माघ ३, काठमाडौं । केही समययता मुलुक र राष्ट्रियतामाथि खतरा बढेको भन्दै विभाजनकारी शक्तिहरूलाई परास्त गर्न जनतालाई अपिल गर्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार शी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ३, काठमाडौं । केही समययता मुलुक र राष्ट्रियतामाथि खतरा बढेको भन्दै विभाजनकारी शक्तिहरूलाई परास्त गर्न जनतालाई अपिल गर्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार शी"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शीतलनिवासमा पूर्वराजा ज्ञानेन्द्र पाहुना !

३ माघ २०७३, सोमबार ०२:०५

माघ ३, काठमाडौं । केही समययता मुलुक र राष्ट्रियतामाथि खतरा बढेको भन्दै विभाजनकारी शक्तिहरूलाई परास्त गर्न जनतालाई अपिल गर्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको बिहेमा अतिथिका रूपमा आमन्त्रित गरिएका छन् । 

२०६३ सालयता राष्ट्रिय राजनीतिमाथि एकाधिकार जमाउँदै आएका राजनीतिक शक्तिहरूद्वारा पूर्वराजालाई गरिएको सामाजिक र राजनीतिक बहिष्कार समाप्तिको सुरुआत राष्ट्रपति भण्डारीद्वारा गरिएको संकेतका रूपमा यसलाई राजनीतिक वृत्तमा बुझिएको छ । 

२०६५ जेठ १५ गते पहिलो संविधानसभाको पहिलो बैठकमा राजसंस्था उन्मूलन भएको घोषणा गरी ज्ञानेन्द्र शाहलाई बिनाकुनै औपचारिक बिदाइ नारायणहिटी राजदरबार छाड्न बाध्य पारिएको थियो । त्यसपछि पूर्वराष्ट्राध्यक्षका रूपमा उनलाई कुनै पनि सम्मान उपलब्ध गराइएको थिएन । राष्ट्रपति भण्डारीद्वारा पठाइएको कार्डमा उनलाई पूर्वमहाराजाधिराजकै हैसियतमा आमन्त्रण गरिएको स्रोतले बताएको छ ।

पूर्वराष्ट्रपति डा. रामवरण यादव सोमबार चौध महिनापछि शीतलनिवास प्रवेश गर्दैछन् । तर यसपटक उनी पूर्वराष्ट्रपति वा कुनै संवैधानिक हैसियतमा नभई राष्ट्रपति भण्डारीका कुटुम्ब (सम्धी) का रूपमा शीतलनिवास जान लागेका हुन् । उनी आफ्ना नाति अभिषेक यादवको जन्ती लिएर विवाह समारोहमा सहभागी हुनेछन् । जननेता मदन भण्डारी र गणतन्त्र नेपालकी दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमसँग रामवरणका नाति अभिषेकको विवाह समारोह सोमबार शीतलनिवासमै हुने भएकाले उनी परिवारको अभिभावकत्व ग्रहण गर्दै जन्ती बनेर जान लागेका हुन् ।

पेसाले चिकित्सक निशाकुसुम र अभिषेक बूढानीलकण्ठ स्कुल पढ्दादेखिकै साथी थिए । करिब ७ वर्षको प्रेमसम्बन्धलाई दुवै परिवारले स्वीकारेपछि उनीहरूबीच माघ ३ गते विवाह हुन लागेको हो ।

राष्ट्रपतिका प्रेससल्लाहकार माधव शर्माका अनुसार सोमबार बिहान ९ बजेर २० मिनेटमा जन्ती शीतलनिवास पुग्नेछन् । साढे नौ बजे स्वयम्बरको कार्यक्रम छ । त्यसपछि जग्गेको कार्यक्रम सुरु हुनेछ । करिब एक घन्टामा विवाहका सबै विधि पूरा हुने अनुमान राष्ट्रपति सचिवालयले गरेको छ । विवाह कार्यक्रम संक्षिप्त हुने पनि प्रेस सल्लाहकार शर्माले बताए ।

हिन्दु विधिअनुसार सम्पन्न हुने विवाहमा कन्यादान र गोडा धुने कार्यक्रम राखिनेछैन । 'विवाह विधि हो, दान होइन । त्यसकारण कन्यादान कार्यक्रम हुँदैन', शर्माले भने ।

समाज सुधार ऐनअनुसार ५१ जनाभन्दा बढी जन्ती नल्याउन राष्ट्रपति कार्यालयले दुलहा पक्षलाई आग्रह गरेको छ । त्यसमा ब्यान्डबाजाको संख्या भने समावेश हुनेछैन । विवाह भएकाले जन्तीमा बाजा ल्याउने सहमति भने दुवै पक्षबीच यसअघि नै भएको छ ।

जन्ती र घरपक्ष गरी करिब एक हजार पाँच सयजना वैवाहिक समारोहमा सहभागी हुने अनुमान गरिएको छ । सहभागीका लागि दिवाभोजको व्यवस्था गरिएको छ । यसको जिम्मा कार्की पार्टी प्यालेस क्याटरिङले पाएको छ । उसले सबै अवस्थालाई ख्याल गरेर दुई हजारभन्दा बढीका लगि भोजको तयारी गरेको छ । भेज र ननभेज गरी दुई दर्जन खानाको परिकार रहने स्रोतले जनाएको छ । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह