२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२४ सै घण्टा बिजुली पाएपछि सरकारी सिमेन्ट उद्योगले २५ बर्षे रेकर्ड राख्यो

११ फाल्गुन २०७३, बुधबार ०१:५०

फागुन ११, काठमाडौं | अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको कलकारखानाले नियमित बिजुली पाउँदा उत्पादकत्व कसरी वृद्धि हुन्छ भन्ने उदाहरण उदयपुर सिमेन्ट कारखानाले देखाएको छ । यो सरकारी कारखानाले उद्योग सुरु भएको २५ वर्षपछि पहिलोपटक माघमा ६ करोड रुपैयाँ नाफा कमाएको छ। 

१० वर्षदेखि दैनिक दुई सय ५० देखि तीन सय टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले डेढ महिनादेखि २४ सै घन्टा बिजुली पाएका कारण हाल दैनिक ६ सयदेखि ७ सय टन सिमेन्ट उत्पादन गरिरहेको छ। यसअनुसार दैनिक १४ हजार ५० बोरा सिमेन्ट उत्पादन हुन्छ। ‘हामीले डेढ महिनादेखि लगातार बिजुली पाइरहेका छौं, एक दिन पनि उद्योग बन्द भएको छैन’, कारखानाका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले अन्नपूर्णसित भने, ‘यो अवधिमा दैनिक १० देखि १५ लाख रुपैयाँ आम्दानी भएको छ।’

महाप्रबन्धक पौडेलका अनुसार बिजुली नपाएकै कारण कारखानाले विगतमा मासिक डेढ करोड रुपैयाँ नोक्सानी व्यहोर्दै आएको थियो।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारी उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न नियमित बिजुली आपूर्ति गरेपछि उद्योगको उत्पादकत्व एक सय ५८ दशमलव ८ प्रतिशतले वृद्धि भएको महाप्रबन्धक पौडेलले जानकारी दिए। ‘दिनको चार, पाँच पटक बत्ती झ्याप–झ्याप जान्थ्यो,’ पौडेलले भने, ‘अहिले २४ घन्टा आपूर्ति छ, उत्पादन रोकिएको छैन।’

वर्षभरि नियमित विद्युत् आपूर्ति भए यही आर्थिक वर्षमा कारखाना नाफामा जाने पौडेलले बताए। तीन अर्ब रुपैयाँभन्दा बढी सञ्चित नोक्सानी रहेको कारखानाले हरेक वर्ष ३० करोड रुपैयाँ घाटा व्यहोर्दै आएको थियो। सरकारको दुई अर्ब रुपैयाँ ऋण तिर्न बाँकी रहेको कारखानाले सरकारलाई १५ वर्षदेखि एक रुपैयाँ पनि ब्याज तिर्न सकेको छैन। ‘अबको एक वर्ष लगातार उत्पादन भएमा सरकारको ब्याज तिर्न सक्षम हुनेछौं,’ उनले भने।

कारखानाले दैनिक ९ सय टन उत्पादन गर्ने गरी थप मर्मत सम्भारका लागि टेन्डर प्रक्रिया अघि बढाइसकेको छ।

माघमा २ लाख बोरा सिमेन्ट (१० हजार दुई सय ५० टन) उत्पादन गर्ने लक्ष्य लिएकामा तीन लाख २५ हजार बोरा उत्पादन गर्न सफल भएको कारखानाले जनाएको छ। अघिल्लो वर्ष यसै अवधिमा एक लाख ५० हजार बोरा मात्र उत्पादन गरेको पौडेलले जानकारी दिए।

बिजुली पाएका कारण कारखानाले क्लिंकर उत्पादनका लागि प्रयोग हुने कोइलाबापत करिब ८० लाख रुपैयाँ मासिक रूपमा बचाएको छ। बिजुली पाएपछि एक घन्टामा करिब एक टन कोइला बचेको हो। दैनिक ६ मेगावाट बिजुली खपत गर्ने कारखानाले साँझपख साढे दुई मेगावाट मात्र बिजुली खपत गर्दै आएको छ। प्राधिकरणले अन्य उद्योगलाई दैनिक सात घन्टासम्म लोडसेडिङ गर्दै आएको छ। – अन्नपूर्ण 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अचानो प्रहार गरेर श्रीमतीको हत्या दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना अदालतको आदेशले छुटे पनि रविको सांसद निलम्बन फुकुवा नहुने जहाजको टिकट नपाएपछि स्थलमार्गबाट काठमाडौं आउँदै रवि धनकुटामा पिकअप दुर्घटना, २ जनाको मृत्यु आगामी वर्षदेखि उपचारसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्नेछौँ: स्वास्थ्यमन्त्री पौडेल आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ? कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ? मीनेन्द्र रिजाल भन्छन्- ओलीले संविधान संशोधन ८७ मा हुन्छ भनेपछि अब गठबन्धनको औचित्य सकियो प्रधानमन्त्री ओली र नेतृ रामकुमारी झाँक्रीको डिपफेक भिडिओ भाइरल, चुप नबस्ने झाँक्रीको चेतावनी यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय रवि रिहा भएपछि सूर्य थापाको टिप्पणी – ६५ लाख धरौटीमा रिहा- सफाई/चचहुई! रास्वपा कास्कीले माग्यो माफी लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य आज संघीय संसदका ५ वटा समितिको बैठक बस्दै रुपन्देहीमा विभिन्न मुद्दाका फरार १२ जना प्रतिवादी पक्राउ भ्रष्टाचार सम्बन्धि सबै फाइल खोलिनुपर्छ, जोकोहीमाथि छानविन हुनुपर्छ: डा.डिला संग्रौला अमेरिकाको भर्जिनियामा कार पोखरीमा खस्दा २ नेपालीको मृत्यु हेर्नुहोस ! शुक्रबारको विदेशी मुद्राको विनिमय दर रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै