फागुन १२, काठमाडौं | हाम्रा लागि कतिपय सूचनाको स्रोत अब सामाजिक सञ्जाल पनि हुन थालेको छ। झन् माइक्रोब्लगिङ साइट ट्विटरबाट त निकै धेरै सूचना आइरहेका हुन्छन्। तर, "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १२, काठमाडौं | हाम्रा लागि कतिपय सूचनाको स्रोत अब सामाजिक सञ्जाल पनि हुन थालेको छ। झन् माइक्रोब्लगिङ साइट ट्विटरबाट त निकै धेरै सूचना आइरहेका हुन्छन्। तर, "/>
१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक सञ्जालमा जीवितै हुँदा पनि मृत्युको हल्ला चल्यो

१२ फाल्गुन २०७३, बिहीबार ०२:०७

फागुन १२, काठमाडौं | हाम्रा लागि कतिपय सूचनाको स्रोत अब सामाजिक सञ्जाल पनि हुन थालेको छ। झन् माइक्रोब्लगिङ साइट ट्विटरबाट त निकै धेरै सूचना आइरहेका हुन्छन्। तर, यस्ता सूचना पत्याउनै गाह्रो पनि पर्न सक्छ किनकि, सामाजिक सञ्जालमा आउने सूचनाको कुनै आधिकारिकता नभएका घटना थुप्रै छन्। 

यस्तै, एउटा घटनाका रूपमा लिन सकिन्छ, जीवित अभिनेता–अभिनेत्रीको सामाजिक सञ्जालमा मृत्युको हल्ला चल्नु। आइतबार राति पनि त्यस्तै भयो। ट्विटरमा बलिउड अभिनेत्री फरिदा जलालको मृत्यु भएको अफवाह ट्रेन्ड भयो।

आफ्नो मृत्युको खबर सामाजिक सञ्जालमा ट्रेन्ड भएपछि फरिदाले एक पत्रिकालाई अन्तर्वार्तामा भनिन्, ‘पहिला त मलाई यो रमाइलो मात्र हो भन्ने लागेको थियो र म चुपचाप बसेँ। तर, केही बेरमै मेरो मोबाइल लगातार बज्न थाल्यो। र, म आफू जिउँदै छु भन्नुुपर्ने भयो।’ यो अफवाह कसरी फैलियो भन्नेबारे फरिदालाई थाहा छैन।

तर, हल्ला निकै चल्न थालेपछि फरिदा ट्विटर एकाउन्ट खोल्न बाध्य भइन् र पहिलो ट्विट लेखिन्– म यहाँ म जीवित छु भन्ने प्रमाणित गर्न आएको हुँ, मेरो मृत्यु भयो भन्ने अफवाह मात्र हो, गलत समाचार फैलाउनबाट रोक्नुस्।तर, जीवित हुँदा नै मृत्युको हल्ला चलेको यो पहिलोपटक होइन।

यसअघि बलिउड अभिनेता अमिताभ बच्चनको पनि मृत्यु भएको झुटो खबर फैलियो। त्यतिवेला उनले एउटा फिल्ममा गरेको मृत्युको अभिनयलाई उनको मृत्यु भएको प्रमाण भन्दै फैलाइएको थियो। पहिले सामाजिक सञ्जाल ह्वाट्सएपमा र त्यसपछि ट्विटरमा व्यापक हल्ला भएपछि अमिताभ बच्चन स्वयंले त्यसको खण्डन गरे।

त्यस्तै, र्या‍प गायक हनी सिंहको मृत्युको हल्ला पनि यसअघि चलेको थियो। उनको मृत्यु एक्सिडेन्टका कारण भएको भनिएको थियो। तर, ट्विटरमै हनी सिंहले लेखे, ‘यो सब अफवाह हो, जुन मलाई मन नपराउनेहरूले फैलाएका हुन्।’

त्यसो त यसअघि बलिउड स्टार दिलीपकुमार, लता मंगेसकर, आशा पारेख, माधुरी दीक्षितलगायतको पनि मृत्युको हल्ला चलिसकेको थियो। यस्तो हल्लाको ट्रेन्ड बलिउडमा मात्र होइन, हलिउडमा पनि निकै हुन्छ। जोनी डेप, अर्नाल्ड तथा लेडी गागाका मृत्युका यस्ता अफवाह यसअघि कैयौँपटक फैलिएका थिए। – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल