२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जय नेपाल’ नगरेको भन्दै डिएसपीले हवल्दार कुटे

२०७३, २६ माघ बुधबार ०२:५६

माघ २६, दाङ | 'जय नेपाल' नगरेको झोकमा प्युठान प्रहरी प्रमुखले एक जना ट्राफिक प्रहरी हवल्दारमाथि कुटपिट गरेका छन्। जिल्ला प्रहरी कार्यालयको हिरासतमा चार घण्टा राखेर प्युठान जिल्ला प्रहरी प्रमुख डिएसपी रञ्जितसिंह राठौरले ट्राफिक प्रहरी हवल्दार त्रिचन्द्र डिसीलाई कुटपिट गरेका हुन्। 

सोमवार दिउँसो विजुवारको क्वाडीमा ड्युटीमा रहेका अस्थायी प्रहरी पोष्ट विजुवारका प्रहरी हवाल्दार डिसीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर डिएसपी राठौरले कुटपिट गरेका हुन्। प्रहरी पोशाकमै हत्कडी लगाएर चार घण्टा हिरासतमा राखेर आफूलाई मरनासन्न हुने गरी कुटपिट गरेको पीडित प्रहरी हवल्दार डिसीले अन्नपूर्णलाई जानकारी दिए।

‘म र अर्काे एकजना भाइ क्वाडीमा नियमित चेकिङमा थियौ। म एक छेउमा जरिवाना काटिरहेको थिए। त्यही बेला प्रमुख जिल्ला अधिकारी, डिएसपी साप आउनु भएछ। म काममा भएकाले देखिनँ। त्यसपछि जय नेपाल नभनेकै निहुँमा मलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर कुटपिट गरियो,’उनले भने।

डिएसपी राठौरको कुटाइबाट प्रहरी हवल्दार डिसीको बाँया हातमा निलडाम हुने गरी चोट लागेको छ। डिसीले डिएसपीको निर्देशनमा हतकडी लगाएर नै अस्पताल लगेर उपचार गराइएको बताए। डिसीले आफूमाथि डिएसपी राठौरले गरेको कुटपिटबारे राप्ती अञ्चल प्रहरी प्रमुखलाई जानकारी गराएको बताए।

तर, डिएसपी राठौरले भने अनुशासनहिन काम गरेकाले कार्यालयमा बोलाएर समान्य सोधपुछमात्रै गरेको बताए। ‘पहिलेदेखि नै उसको कामबारे गुनासो आइरहेको थियो। म चेकिङमा गएको समयमा उसले त्यो व्यवहार दोहोर्यायो,’ डिएसपी राठौरले भने,‘सिडियो साप र मलाई अपमानित व्यवहार गर्यो । देखेर पनि नदेखे जस्तो गरेर बस्यो त्यसैले सोधपुछ गरिएको हो।’

कार्यालयमा पनि सोधपुछका बेला अटेरी गरेकाले हत्कडी लगाइएको डिएसपी राठौरले बताए। उनले आफूले हवल्दार डिसीमाथि कुटपिट नगरेको दाबीसमेत गरे। – अन्नपूर्ण 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन