२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतदान परिणाम स्विकारे संशोधनमा विपक्षी लचक

२०७३, १२ फाल्गुन बिहीबार ०१:२८

फागुन १२, काठमाडौं | विपक्षी नौ दल संविधान संशोधन प्रस्ताव संसदीय प्रक्रियामार्फत टुंगो लगाउन लचक देखिएका छन् । संशोधन विधेयक फेल हुने स्थिति देखिएको विश्लेषण गर्दै एमालेसहित नौ विपक्षी दल मतदान प्रक्रियामा लैजान लचक देखिएका हुन् ।

तर, सरकार र मधेसी मोर्चा मतदानबाट टुंगो लगाउने लोकतान्त्रिक प्रक्रियामार्फत आउने जुनसुकै परिणाम स्विकार्ने–नस्विकार्ने अझै अस्पष्ट रहेको भन्दै उनीहरूसँग छलफलपछि मात्रै टुंगोमा पुग्ने विपक्षीको निर्णय छ । बुधबार संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकले सो निर्णय गरेको हो ।

बैठकमा एमाले अध्यक्ष केपी ओली, नेकपा मालेका महासचिव सिपी मैनाली, राजमोका अध्यक्ष चित्रबहादुर केसी, नेमकिपाका नेता प्रेम सुवाल, परिवार दलका अध्यक्ष एकनाथ ढकाल तथा बहुजन शक्ति पार्टी, नेपाः पार्टी, मधेस समता पार्टी, दलित जनजाति पार्टीका नेताहरू सहभागी थिए ।

सरकार र मोर्चासँग दुई विषयको उत्तर माग

१. सीमांकनबारे सरकारको धारणा माग

विपक्षी नौ दलले संविधानको धारा २ सय ७४ को व्यवस्था र सर्वोच्च अदालतको पछिल्लो फैसलाविपरीत सीमांकन संसद्ले टुंगो लगाउने गरी प्रस्ताव ल्याएको भन्दै यसबारे प्रधानमन्त्री र सत्तारुढ दलसँग धारणा माग्ने निर्णय गरेका छन् । ‘मोर्चाका नेताहरूको जस्तो भनाइ आइरहेको छ, त्यसमा प्रधानमन्त्री र सरकारको धारणा स्पष्ट रूपमा आएको छैन । त्यसैले ती प्रश्नबारे छलफल गर्नुपर्ने आवश्यकता ठान्यौँ,’ बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले भने, ‘प्रदेशको सीमांकन हेरफेर प्रदेशको अधिकारसम्बन्धी संवैधानिक व्यवस्थाबारे छलफल आवश्यक ठानिएकाले तत्काल प्रस्ताव अघि नबढाउन आग्रह गरेका छौँ।’

२. सरकार र मोर्चासँग परिणामको उत्तर माग

संशोधन प्रस्ताव अघि बढाइए पनि फेल हुने विश्लेषणसहित विपक्षी गठबन्धनले परिणाम स्विकार्ने–नस्विकार्ने विषयमा सरकार–मधेसी मोर्चासँग जवाफ मागेको छ । जस्तोसुकै परिणाम आए पनि स्वीकार गर्ने सरकार र सत्तापक्षीय मधेसी मोर्चाले जवाफ दिए संशोधन अघि बढाउन विपक्षी गठबन्धन लचक बनेका छन् ।

‘एकातिर प्रक्रियामा जाने कुरा गर्ने, अर्कोतिर संविधानको पालना पनि नगर्ने, अनि प्रक्रियामा गइसकेपछि परिणामबारे पनि स्पष्ट धारणा नल्याउने रु’ उपाध्यक्ष रावलले भने, ‘परिणामबारे सरकार, सत्तारुढ गठबन्धनमा रहेका मधेसकेन्द्रित दलले पहिले स्पष्ट पार्नुपर्छ, त्यसपछि के गर्ने भन्ने विपक्षीले सोच्ने कुरा हुन्छ ।’

विपक्षीले अघि सारे विकल्प परिणाम नस्विकारे प्रस्ताव स्थगन

सरकार र सत्तारुढ दलसँग संशोधन प्रस्तावमाथि छलफल गर्ने निर्णय गर्दै विपक्षी नौ दलले सार्वभौम संसद्ले गर्ने फैसलालाई पनि अस्वीकार गर्ने हो भने तत्काल प्रस्ताव स्थगन (जहीँको तहीँ राखेर) गरेर स्थानीय तहको निर्वाचनमा जानुपर्ने प्रस्ताव गरेका छन् । ‘असन्तुष्ट पक्ष (मधेसी मोर्चा)ले मतदानको परिणाम पास हुँदा स्विकार्ने, फेल हुँदा अस्वीकार गरेर संसद्बाटै राजीनामा दिएर आन्दोलनमा जाने कुरा गर्नु लोकतान्त्रिक अभ्यास हुन सक्दैन, तर उहाँहरूबाट त्यस्तै कुरा आएको छ,’ माले महासचिव सिपी मैनालीले भने, ‘यी कुनै पनि कुरा स्वीकार नगर्ने हो भने तत्काललाई प्रस्ताव स्थगन गरेर सबै दलले निर्वाचनमा भाग लिने उपयुक्त विकल्प हामी सम्बन्धित पक्षसँगको छलफलमा राख्छौँ । नयाँ पत्रिका दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा