फागुन १,  काठमाडौं | आठ वर्षपछि हुन लागेको स्ववियु चुनावका लागि आइतबारबाट प्रक्रिया सुरु हुँदै छ । त्रिविमा क्रियाशील १० विद्यार्थी संगठन १४ फागुनमै चुनाव स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १,  काठमाडौं | आठ वर्षपछि हुन लागेको स्ववियु चुनावका लागि आइतबारबाट प्रक्रिया सुरु हुँदै छ । त्रिविमा क्रियाशील १० विद्यार्थी संगठन १४ फागुनमै चुनाव स"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्ववियु चुनावी प्रक्रिया सुरु : यस्ता छन् १० संगठनका निर्णय

१ फाल्गुन २०७३, आईतवार ०२:५५

फागुन १,  काठमाडौं | आठ वर्षपछि हुन लागेको स्ववियु चुनावका लागि आइतबारबाट प्रक्रिया सुरु हुँदै छ । त्रिविमा क्रियाशील १० विद्यार्थी संगठन १४ फागुनमै चुनाव सम्पन्न गर्न सक्रिय भएका छन् । केही संगठन भने अझै चुनावको विपक्षमा देखिएका छन् । त्रिविले भने सबैलाई चुनावी प्रक्रियामा सहभागी भएर सहयोग गर्न अपिल गरेको खबर छ ।

त्रिविले यसअघि नै सार्वजनिक गरेको चुनावको कार्यतालिकाअनुसार १ फागुनमा मतदाता सुची प्रकाशित गर्ने कार्यक्रम छ । ३ फागुनमा मतदाता सुचीमा दाबी विरोध गर्ने र मतदाताको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । कार्यतालिकाअनुसार १४ फागुनमा मतदान हुनेछ ।

नेविसंघका असन्तुष्टदेखि साना संगठन विपक्षमा

नेविसंघभित्रको एउटा असन्तुष्ट पक्ष र केही साना संगठनको विरोधका बाबजुद चुनावी प्रक्रिया सुरु हुन लागेको हो । चुनावको पक्षमा भएका नेविसंघका केही असन्तुष्ट विद्यार्थीले २८ वर्षे उमेर हदबन्दीको विरोध गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

नेविसंघका काठमाडौं जिल्ला अध्यक्ष मनोज वैद्यले न्याय माग्दा संगठनले बेवास्ता गरेपछि अदालतको आदेश पर्खने बताए । पार्टी सभापति शेरबहादुर देउवाले चुनावमा होमिन निर्देशन दिए पनि असन्तुष्टहरूले अटेर गरी तालाबन्दी जारी राखेका छन् ।

शनिवबार विद्यार्थी संगठनको संयुक्त बैठक बसे पनि नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादीनिकटको अखिल (क्रान्तिकारी), राप्रविसंघलगायत केही संगठनले १४ फागुनमा हुने चुनावमा सहभागिता नजनाउने भन्दै बैठक बहिष्कार गरेर हिँडेका थिए । पहिले चुनावका विपक्षमा भएका केही संगठन भने शनिबारको बैठकबाट १४ फागुनमा चुनाव गराउने पक्षमा उभिएका छन् ।

यस्ता छन् १० संगठनका निर्णय

अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारीलगायत १० संगठनले विभिन्न चारबुँदे निर्णय गरेका छन् ।

१. त्रिविले १४ फागुनमा हुने घोषणा गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनुपर्नेमा पूर्ण सहमति भएको छ । १ फागुनदेखि सार्वजनिक गरिएको निर्वाचन तालिकाअनुसार निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिविलाई अनुरोध गरेका छन् ।

२. त्रिविले जारी गरेको आचारसंहिता पूर्ण रूपमा पालना गर्न–गराउन प्रतिबद्धता व्यक्त गरेका छन् । आचारसंहिताविपरीत केही क्याम्पसमा एकमुष्ठ र फर्जी भर्ना गरिएको पाइएकाले त्यस्ता भर्ना छानबिन गरी तत्काल बदर र सम्बन्धित प्रशासनलाई कारबाही गर्न माग गरेका छन् । आचारसंहिता प्रत्येक क्याम्पसमा नियमित अनुगमन गर्न सबै संगठनका महासचिव÷महामन्त्री वा तोकिएका प्रतिनिधि रहेको अनुगमन समिति गठन गरेका छन् ।

३. आचारसंहिता वा कहीँ–कतै विवाद भए केन्द्रीय तहबाट समाधान गर्ने निर्णय गरेका छन् ।

४. सम्पूर्ण विद्यार्थीलाई निर्वाचनमा भाग लिन, आफ्नो विचार स्वतन्त्रता, मताधिकार र निर्वाचित हुन पाउने अधिकारको उपयोग गर्नसमेत अपिल गरेका छन्।

यी संगठन चुनावको पक्षमा

अनेरास्ववियु, नेविसंघ, अखिल (क्रान्तिकारी), अखिल (छैटौँ), तराई मधेस विद्यार्थी फ्रन्ट, नेपाल क्रान्तिकारी विद्यार्थी संघ, मधेसी विद्यार्थी फोरम (लोकतान्त्रिक), नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (वैद्यनिकट), अखिल (पाँचौँ) स्ववियु चुनावको पक्षमा छन् ।

चुनावमा सहभागी हुन त्रिविको अपिल

त्रिभुवन विश्वविद्यालयले विभिन्न क्याम्पसमा क्रियाशील सबै विद्यार्थी संघ–संगठनलाई स्ववियु चुनावको प्रक्रियामा सहभागी हुन अपिल गरेको छ । त्रिविका शिक्षाध्यक्ष तथा त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन एवं समन्वय समिति संयोजक प्रा.डा. सुधा त्रिपाठीले प्रेस विज्ञप्ति जारी गरी सबैलाई अपिल गरेकी हुन् ।

‘फागुन १ देखि निर्वाचन प्रक्रिया प्रारम्भ हुन गइरहेको छ । यस सन्दर्भमा सबै विद्यार्थी संघ–संगठनबीच विभिन्न तहमा छलफल पनि भइरहेको छ,’ शिक्षाध्यक्ष त्रिपाठीले भनेकी छिन्, ‘केही असहमतिका कुरा पनि बाहिर आइरहेका छन्, तथापि त्रिविले केही आगामी दिनमा त्यस्ता असहमति भए पनि सम्बोधन गर्दै अघि बढ्ने गरी घोषित निर्वाचनलाई प्रतिबद्धता साथ सम्पन्न गर्न अघि बढेको छ ।’ त्रिविले असहजतालाई सहजतातर्फ लगी सबैलाई प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता