फागुन १२, काठमाडौँ | राप्रपा महाधिवेशनमा केही पूर्वपदाधिकारी केन्द्रीय सदस्यमा पराजित भएका छन् । प्रवक्ता ठाकुर शर्मा, सहायक प्रवक्ता किरण गिरी र वसन्तमान सिंह अधिकारी,"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १२, काठमाडौँ | राप्रपा महाधिवेशनमा केही पूर्वपदाधिकारी केन्द्रीय सदस्यमा पराजित भएका छन् । प्रवक्ता ठाकुर शर्मा, सहायक प्रवक्ता किरण गिरी र वसन्तमान सिंह अधिकारी,"/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपा महाधिवेशनमा रेखा र कोमलले पुराना नेताहरुलाई समेत उछिने

१२ फाल्गुन २०७३, बिहीबार ०१:३४

फागुन १२, काठमाडौँ | राप्रपा महाधिवेशनमा केही पूर्वपदाधिकारी केन्द्रीय सदस्यमा पराजित भएका छन् । प्रवक्ता ठाकुर शर्मा, सहायक प्रवक्ता किरण गिरी र वसन्तमान सिंह अधिकारी, अन्तर्राष्ट्रिय विभागका सदस्यसचिव सुरेशप्रसाद आचार्य, सहायक महामन्त्री तारानाथ लुइँटेल पराजित भए । शीर्ष नेता भने केन्द्रीय सदस्यमा उम्मेदवार बनेनन् ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र पूर्वराष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा, दीपक बोहोरा, दिलनाथ गिरी, निरञ्जन थापा भने चुनावमा उठेनन् ।

नेतापुत्र विजयी

पूर्वअध्यक्ष स्व. सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापा र पूर्वअध्यक्ष लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त पनि विजयी भए । जयन्तले खुला ४० मध्ये छैटौं स्थानमा रहँदै एक हजार पाँच सय ७९ मत ल्याए । साताैँ स्थानमा रहेका सुनील थापाले एक हजार पाँच सय ५१ मत प्राप्त गरे । पूर्वआइजिपी ध्रुवबहादुर प्रधान खुला ४० को १०औँ भए । उनले एक हजार एक सय ८९ मत प्राप्त गरे ।

यसरी छानिए केन्द्रीय सदस्य

राप्रपामा ९८ केन्द्रीय सदस्य मतदानबाट छानिँदा खुलाबाट ४०, महिलाबाट १६, आदिवासी १६, मधेसी १२, उत्पीडित चार, कर्णाली पिछडिएको क्षेत्र चार, मुस्लिम प्रवास र थारूबाट दुई–दुई सदस्य निर्वाचित भएका छन् । अब अध्यक्ष थापाले २३ पदाधिकारी र ६४ केन्द्रीय सदस्य मनोनीत गर्नेछन् ।

जनतामा हिन्दुत्व लिएर जाने

राप्रपा नवनिर्वाचित अध्यक्ष कमल थापाले अब जनतामा हिन्दुत्वको नारा लिएर जाने बताएका छन् । यसअघि पनि आफूहरूले हिन्दुत्वको नारा उठाए पनि नेपाललाई हिन्दू राज्य बनाउन नसकेको भन्दै थापाले अबको चुनावमा हिन्दू राज्य बनाउन पुग्ने गरी मत माग्ने बताए । ‘संख्या कम हुँदा हामीले संविधानमा हिन्दू राष्ट्र बनाउन सकेनौँ,’ थापाले भने, ‘अब हिन्दू राष्ट्र बनाउन चाहनुहुन्छ भने पुुग्ने गरी मत देऊ भनेर जानुपर्छ ।’

प्रजातन्त्रको आडमा प्रमुख तीन दलले सिन्डिकेट लाद्दा मुलुकमा भ्रष्टाचार र अराजकता बढेको भन्दै उनले यसलाई तोडेर जनतालाई प्रजातन्त्रको अनुभूति गराउने काम राप्रपाले गर्ने जिकिर गरे । आफूहरूले संविधानलाई मानेको भन्दै उनले आफू निर्वाचन, मुलुकको निकासको पक्षमा रहेको बताए ।

१५ केन्द्रीय सदस्य मनोनीत

अध्यक्षको पदभार ग्रहण गरेकै दिन कमल थापाले १५ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन् । मनोनीतहरूमा आपूर्तिमन्त्री दीपक बोहोरा, प्रमुख सचेतक दिलनाथ गिरी, नेताहरू नवराज सुवेदी, हरिबहादुर बस्नेत, टंक ढकाल, रामकुमार सुब्बा, नरेन्द्र चौधरी, रामचन्द्र राय, भीमप्रसाद गौचन, रामकृष्ण भट्टराई, उद्धब पौडेल, चन्द्रबहादुर गुरुङ, राम थापा, नरेन्द्रबहादुर चन्द र गीता बस्नेत छन् ।

कोमल वली खुलामा तेस्रो

खुला केन्द्रीय सदस्यमा कोमल वलीले तेस्रो स्थान हासिल गरेकी छिन् । बुद्धिमान तामाङ पहिलो, विक्रम पाण्डे दोस्रो भए । तामाङले एक हजार नौ सय २८, पाण्डेले एक हजार नौ सय २६ र वलीले एक हजार आठ सय ५७ मत ल्याए । एक हजार सात सय ३९ मत ल्याएका धवलशमशेर राणा चौथो भए भने युवा नेता राजेन्द्र लिङ्देनले एक हजार ६ सय ६४ मत ल्याएर पाँचौँ भए ।

रेखा थापा महिलामा दोस्रो

यता, महिलामा कुन्ती शाहीले एक हजार आठ सय ४८ मत ल्याएर पहिलो भइन् । नायिका रेखा थापाले एक हजार ६ सय तीन मत प्राप्त गरी दोस्रो स्थान हासिल गरिन् । मीरा राणाले एक हजार चार सय ५२ मत प्राप्त गरी तेस्रो स्थानमा आइन् । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन