फागुन १०, काठमाडौँ | राजधानीको गोंगबुस्थित नयाँ बसपार्कको मुहार फेरिने भएको छ । अस्तव्यस्त, फोहोर र असुरक्षित मानिने देशकै ठूलो यो बसपार्कलाई व्यवस्थित मात्र होइन, अत्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १०, काठमाडौँ | राजधानीको गोंगबुस्थित नयाँ बसपार्कको मुहार फेरिने भएको छ । अस्तव्यस्त, फोहोर र असुरक्षित मानिने देशकै ठूलो यो बसपार्कलाई व्यवस्थित मात्र होइन, अत्य"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अत्याधुनिक सुविधासहित अन्तर्राष्ट्रियस्तरको बन्दैछ नयाँ बसपार्क

२०७३, १० फाल्गुन मंगलवार ०१:४२

फागुन १०, काठमाडौँ | राजधानीको गोंगबुस्थित नयाँ बसपार्कको मुहार फेरिने भएको छ । अस्तव्यस्त, फोहोर र असुरक्षित मानिने देशकै ठूलो यो बसपार्कलाई व्यवस्थित मात्र होइन, अत्याधुनिक र सुविधासम्पन्न बनाउन लागिएको छ।

बसपार्कको रेखदेख तथा व्यवस्थित गर्न महानगरपालिका र लोत्से बहुउद्धेश्यीय प्रालिबीच २०७२ मा नयाँ सम्झौता भएको महानगरका राजस्व महाशाखा प्रमुख महेश काफ्लेले बताए। सम्झौताअनुसार प्रा.लि.ले अन्तर्राष्ट्रियस्तरको बसपार्क चार वर्षभित्र बनाउनुपर्ने छ। वसपार्कलाई सबै दृष्टिले सुन्दर बनाइने बताइएको छ।

बसपार्कलाई हेर्ने दृष्टिकोणमात्र होइन, मुहार नै फेर्ने काम भइरहेको प्रा.लि. अध्यक्ष दीपक कुँवरले बताए । हाल चार सय सवारी अट्ने पार्किङलाई आठ सय सवारी साधन अट्ने गरी निर्माण गरिने, सात तले व्यापारिक भवनसहित बाल उद्यान, यात्रुका लागि वेटिङ रूम, सपिङ मल, बैंकिङ काउन्टर, लकर सेवा आदि निर्माण गरिने छ। उच्चस्तरका होटल तथा रेस्टुरेन्ट समेत सञ्चालन गरिने छ। टाढाबाट आउने यात्रुका लागि आरामदायी कक्षको समेत व्यवस्था गरिनेछ । बसपार्क पूर्णतया सिसी क्यामेराको निगरानीमा हुनेछ । – नागरिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन