१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विखण्डनवादीलाई सेनाको यस्तो चेतावनी

१३ फाल्गुन २०७३, शुक्रबार ०१:५५

फागुन १३, काठमाडौं | नेपाली सेनाले विखण्डनवादी र हतियार उठाउने धम्की दिँदै आएका समूहको अवाञ्छनीय गतिविधिलाई निस्तेज गर्न ‘तयारी हालतमा रहेको’ स्पष्ट पारेको छ। सेना दिवसका अवसरमा मुलुकको पछिल्लो राजनीतिक र सुरक्षा अवस्थाबारे विश्लेषण गर्दै सेनाले विखण्डनवादी र साम्प्रदायिक शक्तिलाई निस्तेज गर्न तयारी अवस्थामा रहेको जनाएको हो। 

जंगी अड्डामा बिहीबार आयोजित विशेष समारोहमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले मुलुकलाई विखण्डन गर्ने र हतियार उठाएर सामाजिक सद्भाव एवं सहिष्णुता तहसनहस पार्ने उद्देश्यले भइरहेका गतिविधि सामना गर्न नेपाली सेना तयारी अवस्थामा रहेको बताए। विखण्डनवादी र हतियार उठाउन धम्की दिने समूहको नाम नलिइकनै प्रधानसेनापति क्षेत्रीले त्यस्ता अवाञ्छित गतिविधि निस्तेज गर्न सरकारको निर्देशन र संविधानले दिएको अधिकार पर्याप्त हुने जनाएका छन्।

प्रधानसेनापति क्षेत्रीको भनाइ उद्धृत गर्दै जंगी अड्डा भन्छ, ‘पुर्खाको रगत–पसिनाले जोगाएको इतिहासलाई खण्डित तुल्याउने कुनै पनि अवाञ्छनीय गतिविधिलाई निस्तेज गर्न नेपाली सेना हरमहेसा तयारी हालतमा छ।’ प्रधानसेनापति क्षेत्रीले राष्ट्रिय हितविरुद्ध उत्पन्न हुनसक्ने आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीको सामना गर्न सेना सक्षम रहेको बताएका छन्। नेपालको संविधान र नेपाल सरकारद्वारा दिइने सबै जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराख्ने उनले उल्लेख गरे।

जंगीअड्डामै मंगलबार आयोजित पृतनापतिको सम्मेलनमा पनि मुलुकको पछिल्लो अस्थिर राजनीतिक परिस्थिति र त्यसले निम्त्याएको सुरक्षा चुनौतीबारे छलफल भएको थियो। सम्मेलनमा तराई मधेसमा हिंस्रक र विखण्डनकारी गतिविधि गर्दै आएका सीके राउत, तराई मधेसमा सक्रिय विभिन्न हतियारधारी भूमिगत समूह तथा राजनीतिक आवरणमा हतियार उठाउने धम्की दिँदै आएको नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका गतिविधिले मुलुकको सुरक्षा अवस्थामा खतरा उत्पन्न गर्न सक्नेबारे छलफल भएको थियो।

विखण्डनकारी अभिव्यक्ति दिँदै आएका राउतले तराई मधेसमा सक्रिय हतियारधारी समूहसँग सम्बन्ध बढाउँदै गएको र भविष्यमा ती समूहको सम्बन्ध खतरापूर्ण हुन सक्नेमा सेना सजग रहेको उच्चस्रोतले जनाएको छ। प्रधानसेनापति क्षेत्रीले पृतनापतिहरूको छलफलमा उठेका विषय तथा मुलुकको पछिल्लो राजनीति र सुरक्षा अवस्थालाई विश्लेषण गर्दै सेना दिवसका अवसरमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

पृतनापति बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने केही मधेसवादी दलको गतिविधिसमेत अवाञ्छनीय रहेको र उनीहरूको सम्बन्ध विखण्डनकारीसँग हुनसक्ने भन्दै नेपाली सेना सचेत हुनुपर्ने रिपोर्टिङ गरेको स्रोतले बताएको छ। प्रधानसेनापति क्षेत्रीले समयअनुसार परिवर्तनलाई नेपाली सेनाले सदैव आत्मसात गर्दै आएको बताएका छन्। सेनालाई सबल र सक्षम बनाउने, नागरिक–सैनिक सम्बन्ध सुदृढ गर्ने, उच्च मनोबलयुक्त फौज तयार गर्ने, वृत्तिविकास प्रणालीलाई व्यावहारिक बनाउने कार्यलाई निरन्तरता दिइरहेको उनले जनाए। – अन्नपूर्ण 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर