माघ २५, बुटवल । तीन वर्षदेखिको प्रेममा धोका दिएको भन्दै एक युवकले मध्यरातमा बुटवलको होटेलमा एसिड प्रहार गरी युवतीको हत्या गरेका छन् । धादिङ नौबिसेका २८ वर्षीय सु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २५, बुटवल । तीन वर्षदेखिको प्रेममा धोका दिएको भन्दै एक युवकले मध्यरातमा बुटवलको होटेलमा एसिड प्रहार गरी युवतीको हत्या गरेका छन् । धादिङ नौबिसेका २८ वर्षीय सु"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेममा धोका, मध्यरातमा एसिड: कुवेतमा माया बस्यो, बुटवलमा हत्या

२५ माघ २०७३, मंगलवार ०१:४०

माघ २५, बुटवल । तीन वर्षदेखिको प्रेममा धोका दिएको भन्दै एक युवकले मध्यरातमा बुटवलको होटेलमा एसिड प्रहार गरी युवतीको हत्या गरेका छन् । धादिङ नौबिसेका २८ वर्षीय सुनील कोइरालाले नवलपरासी गैँडाकोट नगरपालिका–५ निवासी २७ वर्षीया तुलसा सापकोटालाई एसिड प्रहार गरी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू दुवैजना आइतबार बुटवल उपमहानगरपालिका–६ स्थित मेरिडियन होटेलमा वास बसेका थिए । उनीहरूसँगै युवतीकी सानीआमा पनि होटेलमा बसेकी थिइन् । तर, सानीआमा अर्को कोठामा भएका कारण एसिड प्रहार भएको तत्काल थाहा पाउन सकिनन् । 

प्रहरीका अनुसार होटेलको कोठा नम्बर १०३ मा बसेका वेला सुनीलले तुलसामाथि राति साढे ११ बजे एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट गम्भीर घाइते तुलसालाई राति नै उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल लगिएको थियो । तर, त्यहाँ उपचार हुन नसकेपछि मेडिकल कलेज भैरहवा लगिएकोमा उपचारका क्रममा सोमबार दिउँसो सवा १२ बजे युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक बेलप्रसाद पाण्डेले जानकारी दिए ।

मध्यरातमा आफूमाथि एसिड प्रहार भएपछि युवती चिच्याएकी थिइन् । उनको आवाज सुनेपछि होटेलका कर्मचारी तत्काल कोठामा पुगेका थिए । उनीहरूले युवकलाई होटेलभित्रै थुनेर प्रहरी बोलाई पक्राउ गराएका थिए । त्यसपछि मात्र कर्मचारीहरूले युवतीकी सानीआमालाई उठाएका थिए । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले सुनीललाई पक्राउ गरी अनुसन्धान थालेको जानकारी दिए ।

प्रेममा धोका दिएको भन्दै एसिड प्रहार

प्रहरीका अनुसार सुनीलले आफूलाई प्रेममा धोका दिएर अर्कैसँग लागेकाले तुलसामाथि एसिड प्रहार गरेको बयान दिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पाण्डेले दुवै केही वर्षदेखि प्रेमसम्बन्धमा रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए । पछिल्लो समयमा तुलसाको अर्कैसँग प्रेमसम्बन्ध रहेको थाहा पाएपछि योजनाबद्ध रूपमा सुनीलले एसिड प्रहार गरेको पाइएको प्रहरीको भनाइ छ ।

कुवेतमा मायाप्रेम बस्यो, बुटवलमा हत्या

प्रहरी नायब उपरीक्षक पाण्डेले उनीहरूबीच तीन वर्षदेखि प्रेमसम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए । प्रेमसम्बन्धमा खटपट आएपछि हत्याको तहसम्म पुगेको पाइएको उनको भनाइ छ । रोजगारीका सिलसिलामा कुवेत पुगेका दुवैजनाको तीन वर्षअघि उतै प्रेमसम्बन्ध सुरु भएको थियो । ‘कुवेत बसाइमा प्रेमसम्बन्धमा रहेका उनीहरूबीच नेपाल आएपछि खटपट भएको अनुसन्धानमा देखिन्छ,’ पाण्डेले भने ।

प्रहरीका अनुसार कुवेतमा रहँदा तुलसाले सुनीलको निकै पैसा खर्च गरेको र केही रकम लिएर नेपाल आएको सुनीलले बताएका छन् । सुनीलभन्दा केही महिनाअघि तुलसा नेपाल आएकी थिइन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मरासिनीका अनुसार तुलसा एक वर्षअघि कुवेतबाट नेपाल आएकी थिइन् । कुवेतबाट धेरै पैसा लिएर आएकी तुलसाले अर्कै केटासँग विवाह गर्न लागेको हल्ला सुनेपछि सुनील आक्रोशित बन्दै आएका थिए । ‘अर्कै युवकसँग विवाह गर्न थालेको थाहा पाएपछि सुनीलले हत्याको योजना बनाएर नै एसिड प्रहार गरेको देखिन्छ,’ पाण्डेले भने ।

बुटवल घुम्न जाने गरी तुलसालाई बोलावट

प्रहरीका अनुसार सुनीलले तुलसाको हत्या गर्ने योजना काठमाडौंमै बनाएका थिए । सोहीअनुसार उनले युवतीलाई फोन गरेर बुटवल घुमाउने प्रस्ताव राखेका थिए । दुवैबीच खटपट चलेकाले युवतीले एक्लै जाँदा असुरक्षित ठानेर सानीआमालाई साथमा ल्याएको अनुमान प्रहरीले गरेको छ । 

काठमाडौंबाट बस चढेका सुनीलले नारायणघाटबाट तुलसा र उनकी सानीआमालाई लिएर दिउँसै बुटवल आएका थिए । प्रहरी नायब निरीक्षक मरासिनीका अनुसार नारायणघाटबाट उनीहरू एउटै बसमा बुटवल आएका थिए । ‘तुलसाले मेरो साथी काठमाडौंबाट आउँदै छ, ऊसँग घुम्न बुटवल जाऔँ है भन्दै सानीआमा मिना खरेललाई लिएर आएकी रहिछन्,’ मरासिनीले भने । खरेललाई हाल इप्रका बुटवलमा राखिएको छ ।

होटेलमालिक पदमराज न्यौपानेका शब्दमा घटना विवरण

मेरो घर गुल्मीको हुँगा हो । सानैमा भारत पुगेर होटेलमा काम गरेँ । पछि फर्किएर पाल्पामा १५ वर्ष होटेल चलाएँ । बुटवल झरेको पनि १० वर्ष भयो । भाइ गोपालसँग मिलेर ट्राफिक चोकभित्र मेरिडियन होटेल चलाएको छु । हाम्रो होटेल एउटा ठूलो बिल्डिङमा छ । तल भुइँतलामा पसल छन्, बीचमा ग्लोबल आइएमई बैंकको शाखा छ । माथिल्ला दुई तलामा हामीले होटेल चलाएका छौँ । ८ सय रुपैयाँदेखि १५ सयसम्मका १४ वटा कोठा छन् ।

हिजो (आइतबार) होटेलमा ठूलै भीड थियो । शैक्षिक भ्रमणमा सुर्खेतबाट आएका ५० जना विद्यार्थीका लागि खानाको अर्डर थियो । होटलमा अरू ग्राहक पनि थिए । त्यसैले हामीलाई दिउँसैदेखि भ्याइनभ्याई थियो । काउन्टरमा म्यानेजर भाइ गणेश भण्डारी थिए । दिउँसो साढे तीन बजेतिर तीनजना गेस्ट आएछन् । केटा र केटीले श्रीमान्-श्रीमती भनेर नाम लेखाएछन् । सानिमा भनेर अर्की महिलाका लागि छुट्टै कोठा लिएछन् । यो पारिवारिक भ्रमणजस्तै लाग्यो । त्यसैले धेरै शंका गरिएन ।

उनीहरू हजार–हजार रुपैयाँ पर्ने कोठा नं. १०३ र ४ मा बसेका थिए । दुई बोतल पानी लिएर कोठामा गएपछि ६ बजेसम्म उनीहरू चुपचाप थिए । ६ बजेपछि एक हाफ खुकुरी रमसँगै एक प्लेट साँधेको पिनट र एक प्लेट चिकेन करी मगाए । उनीहरूले स्न्याक्स फेरि मागेनन्, तर खुकुरी रम एक हाफ फेरि थपे । गिलास तीनवटा मागेकाले रम तीनैजनाले खाए होलान् भन्ने हाम्रो अनुमान छ । राति नौ बजेपछि उनीहरूले खाना मगाए । त्यो पनि एक प्लेट भेज खाना मात्रै । त्यो को–कोले कसरी खाए थाहा भएन ।

शैक्षिक भ्रमणमा आएका विद्यार्थी खाना खाएर आफ्नै गाडीमा गए । भाइ गोपाल र म पनि हाम्रो घर देवीनगरतिर लाग्यौँ । होटेलमा गोपाल भाइको छोरा कुशल र काउन्टर म्यानेजर भाइ गणेश थिए । सबै गेस्ट आ–आफ्नो रुममा थिए, राति साढे ११ बजेतिर चौथो तलामा महिला चिच्याएको आवाज आएछ । आवाज त्यही कोठाबाट आएको थियो जहाँ त्यो जोडी बसेको थियो । होटलका स्टाफहरुले ढकढक पारेपछि केटाले ढोका खोले । त्यतिन्जेलसम्म केटी बेहोस भइसकेकी थिइन् । उनको शरीर एसिडले पूरै जलिसकेको थियो । केटाको हातको छाला पनि केही मात्रामा खुइलिएको थियो । ढोका खोल्नासाथ केटा भाग्न पनि खोजेको थियो रे । तर, हाम्रा स्टाफले समातेपछि उसले भनेछ, ‘जे हुने भइसक्यो, यो सब मैले गरेको हो । तिमीहरु किन समात्छौ ? प्रहरी बोलाउ ।’

खबर पाएपछि पाँच मिनेटमा प्रहरी आयो । प्रहरीले केटालाई नियन्त्रणमा लियो, केटीलाई प्रहरीकै भ्यानमा राखेर लुम्बिनी अञ्चल अस्पताल लगियो । तर, अवस्था यस्तो नाजुक थियो, अस्पतालले जिम्मा लिन मानेन । उनलाई तुरुन्तै मेडिकल कलेज भैरहवा लगियो । तर, सोमबार दिउँसो उनको निधन भएको खबर आयो ।

होटलमा श्रीमान-श्रीमती भनेर उनीहरुले ढाँटेका रहेछन् । नवलपरासी गैँडाकोटकी केटीको नाम तुलसा सापकोटा रहेछ, धादिङ नौबिसेको केटाको नाम सुनील कोइराला रहेछ । तर, केटाले पनि केटीकै थरमा नाम लेखाएको रहेछ । राति एसिड आक्रमण भएपछि पल्लो कोठामा सुतेकी सानीमा भन्ने महिलालाई पनि उठाइएको थियो । तिम्रो ज्वाइँले छोरीलाई घाइते बनायो भन्दा महिला चिच्याएर भन्दै थिइन्, ‘यो मेरो ज्वाइँस्वाइँ केही होइन ।’ 

होटलमा प्रवेश गरेपछि केटा बाहिर गएको देखिएन त्यसैले उसले योजना बनाएर एसिड बोकेर आएको थियो जस्तो लाग्छ । उसले आक्रमण सुरु गरेपछि केहीबेर केटीले प्रतिकार गरेको अनुमान छ । किनकि कोठामा सामानहरु यत्रतत्र छरिएका छन् । टेलिभिजन भुइँमा खसेर फुटेको छ । तर, ठ्याक्कै के भएको थियो भन्ने प्रहरी अनुसन्धानबाट खुल्दै जाला । -नयाँ पत्रिका दैनिक 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य