फागुन ४, तौलिहवा | जिल्लाको चन्द्रौटामा एक नाबालिकाको बलात्कार पछि हत्या गरिएको छ।

सोमबार राती घरबाट हराएकी शिवराज नगरपालिका–१० प्रगतिनगरकी ६ वर्षीय बालिकाको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ४, तौलिहवा | जिल्लाको चन्द्रौटामा एक नाबालिकाको बलात्कार पछि हत्या गरिएको छ।

सोमबार राती घरबाट हराएकी शिवराज नगरपालिका–१० प्रगतिनगरकी ६ वर्षीय बालिकाको "/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

६ वर्षीया नाबालिकाको बलात्कार, हत्या गरेर खोलामा फालिएको भेटियो

४ फाल्गुन २०७३, बुधबार ०२:१४

फागुन ४, तौलिहवा | जिल्लाको चन्द्रौटामा एक नाबालिकाको बलात्कार पछि हत्या गरिएको छ।

सोमबार राती घरबाट हराएकी शिवराज नगरपालिका–१० प्रगतिनगरकी ६ वर्षीय बालिकाको बलात्कार पछि हत्या गरिएको अवस्थामा आज बिहान स्थानीय जवई खोलामा शव फेला परेको छ ।

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले छिमेकी एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका युवकलाई वुधबार थप अनुन्धान सहित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रहरी उपरीक्षक भोजजंग शाहले बताए।

मृतक नाबालिका स्थानीय विद्यालयमा एल केजीमा अध्ययनरत थिईन्। उक्त घटना पछि चन्द्रौटा क्षेत्रमा रहेका सवै विद्यालय बन्द गरी घटनामा संलग्न रहेका उपर कडा कारवाहीको माग गरेका छन्।

मृतक नाबालिकाका अभिभावकहरु सामान्य किराना पसले हुन्। आफ्नी छोरी उपर भएको जघन्य पशुवत व्यवहार पछिको हत्यामा संलग्नलाई हदै सम्मको कारवाहीका लागि जिल्लाका विभिन्न संघ संस्था एवं मानवअधिकारवादीहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरी दोषीलाई कडा कारबाहीको माग गरेका छन्।

उक्त विभत्स घटना पछि बालिकाको परिवार र टोल छिमेक शोकाकुल परेका छन्। यस्ता जघन्य घटनाका कारण बालिकाहरु असुरक्षित रहेकोमा स्थानीय सर्वसाधारण निकै त्रसित बनेका छन्।

यस अघि गत बुधवार पकडीको मर्थी नदीको तटमा ६ जना युवाहरुले सामुहिक बलात्कार गरेका छन् । सामुहिक बलात्कारमा संलग्न रहेका उपर कडा कारवाहीको माग गर्दै जिल्लाका विद्यार्थी संघ संगठनहरुले विरोध प्रदर्शन गर्दै दैनिक जसो धर्ना तथा प्रदर्शन गरिरहेका छन्। – अन्नपुर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन