा आयोजना गरेको एक कार्यक्रममा उपाध्ययाले नेपालमा रहेका पुराना भारु नोट साटिने विषयमा भारतले आफूहरुलाई विश्वस्त गराएको बताए । यही विषयमा वार्ता गर्न भारत आएको सरकारी टोली बिहीबार भारतीय पक्षसँग वार्ता गरी नोट साट्ने विषयमा आफूले तयार बनाएको मोडालिटीको बारेमा जानकारी गराएको छ ।

‘नोट साट्ने विषयमा दुई देशका बीचमा विभिन्न तहमा वार्ता भइरहेको छ । विशेषत: डिसेम्बर ३० पछि पुराना नोटहरु नसाटिने हो कि भन्ने चिन्ताका साथ मलाई फोन आइरहेको छ । म  पूर्णरुपमा विश्वस्त छु कि यो समस्या समाधान हुने छ,’ उपाध्यायले भने । भारतमा पुराना नोटहरु साट्ने समयसीमा डिसेम्वर ३० मा सकिएको छ । उनले भारतमा काम गर्ने नेपालीहरुले घर फर्कंदा ठूलो मात्रामा भारतीय रुपैयाँहरु आफूसँगै लाने गरेको बताए ।

फरक प्रसंगमा राजदूत उपाध्यायले नेपाल र भारत बीचमा विशेष सम्बन्ध रहेको र त्यो अरु कसैसँग तुलना गर्न आवश्यक रहेको समेत बताए । उनले नेपाल र भारतको बीचमा रहेका सन्धि तथा सम्झौताहरुको पुनरावलोकन गर्न आवश्यक रहेको र त्यसका लागि दुवै देशका प्रतिनिधि सम्मिलित प्रबुद्ध समूहले काम गरिरहेको बताए । उपाध्यायले नेपाल र भारत सम्बन्धमा विविध आयामहरुको बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु