१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतदान परिणाम स्विकारे संशोधनमा विपक्षी लचक

१२ फाल्गुन २०७३, बिहीबार ०१:२८

फागुन १२, काठमाडौं | विपक्षी नौ दल संविधान संशोधन प्रस्ताव संसदीय प्रक्रियामार्फत टुंगो लगाउन लचक देखिएका छन् । संशोधन विधेयक फेल हुने स्थिति देखिएको विश्लेषण गर्दै एमालेसहित नौ विपक्षी दल मतदान प्रक्रियामा लैजान लचक देखिएका हुन् ।

तर, सरकार र मधेसी मोर्चा मतदानबाट टुंगो लगाउने लोकतान्त्रिक प्रक्रियामार्फत आउने जुनसुकै परिणाम स्विकार्ने–नस्विकार्ने अझै अस्पष्ट रहेको भन्दै उनीहरूसँग छलफलपछि मात्रै टुंगोमा पुग्ने विपक्षीको निर्णय छ । बुधबार संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकले सो निर्णय गरेको हो ।

बैठकमा एमाले अध्यक्ष केपी ओली, नेकपा मालेका महासचिव सिपी मैनाली, राजमोका अध्यक्ष चित्रबहादुर केसी, नेमकिपाका नेता प्रेम सुवाल, परिवार दलका अध्यक्ष एकनाथ ढकाल तथा बहुजन शक्ति पार्टी, नेपाः पार्टी, मधेस समता पार्टी, दलित जनजाति पार्टीका नेताहरू सहभागी थिए ।

सरकार र मोर्चासँग दुई विषयको उत्तर माग

१. सीमांकनबारे सरकारको धारणा माग

विपक्षी नौ दलले संविधानको धारा २ सय ७४ को व्यवस्था र सर्वोच्च अदालतको पछिल्लो फैसलाविपरीत सीमांकन संसद्ले टुंगो लगाउने गरी प्रस्ताव ल्याएको भन्दै यसबारे प्रधानमन्त्री र सत्तारुढ दलसँग धारणा माग्ने निर्णय गरेका छन् । ‘मोर्चाका नेताहरूको जस्तो भनाइ आइरहेको छ, त्यसमा प्रधानमन्त्री र सरकारको धारणा स्पष्ट रूपमा आएको छैन । त्यसैले ती प्रश्नबारे छलफल गर्नुपर्ने आवश्यकता ठान्यौँ,’ बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले भने, ‘प्रदेशको सीमांकन हेरफेर प्रदेशको अधिकारसम्बन्धी संवैधानिक व्यवस्थाबारे छलफल आवश्यक ठानिएकाले तत्काल प्रस्ताव अघि नबढाउन आग्रह गरेका छौँ।’

२. सरकार र मोर्चासँग परिणामको उत्तर माग

संशोधन प्रस्ताव अघि बढाइए पनि फेल हुने विश्लेषणसहित विपक्षी गठबन्धनले परिणाम स्विकार्ने–नस्विकार्ने विषयमा सरकार–मधेसी मोर्चासँग जवाफ मागेको छ । जस्तोसुकै परिणाम आए पनि स्वीकार गर्ने सरकार र सत्तापक्षीय मधेसी मोर्चाले जवाफ दिए संशोधन अघि बढाउन विपक्षी गठबन्धन लचक बनेका छन् ।

‘एकातिर प्रक्रियामा जाने कुरा गर्ने, अर्कोतिर संविधानको पालना पनि नगर्ने, अनि प्रक्रियामा गइसकेपछि परिणामबारे पनि स्पष्ट धारणा नल्याउने रु’ उपाध्यक्ष रावलले भने, ‘परिणामबारे सरकार, सत्तारुढ गठबन्धनमा रहेका मधेसकेन्द्रित दलले पहिले स्पष्ट पार्नुपर्छ, त्यसपछि के गर्ने भन्ने विपक्षीले सोच्ने कुरा हुन्छ ।’

विपक्षीले अघि सारे विकल्प परिणाम नस्विकारे प्रस्ताव स्थगन

सरकार र सत्तारुढ दलसँग संशोधन प्रस्तावमाथि छलफल गर्ने निर्णय गर्दै विपक्षी नौ दलले सार्वभौम संसद्ले गर्ने फैसलालाई पनि अस्वीकार गर्ने हो भने तत्काल प्रस्ताव स्थगन (जहीँको तहीँ राखेर) गरेर स्थानीय तहको निर्वाचनमा जानुपर्ने प्रस्ताव गरेका छन् । ‘असन्तुष्ट पक्ष (मधेसी मोर्चा)ले मतदानको परिणाम पास हुँदा स्विकार्ने, फेल हुँदा अस्वीकार गरेर संसद्बाटै राजीनामा दिएर आन्दोलनमा जाने कुरा गर्नु लोकतान्त्रिक अभ्यास हुन सक्दैन, तर उहाँहरूबाट त्यस्तै कुरा आएको छ,’ माले महासचिव सिपी मैनालीले भने, ‘यी कुनै पनि कुरा स्वीकार नगर्ने हो भने तत्काललाई प्रस्ताव स्थगन गरेर सबै दलले निर्वाचनमा भाग लिने उपयुक्त विकल्प हामी सम्बन्धित पक्षसँगको छलफलमा राख्छौँ । नयाँ पत्रिका दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन