फागुन १५, वासिङटन । सुन्दर भविष्यको सपना बोक्दै अमेरिका प्रवेश गरेका कैयन् दम्पतीहरू त्यहाँ पुगेको केही समयपछि एक्लाएक्लै बस्ने गरेको तथ्यांकले देखाएको छ । नवदम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १५, वासिङटन । सुन्दर भविष्यको सपना बोक्दै अमेरिका प्रवेश गरेका कैयन् दम्पतीहरू त्यहाँ पुगेको केही समयपछि एक्लाएक्लै बस्ने गरेको तथ्यांकले देखाएको छ । नवदम्"/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा सुन्दर सपना बोकेका नेपाली दम्पती किन डिभोर्स गर्छन् ?

१५ फाल्गुन २०७३, आईतवार ०३:१६

फागुन १५, वासिङटन । सुन्दर भविष्यको सपना बोक्दै अमेरिका प्रवेश गरेका कैयन् दम्पतीहरू त्यहाँ पुगेको केही समयपछि एक्लाएक्लै बस्ने गरेको तथ्यांकले देखाएको छ । नवदम्पतीदेखि बच्चा भइसकेकाहरूसम्म पनि सम्बन्ध विच्छेद भएका घटनाहरू त्यहाँ देख्न सकिन्छ । यसरी सम्बन्ध विच्छेद गरी बसेकाहरूमा बच्चाको रेखदेख कसले गर्ने भन्ने विषयमा समेत मुद्दा पर्ने गरेको छ । त्यसको वारेसनामा लिनका लागि दूतावास आउनेहरूको संख्या पछिल्लो समय वृद्धि भएको खबर छ ।

केही वर्षयता सम्बन्ध विच्छेदको घटना हवात्तै बढेको दूतावास अधिकारीहरू बताउँछन् । केही वर्षअघिसम्म महिनाको एक दुईजना देखिएकोमा अहिले महिनाको १० दम्पतीको वारेसनामा बनेका छन् । अघिल्लो वर्ष २०१६ मा ५३ दम्पतीले वारेसनामा लिएको देखिन्छ । कतिपय नेपाल आएको समयमा यही सम्बन्ध विच्छेद गरेर जाने हुनाले त्यसको तथ्यांक दूतावाससँग नहुने जानकारी दूतावास अधिकारीले दिए । २०१७ को आरम्भमा नै ११ दम्पतीले त्यस्तो वारेसनामा लिइसकेका अधिकारीहरूले बताए ।

‘हामीले वारेसनामाका लागि प्रमाणित गर्ने हो । यो राजदूत आफैंले गर्नुहुन्छ । वारेसनामा राजदूतबाहेक अन्यले दिन पाउँदैन,’ दूतावास प्रवक्ता जीवनप्रकाश श्रेष्ठले कान्तिपुरसँग भने, ‘पछिल्लो समय महिनाको ५ जना एभरेजमा पर्ने गरेका छन् । दूतावासले वारेसनामा दिने गरेको हो सम्बन्ध विच्छेद भए कि भएनन् हामीलाई जानकारी हुँदैन ।’ दूतावास वासिङटनमा रहेकाले त्यहाँ नै आउनुपर्ने भएकाले साढे ६ घण्टासम्मको प्लेन यात्रा गरी वारेसनामा राख्न त्यहाँ आउने गरेका छन् । अवैतानिक दूतले त्यस्तो वारेसनामा दिन पाउँदैनन् । यति धेरै नेपाली विदेशमा रहन्छन् र यस्तो अवस्था आउँछ भन्ने अवधारणा २००२ को मुलुकी ऐनमा नहुनाले पनि पुरानै अवस्थामा यो चलेको हो ।

अमेरिकास्थित नेपाली दूतावासमा रहेका तथ्यांक केलाउँदा मासिक दुईदेखि १० दम्पतीले सम्बन्ध विच्छेद गरेको पाइन्छ । वार्षिक एभरेजमा नै पनि यो धेरै हुनेछ । अमेरिका आएपछि काममा व्यस्तता र नेपालको जस्तो परिवारिक माहोल कम हुनाले पनि त्यस्तो अवस्था निम्तिएको हुन सक्ने दूतावास अधिकारीहरूको अनुभव छ । कतिको चाहना र प्राथमिकता नै फेरिने गर्दा पनि समस्या परेको हुन सक्छ । काम पाउने प्रकृतिले पनि कमाइ र चाहनाहरू फरक हुने हुँदा पनि यस्तो अवस्था निम्तिएको गुनासो सम्बन्ध विच्छेदका लागि वारेसनामा लिन आउनेहरूले बताउने गरेका छन् ।

खासगरी बच्चासहित अमेरिका बस्ने नेपालीहरू दिउँसोमा श्रीमती काममा जाने र श्रीमान्ले बच्चा हेर्ने, रातिमा श्रीमान् काममा जाने र श्रीमती बच्चाको साथमा रहने अवस्था धेरैको छ । अनि बिदाको प्रकृति पनि फरक हुने हँदा पारिवारिक माहोल कम हुँदा पनि त्यस्तो अवस्था निम्तिएको हुन सक्ने दूतावासका पुराना कर्मचारीले सुनाए । धेरै कम नेपालीले ‘हवाइट कलर’ जागिर खान्छन् । यसरी हवाइट कलर अर्थात् माथिल्लो स्तरका जागिरेहरूको बिदा पनि शनिबार र आइतबार नै भएकाले प्रयाप्त समय हुने घुमफिर मनोरन्जन सबै हुने हुँदा त्यस्तो समस्या कम आउने गरेको छ । तर अन्यमा यस्तो समस्या धेरै आउने गरेको छ ।

अहिले अमेरिकामा करिब तीन लाख नेपाली रहेको अनुमान छ । तर यति नै छन् भन्ने तथ्यांक आफूहरूसँग नरहेको दूतावासले जनाएको छ । कतिपयले त्यो भन्दा पनि बढी हुन सक्ने बताउँछन् । त्यहाँ रहेका व्यापारमा जमेका नेपालीहरूले पनि यस्तो अवस्थाप्रति चिन्ता देखाउँदै भन्छन्, कतिपय नेपालीहरू अमेरिका प्रवेश गरेपछि चाहना र आकांक्षा वृद्धि हुँदा नै यस्तो अवस्थामा पुगेका हुन् । कतिपयले नक्कली दम्पती तर सक्कली विवाह गरेरसमेत आउने हुनाले सम्बन्ध विच्छेदका लागि वारेस लिने गरेका हुन सक्छन् । तर, त्यो प्रमाणित हुँदैन त्यसलाई पनि साँच्चै सम्बन्ध विच्छेद भन्ने गरिएकाले संख्या बढेको हो । श्रीमान् अमेरिका र श्रीमती नेपालमा वा श्रीमती अमेरिका श्रीमान् नेपालमा हुनेहरूको पनि सम्बन्ध विच्छेदको वारेस आएको उल्लेख छ ।- कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर