माघ ११, काठमाडौं । संसद्को राज्यव्यवस्था समितिले निर्वाचनसँग सम्बन्धित दुई विधेयक पारित गरी अन्य विधेयकलाई पनि द्रुत गतिमा अगाडि बढाउनुपर्ने बताएपछि उत्साहित देखिएका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ११, काठमाडौं । संसद्को राज्यव्यवस्था समितिले निर्वाचनसँग सम्बन्धित दुई विधेयक पारित गरी अन्य विधेयकलाई पनि द्रुत गतिमा अगाडि बढाउनुपर्ने बताएपछि उत्साहित देखिएका"/>
2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन घोषणा गर्न हम्मे,मोर्चाको दबाबका कारण दाहाल सङ्कटमा

January 24, 2017

माघ ११, काठमाडौं । संसद्को राज्यव्यवस्था समितिले निर्वाचनसँग सम्बन्धित दुई विधेयक पारित गरी अन्य विधेयकलाई पनि द्रुत गतिमा अगाडि बढाउनुपर्ने बताएपछि उत्साहित देखिएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न भने हम्मे परेको छ ।

संविधान संशोधन विधेयक फिर्ता लिएर निर्वाचन मिति घोषणा गर्नुपर्ने विपक्षीको माग र संविधान संशोधन गरेर मात्रै निर्वाचनमा जानुपर्ने मधेसी मोर्चाको दबाबका कारण दाहाल अप्ठ्यारोमा परेका हुन् । 

मोर्चाका नेताहरूको समर्थन जुटाउने उपायको खोजी गर्ने क्रममा प्रधानमन्त्री दाहालले सोमबार सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग छुट्टाछुट्टै छलफल गरे ।

निर्वाचनको मिति घोषणा, अदालतमा भइरहेको आन्दोलन र मधेसी मोर्चालाई सहमतिमा ल्याउने उपायबारेमा केन्द्रित रहेर दाहाल र देउवाबीच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । छलफलमा उपप्रधानमन्त्रीहरू विमलेन्द्र निधि र कृष्णबहादुर महरा पनि सहभागी थिए । 

प्रधानमन्त्री दाहालले प्रमुख निर्वाचन आयुक्त यादवलाई वैशाख अन्तिम सातादेखि जेठ दोस्रो साताभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी घोषणा गर्न लागिएको र त्यसको तयारी गर्न आग्रह गरेका थिए ।

यादवले भने निर्वाचनसँग सम्बन्धित कानुन छिटोभन्दा छिटो संसद्बाट पारित गराई काम गर्ने वातावरण बनाइदिन प्रधानमन्त्री दाहाललाई आग्रह गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री दाहालले जेठभित्र स्थानीय तहको निर्वाचन गराउने र आगामी मंसिरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराउनेबारेमा छलफल गर्दै आएका छन् । मोर्चाका नेताहरूलाई मनाउन प्रधानमन्त्री दाहालले मंगलबार छलफल गर्ने योजना बनाएका छन् ।

काठमाडौंबाहिर रहेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री दाहालले छलफलका लागि काठमाडौं बोलाएका छन् । 

यादव र ठाकुर सोमबार नै काठमाडौं आइसकेका छन् । स्थानीय तह पुनर्संरचना आयोगका कामलाई अस्वीकार गर्दै आएका मधेसी नेतासँग राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभाका सदस्यको निर्वाचनमा स्थानीय तहका प्रतिनिधिको मताधिकारलाई हटाउन सकिने प्रस्ताव प्रधानमन्त्री दाहालले राख्ने योजना बनाएका छन् ।  -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते