माघ ३, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी माघको पहिलो साता शीतलनिवास हाताभित्रै नवनिर्मित अत्याधुनिक भवनमा सर्ने भएकी छिन् । 

भूकम्प र बमप्रतिरो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ३, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी माघको पहिलो साता शीतलनिवास हाताभित्रै नवनिर्मित अत्याधुनिक भवनमा सर्ने भएकी छिन् । 

भूकम्प र बमप्रतिरो"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिका लागि ‘बम प्रुफ’ भवन तयार, छोरीको बिहेपछि सर्ने

३ माघ २०७३, सोमबार ०२:००

माघ ३, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी माघको पहिलो साता शीतलनिवास हाताभित्रै नवनिर्मित अत्याधुनिक भवनमा सर्ने भएकी छिन् । 

भूकम्प र बमप्रतिरोधी सुविधासम्पन्न भवन करिब ६२ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो। शीतलनिवास परिसरको एक सय आठ रोपनी जग्गामध्ये २० रोपनी जग्गामा नयाँ भवन बनाइएको हो। ‘अब कोठा सजावटका केही काम काम बाँकी छन्,’ भवन विभागका सिनियर डिभिजन इन्जिनियर(सिडिई) हिमाल केसीले भने, ‘एक–दुई दिनभित्रै नवनिर्मित भवन सर्नका लागि तयार हुनेछ।’

केसीका अनुसार राष्ट्रपतिकी छोरीको विवाहका कारण नयाँ भवनमा सर्ने दिन लम्बिएको हो। ‘पहिले नै सार्ने योजना थियो, अब विवाह सकिएपछि उहाँ नवनिर्मित भवनमा सर्नुहुन्छ,’ केसीले भने। भवन दुई प्याकेजमा निर्माण गरिएको छ।

पहिलो प्याकेजमा भवनको संरचना खडा गरिएको हो भने दोस्रोमा आन्तरिक सजावटको काम भएको हो। विभागका अनुसार पहिलो प्याकेजअन्तर्गत २८ करोड २४ लाख रुपैयाँ खर्च भएको छ। दोस्रो प्याकेजअन्तर्गत ३३ करोड ७५ लाख रुपैयाँ खर्च भएको छ। भवन बेसमेन्टसहित पाँच तलाको छ। भवन निर्माणमा कुल ६१ करोड ९९ लाख रुपैयाँ खर्च भइसकेको छ।

नवनिर्मित भवनमा राष्ट्रपतिलाई सारेपछि अहिले राष्ट्रपति कार्यालय रहेको भवन भने भत्काइने भएको छ। १२ वैशाख ०७२ को भूकम्पले सो भवनमा क्षति पुगेकाले भत्काउन लागिएको हो। भवन भत्काउन टेन्डर आह्वान भएर सम्झौतासमेत भइसकेको छ। सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका तर्फबाट परियोजन निर्देशक शिवहरि शर्मा, बिल्डिङ डिजाइन अथोरिटीका तर्फबाट कार्यकारी निर्देशक सुदीप पौडेल, प्लस इन्जिनियरर्स एन्ड आर्किटेक्टका तर्फबाट सुदीपकुमार श्रेष्ठ र डिजिकन इन्जिनियर्स कन्सल्टेन्टका रामउदार यादवबीच १९ मंसिरमा टेन्डर सम्झौता भएको हो।

ठेकेदार कम्पनीले अबको सात महिनाभित्र भवन भत्काइसक्नेछ। इकाइका उपनिर्देशक सुरेश वाग्लेका अनुसार भवन भत्काउन पुरातत्व विभागबाट समेत स्वीकृति लिइसकिएको छ। ‘राष्ट्रपति बस्दै आएको भवन भूकम्पले क्षति पु¥याएको र रेट्रोफिटिङ गरेर पनि प्रयोग गर्न नसकिने अवस्था रहेकाले पूरै भत्काउन लागिएको हो,’ वाग्लेले भने। त्यस ठाउँमा राष्ट्रपति कार्यालय रहने गरी भूकम्प र बमप्रतिरोधी भवन नै निर्माण गरिने भएको छ। तर, डिजाइन बनाइएको छैन।

शीतलनिवास चन्द्रशमशेर सत्तामा रहेका वेला १० असार १९५८ मा निर्माण गरिएको हो। भवन तत्कालीन इन्जिनियर कुमारनरसिंह राणा र किशोरनरसिंह राणले बनाएका हुन्। सो भवन चन्द्रशमशेरले आफ्नी जेठी महारानी लोकभक्तलक्ष्मीदेवीका कान्छा छोरा कृष्णशमशेरलाई उपहारमा दिएका थिए।

पछि कृष्णशमशेरले सो भवन सरकारलाई हस्तान्तरण गरे। राणा सरकारको रोलक्रमबाट बाहिरिएपछि कृष्णशमशेर विरक्तिएर भवन छाडेको र भारततर्फ लागेको बताइन्छ। इतिहासकार पुरुषोत्तमशमशेर राणाका अनुसार कृष्णशमशेरले भवन मर्मत गर्न तीन लाख २२ हजार आठ सय रुपैयाँ सरकारलाई दिएका थिए। त्यसपछि नेपालस्थित भारतीय दूतावास, राजकीय गेस्टहाउस, परराष्ट्र मन्त्रालय हुँदै अहिले राष्ट्रपतिनिवास र कार्यालयका लागि प्रयोग गरिएको हो।

राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुम र पूर्वराष्ट्रपति डा. रामवरण यादवका नाति अभिषेक यादवबीच सोमबार विवाह हुँदै छ। विवाहमण्डप शीतलनिवासमै बनाइएको छ। विवाह सकिएपछि राष्ट्रपतिलाई नवनिर्मित भवनमा सार्ने तयारी भएको छ। -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह