फागुन १०, काठमाडौं | भवन अभागमा महानगरीय प्रहरी परिसर टेकुले अस्थायी टेन्टमार्फत सेवा दिइरहेको छ । परिसरभित्रको एउटा टेन्टको नाम हो–मोबाइल शाखा । सेवाग्राहीलाई घुम्दै स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १०, काठमाडौं | भवन अभागमा महानगरीय प्रहरी परिसर टेकुले अस्थायी टेन्टमार्फत सेवा दिइरहेको छ । परिसरभित्रको एउटा टेन्टको नाम हो–मोबाइल शाखा । सेवाग्राहीलाई घुम्दै स"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन भेटिँदैनन् हराएका मोबाइल ?

२०७३, १० फाल्गुन मंगलवार ०२:१२

फागुन १०, काठमाडौं | भवन अभागमा महानगरीय प्रहरी परिसर टेकुले अस्थायी टेन्टमार्फत सेवा दिइरहेको छ । परिसरभित्रको एउटा टेन्टको नाम हो–मोबाइल शाखा । सेवाग्राहीलाई घुम्दै सेवा दिने भएका कारण यसको नाम मोबाइल शाखा राखिएको भने होइन । यो त हराएका र चोरी भएका मोबाइल खोज्नका लागि परिसरले जुराएको शाखाको नाम हो, जहाँ उपत्यका १४ वटै वृत्तमा पर्ने मोबाइल हराएका निवेदनहरु आउँछन् ।

कति निवदेन यो शाखामा नै आउँछन् । माछापोखरीका छिरिङ तामाङ २१ हजार पाँच सय पर्ने मोबाइल हराएपछि बिलखबन्दमा परेका छन् । आइतबार महानगरीय प्रहरी परिसरको काठमाडौंको मोबाइल शाखामा पुगेका तामाङलाई आफ्नो मोबाइलको जति मायाँ छ, त्यो भन्दा धेरै चासो भने त्यसमा रहेको तस्बिर, सूचना र अन्य जानकारीहरुको छ । 

शाखाको तत्थ्याङ्ले देखाउँछ काठमाडौंमा हराउने र चोरी हुने मोबाइलको संख्या ठूलो छ । शाखाका अनुसार प्रत्येक दिन औसतमा काठमाडौंबाट २४ वटा मोबाइल हराउने र चोरी हुने गर्छन् ।

शाखा सम्हालिरहेका सब-इन्स्पेक्टर राजेन्द्र भण्डारीका अनुसार चोरिएकाभन्दा हराएका मोबाइल खोजीका निम्ति धेरै उजुरी पर्ने गरेका छन् । यस्ता मोबाइल किन भेटिदैनन् त ? भण्डारीका अनुसार केही अघिसम्म चोरिएका वा हराएका मोबाइल व्यक्तिले नै प्रयोग गर्थे र प्रहरीले कल लोकेसन र कल डिटेलका आधारमा मोबाइल पत्ता लगाउँथ्यो । भण्डारीले भने, ‘हिजोआज चोरिएको वा भेटिएका मोबाइल फिर्ता गर्नुपर्ने डरले मोबाइल पसलहरुमा वा अनलाइनमार्फत बिक्रि गर्ने चलन बढेको छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य