माघ १८, काठमाडौं ।‘आमा, घरमा बसेर केही हुन्न, अर्काको भारी बोकेर मात्रै हुँदैन, म जान्छु !’ यसै भनिरहन्थिन् मीरा । नभन्दै एकदिन घर छाडेर हिँडिन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १८, काठमाडौं ।‘आमा, घरमा बसेर केही हुन्न, अर्काको भारी बोकेर मात्रै हुँदैन, म जान्छु !’ यसै भनिरहन्थिन् मीरा । नभन्दै एकदिन घर छाडेर हिँडिन् ।

२०८३, ४ बैशाख शुक्रबार
काठमाडौँ - KTM

घर छाडेर हिंडेकी मीराले यसरी फड्को मारिन्

२०७३, १८ माघ मंगलवार ०२:३७


माघ १८, काठमाडौं ।‘आमा, घरमा बसेर केही हुन्न, अर्काको भारी बोकेर मात्रै हुँदैन, म जान्छु !’ यसै भनिरहन्थिन् मीरा । नभन्दै एकदिन घर छाडेर हिँडिन् ।

अल्ट्रा म्याराथन धाविका मीरा राईकी आमा पम्फाले विगत सम्झिइन् । जतिबेला मीरा १४ वर्षकी थिइन्, देशमा सशस्त्र द्वन्द्व चर्कंदै थियो । गाउँको मानेडाँडा माविमा कक्षा ६ मा पढ्दै गरेकी मीरा तत्कालीन माओवादी निकट विद्यार्थी संगठनमा लागेर स्कुलबाटै हिँडिन् । 

हिँडेको दिन, साता, महिना र वर्ष बिते । एक/दुई दिनमै फर्केर आउँछु भनेकी मीरा धेरै समय फर्केर आइनन् । ‘घरमा रुवाबासी थियो, कसैले छोरीलाई अपहरणकारीले लगेर मारिसके भन्थे, कसैले फर्केर आउँछे भन्थे,’ पम्फाले वेदना पोखिन्, ‘खोज्न जाऊँ त कहाँ ?’  

सानी, पातली, दुब्ली चेहराकी मीरा सानोमा छरिती, फुर्तिली र साहसी थिइन् । ४५ मिनेट उकालो चढेर स्कुल पुग्थिन् । भारी बोकेर आफ्नो र भाइबहिनीको पढ्ने खर्च धान्थिन् । आधा घण्टा तलको जुकेपानीस्थित पँधेराबाट पानी ओसार्थिन् । ‘सानैदेखि एकछिन बस्दिनथी, एकैछिनमा स्कुल पढेर आउँथी, घाँस, सोत्तर, पानी सकीनसकी ल्याउँथी, भाइबहिनीको हेरचाह गर्थी,’ बुवा सुकाबहादुर राईले उनको बाल्यावस्था सुनाए ।

जिल्लाको पश्चिमी अति विकट गाउँ सानोदुम्मा–९ घोर्लेवनमा जन्मेकी मीरा छिमेकी जिल्ला धनकुटाबाट ७ वर्षकै उमेरदेखि नुन–चामलको भारी बोकेर घरमा ल्याउँथिन् । ‘गाउँको दु:ख, त्यतिबेला एकदमै गाह्रो थियो, भाइबहिनी काखमा च्यापेर हतार–हतार काम गर्थें,’ ईकान्तिपुरकी एम्बेसडरसमेत रहेकी मीराले भनिन् । उनका कान्छा काका नेपाल आर्मीमा थिए । काकाजस्तै आत्मनिर्भर बन्ने सपना थियो उनको । पढाइलाई निरन्तरता दिने आधार थिएन । ‘बाबुआमा, भाइबहिनीलाई सुखी बनाउने, पढीगुनी ज्ञानी बन्ने सपनाले सब चिज छाडेर यता लागें,’ उनले भनिन् । घर छाडेको अढाई वर्षपछि सकुशल रहेको खबरसहित अचानक एउटा चिठी र फोटो आयो बाबुआमाको नाममा । ‘बाँचेकी नै छे भने एकदिन आउली भन्ने लाग्थ्यो, ढुक्क थिएनौं,’ आमाले सुनाइन् ।

चिठी पठाएको ६ महिनापछि छोरी नै घर आइपुगेपछि मात्रै उनका बाआमालाई पत्यार लाग्यो ।

उनी लडाकुको सिन्धुली शिविरमा बस्थिन् । २०६२/६३ मा संयुक्त राष्ट्रसंघीय मिसनले अयोग्य ठहराएपछि घर फर्किनन् । उतैबाट एसएलसी पास गरिन् । १८ महिने कृषि जेटिए पढिन् । घरको आर्थिक अवस्था कमजोर नै थियो । २०७० मा वैदेशिक रोजगारीका लागि मलेसिया जाने निधो गरेर काठमाडौं लागिन् । 

‘विदेश जाने रहर थिएन, घरको आर्थिक समस्याले गर्दा, राम्रो कम्पनीका लागि अफर आएको भनेपछि जान लागेकी थिएँ,’ मीराले ३ वर्षअघिको घटना सम्झिइन् । काठमाडौं पुगेपछि बालाजु कराँते एकेडेमीका सञ्चालक धु्रवविक्रम मल्लसँगको भेटले नयाँ मोड लियो । मलेसिया जान लागिसकेको भिसा रद्द गरेर खेलकुदमा लागेकी उनले यतिबेला नाम र दाम कमाएकी छन् ।

भिसा रद्द गरेको ३ महिनापछि हिमालय आउटडोर फेस्टिभलमा पहिलो पटक प्रतिस्पर्धामा सहभागी भइन् । त्यो प्रतियोगिता फूलबारीगेटदेखि मकवानपुरको हात्तीवनसम्म ५० किलोमिटर दौड थियो । 

प्रतियोगिता जितेर प्रथम भइसक्दा पनि अल्ट्रा रेस के कस्तो हो भन्ने उनलाई थाहै थिएन । दोस्रोपल्ट मुस्ताङमा दौडेपछि मात्र त्यसबारे बल्ल बुझिन् । उनी अहिले विश्व अल्ट्रा रेसमा दोस्रो वरीयतामा छिन् । गत वर्ष फ्रान्समा आयोजित ८० किमिको विश्व म्याराथनमा पूर्वविजेतालाई पछि पार्दै पहिलो स्थान हात पारेपछि मीराको परिचय एकाएक फेरियो । नेसनल ज्योग्रोफिकले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चर्स अफ द इयर–२०१७) को अवार्ड जितेपछि त यतिखेर उनी चर्चाको शिखरमै छिन् ।

मीराका दाजु पराण र भाउजू झापामा कुखुरा फार्म खोलेर बसेका छन् । झापा सुरुंगामा मीराकै लगानीमा घर बनाइसकेका छन् । भाइ प्रमोद झापामै डिप्लोमा गर्दै छन् । बहिनीहरू लक्ष्मी र फूलमाया धनकुटामा कृषि जेटीए पढदै छन् । बाआमा भोजपुर सानोदुम्मा गाउँमै बसेका छन् । केही वर्षपछि झापामै झर्ने तयारी उनीहरूको छ ।

‘विकट गाउँकी दु:ख भोगेकी छोरी हो, आज चम्किलो तारा बनेकी छ, उनको संघर्ष बयान गरेर सकिन्न,’ स्थानीय सानोदुम्मा माविका प्रधानाध्यापक अर्ज‘न राईले भने ।

यतिखेर मीरा थप प्रतिस्पर्धाको तयारीमा छिन् । तर केही महिनाअघि खुट्टामा चोट लागेकाले उपचारमा लागेकी छन् । स्पेन, फ्रान्स, चीन, इटालीमा हुने दौडमा सहभागी हुने उनको योजना छ । २५ वर्षीया मीराले स्वास्थ्यले साथ दिएसम्म खेलमै जीवन बिताउने बताइन् । ‘दौडेर, प्रतिस्पर्धा गरेर म कहिल्यै थाक्दिनँ,’ उनले भनिन् । ट्रेल रनिङ नेपालको आयोजना र लोइड बेल्चरको निर्देशनमा उनको बारेमा ‘मीराज् फिल्म’ वृत्तचित्र बनेको छ । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला