फागुन २, काठमाडौं | नवलपरासीको दुम्कौलीस्थित सिजी औद्योगिक पार्कभित्र एक दर्जन आकर्षणसहितको विशाल शाश्वतधाम निर्माण भएको छ । सात बिघामा फैलिएको शाश्वतधामको उद्घाटन फागुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २, काठमाडौं | नवलपरासीको दुम्कौलीस्थित सिजी औद्योगिक पार्कभित्र एक दर्जन आकर्षणसहितको विशाल शाश्वतधाम निर्माण भएको छ । सात बिघामा फैलिएको शाश्वतधामको उद्घाटन फागुन"/>

१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीमा तयार भयो चाैधरी ग्रुपकाे भव्य शाश्वतधाम

२ फाल्गुन २०७३, सोमबार ०१:३९


फागुन २, काठमाडौं | नवलपरासीको दुम्कौलीस्थित सिजी औद्योगिक पार्कभित्र एक दर्जन आकर्षणसहितको विशाल शाश्वतधाम निर्माण भएको छ । सात बिघामा फैलिएको शाश्वतधामको उद्घाटन फागुन २४ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने भएको छ ।

उद्घाटन समारोहमा भारतको काञ्चीकामाकोटी पीठका पीठाधीश शंकराचार्य श्री जयेन्द्र सरस्वती र आर्ट अफ लिभिङ फाउन्डेसनका संस्थापक गुरुदेव श्री श्री रविशंकरको विशेष उपस्थिति रहने छ ।

शाश्वतधामले आइतबार सिजी औद्योगिक पार्कभित्र पत्रकार सम्मेलन गरी शाश्वतधामका आकर्षण र यसको उद्घाटन समारोहबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले शाश्वतधाम निर्माणमा १४ वर्ष समय लागेको जानकारी दिए ।

 ‘शाश्वतधाम सबैको हो, नेपालको गौरव हो’, चौधरीले भने, ‘शाश्वतधाम निर्माणमा समय र रकम धेरै नै लगानी भए पनि यसको मूल्य निर्धारण हुन सक्दैन । हामीले खर्चको रेकर्ड राखेका पनि छैनौँ ।’ खजुखाहो शैलीमा निर्माण गरिएको इकाम्बरेश्वरा शिव मन्दिर शाश्वतधामको प्रमुख आकर्षण रहेको र गुरुकुल, सात्विक रेस्टुराँ, गौशालालगायत दर्जनभन्दा बढी क्षेत्रको अवलोकन गर्न सकिने प्रबन्ध निर्देशक चौधरीले बताए ।

शाश्वतधाम नेपालकै एक महत्वपूर्ण धार्मिक पर्यटकीयस्थलको रूपमा विकास हुने चौधरी ग्रुपका अध्यक्ष तथा शाश्वतधाम संस्थापक विनोद चौधरी बताउँछन् । ‘पूर्वीय सनातन धर्मप्रति आस्थावान सबैको भावनाको कदर स्वरूप निर्मित यो शाश्वतधाममा मानिसले आध्यात्मिक ऊर्जा प्राप्त गर्नेछन्’, संस्थापक चौधरी भन्छन्, ‘यहाँ मानिसले शान्तिपूर्ण तथा ऊर्जायुक्त वातावरणमा मानसिक शान्ति र 

आत्मीय आनन्दको अनुभव गर्न सक्नेछन् ।’ सनातन कालदेखि सम्पदाको रूपमा रही आएको आध्यात्मिक ज्ञानको गंगामा डुबुल्की मार्न चाहनेका लागि शाश्वतधाम एक उत्कृष्ट गन्तव्य बन्ने उनको विश्वास छ।

शाश्वतधामका प्रमुख कार्यकारी अधिकृत आशुतोष चावलाले शाश्वतधाम स्थापनाका लागि उद्योगपति विनोद चौधरीलाई प्रेरणा दिएपछि यसको परिकल्पना गरिएको जानकारी दिए । – अन्नपुर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता : संयोजक दाहाल जलविद्युत् परियोजनाका चुनौती सहमतिमै समाधान गर्नुपर्छ : मन्त्री घिसिङ फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल विकास दीर्घकालीन हुनुपर्छः मुख्यमन्त्री कार्की इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ : ट्रम्प समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणका लागि निर्देशिका जारी छेकम्पारमा आगलागी हुँदा एकजना घाइते जेनजी आन्दोलनका सहिदः ज्याला–मजदुरीदेखि देशका लागि बलिदान बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान मिर्गाैला पीडितहरुद्वारा सहयोगको याचना ‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’ किमकी छोरी उत्तराधिकारी सङ्केत कांग्रेसमा पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न माग बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु ‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’ गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि