फागुन ९, काठमाडौँ | कुवेतमा ५ जना नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका चितवनका जीवन रानाभाट, काठमाडौंका लाक्पा शेर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ९, काठमाडौँ | कुवेतमा ५ जना नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका चितवनका जीवन रानाभाट, काठमाडौंका लाक्पा शेर्"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा ५ नेपालीलाई मृत्युदण्ड सुनाइयो

२०७३, ९ फाल्गुन सोमबार ०२:४०

फागुन ९, काठमाडौँ | कुवेतमा ५ जना नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका चितवनका जीवन रानाभाट, काठमाडौंका लाक्पा शेर्पा, कास्कीका पदमबहादुर गुरुङ, बाँकेका तारामान केसी र निमा शेर्पालाई त्यहाँको तल्लो अदालतले हालै मृत्युदण्डको सजाय सुनाएको हो । उनीहरू सुलेबियास्थित केन्द्रीय कारागारमा छन् । 

कुवेतस्थित नेपाली दूतावासका अनुसार सिन्धुपाल्चोकका सजन कार्कीलाई भने अदालतले आजीवन कराबास सजाय तोकेको छ । आफू निर्दोष रहेको भन्दै पुनरावेदन गरेका कार्कीलाई उच्च अदालतले आजीवन कारावासको सजाय सुनाएको हो । रानाभाट दुई वर्षअघि पक्राउ परेका थिए भने अन्यलाई एक वर्षअघि पक्राउ गरेर लागूऔषध कारोबारको मुद्दा चलाइएको थियो ।

कुवेतस्थित नेपाली दूतावासले नेपाल सरकारलाई मृत्युदण्डको सजायबारे जानकारी गराएको छ । कुवेत सरकारले सजायसम्बन्धी विवरण हालै नेपाली दूतावासलाई बुझाएको थियो । तल्लो अदालतको यो सजायविरुद्ध उनीहरूले पुनरावेदन र उच्च अदालतसम्म जान पाउने व्यवस्था रहेको दूतावासले जनाएको छ । दूतावासका अनुसार रानाभाटले वकिल राखेर प्रतिरक्षा गर्ने तयारी गरेका छन् ।

‘उनीहरूको अवस्था बुझ्न दूतावासबाट निरन्तर जेल भ्रमण भइरहेको छ,’ कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले कान्तिपुरलाई भने, ‘हामी कानुनी सहायताका साथै  आवश्यक कागजात तयार परेर कन्सुलर सेवा दिइरहेका छौं ।’ मृत्युदण्डको सजाय सुनाइएका केही नेपालीले अभियोग स्वीकार गरेको र केहीले भने आफूलाई फसाइएको बयान दिएको दूतावासले जनाएको छ ।

प्रहरीले उनीहरूलाई अलग–अलग स्थानबाट पक्राउ गरेको थियो । कुवेतमा लागूऔषध सेवन र कारोबारलाई संगीन अपराधको रूपमा लिइन्छ । लागूऔषध कारोबार गरेको पुष्टि भएको भन्दै केही महिनाअघि पनि दुई कुवेतीसहित दुई बंगलादेशी, दुई इजिप्सियन र एक फिलिपिनोलाई फाँसी दिइएको थियो ।

हाल कुवेतको जेलमा ९ महिलासहित ६१ नेपाली छन् । यीमध्ये करिब ७५ प्रतिशत लागूऔषध कारोबार तथा बेचबिखन मुद्दामा पक्राउ परेका हुन् । उनीहरूविरुद्ध त्यहाँको अदालतमा मुद्दा चलिरहेको छ । पक्राउ परेकामा प्राय: गैरकानुनी हैसियतमा बस्दै आएका नेपाली छन् । पक्राउ परेकामध्ये अधिकांशले आफूलाई थाहा नदिई ‘हल्कारा’का रूपमा प्रयोग गरेर फसाइएको दूतावासबाट भेट्न गएका अधिकारीहरूलाई बताएका छन् ।

आजीवन काराबासको सजाय पाएका कार्कीका आफन्तका अनुसार दुई जना लागूऔषध सेवनकर्तासँग होटलमा खाना खाइरहेका बेला उनी पक्राउ परेका थिए । लागूऔषध सेवनकर्ताले निर्दाेष छ भन्दासमेत सजनलाई नछोडिएको ती आफन्तले बताए । – कान्तिपुर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य