फागुन १२, काठमाडौँ | राप्रपा महाधिवेशनमा केही पूर्वपदाधिकारी केन्द्रीय सदस्यमा पराजित भएका छन् । प्रवक्ता ठाकुर शर्मा, सहायक प्रवक्ता किरण गिरी र वसन्तमान सिंह अधिकारी,"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १२, काठमाडौँ | राप्रपा महाधिवेशनमा केही पूर्वपदाधिकारी केन्द्रीय सदस्यमा पराजित भएका छन् । प्रवक्ता ठाकुर शर्मा, सहायक प्रवक्ता किरण गिरी र वसन्तमान सिंह अधिकारी,"/>
२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपा महाधिवेशनमा रेखा र कोमलले पुराना नेताहरुलाई समेत उछिने

२०७३, १२ फाल्गुन बिहीबार ०१:३४

फागुन १२, काठमाडौँ | राप्रपा महाधिवेशनमा केही पूर्वपदाधिकारी केन्द्रीय सदस्यमा पराजित भएका छन् । प्रवक्ता ठाकुर शर्मा, सहायक प्रवक्ता किरण गिरी र वसन्तमान सिंह अधिकारी, अन्तर्राष्ट्रिय विभागका सदस्यसचिव सुरेशप्रसाद आचार्य, सहायक महामन्त्री तारानाथ लुइँटेल पराजित भए । शीर्ष नेता भने केन्द्रीय सदस्यमा उम्मेदवार बनेनन् ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र पूर्वराष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा, दीपक बोहोरा, दिलनाथ गिरी, निरञ्जन थापा भने चुनावमा उठेनन् ।

नेतापुत्र विजयी

पूर्वअध्यक्ष स्व. सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापा र पूर्वअध्यक्ष लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त पनि विजयी भए । जयन्तले खुला ४० मध्ये छैटौं स्थानमा रहँदै एक हजार पाँच सय ७९ मत ल्याए । साताैँ स्थानमा रहेका सुनील थापाले एक हजार पाँच सय ५१ मत प्राप्त गरे । पूर्वआइजिपी ध्रुवबहादुर प्रधान खुला ४० को १०औँ भए । उनले एक हजार एक सय ८९ मत प्राप्त गरे ।

यसरी छानिए केन्द्रीय सदस्य

राप्रपामा ९८ केन्द्रीय सदस्य मतदानबाट छानिँदा खुलाबाट ४०, महिलाबाट १६, आदिवासी १६, मधेसी १२, उत्पीडित चार, कर्णाली पिछडिएको क्षेत्र चार, मुस्लिम प्रवास र थारूबाट दुई–दुई सदस्य निर्वाचित भएका छन् । अब अध्यक्ष थापाले २३ पदाधिकारी र ६४ केन्द्रीय सदस्य मनोनीत गर्नेछन् ।

जनतामा हिन्दुत्व लिएर जाने

राप्रपा नवनिर्वाचित अध्यक्ष कमल थापाले अब जनतामा हिन्दुत्वको नारा लिएर जाने बताएका छन् । यसअघि पनि आफूहरूले हिन्दुत्वको नारा उठाए पनि नेपाललाई हिन्दू राज्य बनाउन नसकेको भन्दै थापाले अबको चुनावमा हिन्दू राज्य बनाउन पुग्ने गरी मत माग्ने बताए । ‘संख्या कम हुँदा हामीले संविधानमा हिन्दू राष्ट्र बनाउन सकेनौँ,’ थापाले भने, ‘अब हिन्दू राष्ट्र बनाउन चाहनुहुन्छ भने पुुग्ने गरी मत देऊ भनेर जानुपर्छ ।’

प्रजातन्त्रको आडमा प्रमुख तीन दलले सिन्डिकेट लाद्दा मुलुकमा भ्रष्टाचार र अराजकता बढेको भन्दै उनले यसलाई तोडेर जनतालाई प्रजातन्त्रको अनुभूति गराउने काम राप्रपाले गर्ने जिकिर गरे । आफूहरूले संविधानलाई मानेको भन्दै उनले आफू निर्वाचन, मुलुकको निकासको पक्षमा रहेको बताए ।

१५ केन्द्रीय सदस्य मनोनीत

अध्यक्षको पदभार ग्रहण गरेकै दिन कमल थापाले १५ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन् । मनोनीतहरूमा आपूर्तिमन्त्री दीपक बोहोरा, प्रमुख सचेतक दिलनाथ गिरी, नेताहरू नवराज सुवेदी, हरिबहादुर बस्नेत, टंक ढकाल, रामकुमार सुब्बा, नरेन्द्र चौधरी, रामचन्द्र राय, भीमप्रसाद गौचन, रामकृष्ण भट्टराई, उद्धब पौडेल, चन्द्रबहादुर गुरुङ, राम थापा, नरेन्द्रबहादुर चन्द र गीता बस्नेत छन् ।

कोमल वली खुलामा तेस्रो

खुला केन्द्रीय सदस्यमा कोमल वलीले तेस्रो स्थान हासिल गरेकी छिन् । बुद्धिमान तामाङ पहिलो, विक्रम पाण्डे दोस्रो भए । तामाङले एक हजार नौ सय २८, पाण्डेले एक हजार नौ सय २६ र वलीले एक हजार आठ सय ५७ मत ल्याए । एक हजार सात सय ३९ मत ल्याएका धवलशमशेर राणा चौथो भए भने युवा नेता राजेन्द्र लिङ्देनले एक हजार ६ सय ६४ मत ल्याएर पाँचौँ भए ।

रेखा थापा महिलामा दोस्रो

यता, महिलामा कुन्ती शाहीले एक हजार आठ सय ४८ मत ल्याएर पहिलो भइन् । नायिका रेखा थापाले एक हजार ६ सय तीन मत प्राप्त गरी दोस्रो स्थान हासिल गरिन् । मीरा राणाले एक हजार चार सय ५२ मत प्राप्त गरी तेस्रो स्थानमा आइन् । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा