फागुन १५, वासिङटन । सुन्दर भविष्यको सपना बोक्दै अमेरिका प्रवेश गरेका कैयन् दम्पतीहरू त्यहाँ पुगेको केही समयपछि एक्लाएक्लै बस्ने गरेको तथ्यांकले देखाएको छ । नवदम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १५, वासिङटन । सुन्दर भविष्यको सपना बोक्दै अमेरिका प्रवेश गरेका कैयन् दम्पतीहरू त्यहाँ पुगेको केही समयपछि एक्लाएक्लै बस्ने गरेको तथ्यांकले देखाएको छ । नवदम्"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा सुन्दर सपना बोकेका नेपाली दम्पती किन डिभोर्स गर्छन् ?

२०७३, १५ फाल्गुन आईतवार ०३:१६

फागुन १५, वासिङटन । सुन्दर भविष्यको सपना बोक्दै अमेरिका प्रवेश गरेका कैयन् दम्पतीहरू त्यहाँ पुगेको केही समयपछि एक्लाएक्लै बस्ने गरेको तथ्यांकले देखाएको छ । नवदम्पतीदेखि बच्चा भइसकेकाहरूसम्म पनि सम्बन्ध विच्छेद भएका घटनाहरू त्यहाँ देख्न सकिन्छ । यसरी सम्बन्ध विच्छेद गरी बसेकाहरूमा बच्चाको रेखदेख कसले गर्ने भन्ने विषयमा समेत मुद्दा पर्ने गरेको छ । त्यसको वारेसनामा लिनका लागि दूतावास आउनेहरूको संख्या पछिल्लो समय वृद्धि भएको खबर छ ।

केही वर्षयता सम्बन्ध विच्छेदको घटना हवात्तै बढेको दूतावास अधिकारीहरू बताउँछन् । केही वर्षअघिसम्म महिनाको एक दुईजना देखिएकोमा अहिले महिनाको १० दम्पतीको वारेसनामा बनेका छन् । अघिल्लो वर्ष २०१६ मा ५३ दम्पतीले वारेसनामा लिएको देखिन्छ । कतिपय नेपाल आएको समयमा यही सम्बन्ध विच्छेद गरेर जाने हुनाले त्यसको तथ्यांक दूतावाससँग नहुने जानकारी दूतावास अधिकारीले दिए । २०१७ को आरम्भमा नै ११ दम्पतीले त्यस्तो वारेसनामा लिइसकेका अधिकारीहरूले बताए ।

‘हामीले वारेसनामाका लागि प्रमाणित गर्ने हो । यो राजदूत आफैंले गर्नुहुन्छ । वारेसनामा राजदूतबाहेक अन्यले दिन पाउँदैन,’ दूतावास प्रवक्ता जीवनप्रकाश श्रेष्ठले कान्तिपुरसँग भने, ‘पछिल्लो समय महिनाको ५ जना एभरेजमा पर्ने गरेका छन् । दूतावासले वारेसनामा दिने गरेको हो सम्बन्ध विच्छेद भए कि भएनन् हामीलाई जानकारी हुँदैन ।’ दूतावास वासिङटनमा रहेकाले त्यहाँ नै आउनुपर्ने भएकाले साढे ६ घण्टासम्मको प्लेन यात्रा गरी वारेसनामा राख्न त्यहाँ आउने गरेका छन् । अवैतानिक दूतले त्यस्तो वारेसनामा दिन पाउँदैनन् । यति धेरै नेपाली विदेशमा रहन्छन् र यस्तो अवस्था आउँछ भन्ने अवधारणा २००२ को मुलुकी ऐनमा नहुनाले पनि पुरानै अवस्थामा यो चलेको हो ।

अमेरिकास्थित नेपाली दूतावासमा रहेका तथ्यांक केलाउँदा मासिक दुईदेखि १० दम्पतीले सम्बन्ध विच्छेद गरेको पाइन्छ । वार्षिक एभरेजमा नै पनि यो धेरै हुनेछ । अमेरिका आएपछि काममा व्यस्तता र नेपालको जस्तो परिवारिक माहोल कम हुनाले पनि त्यस्तो अवस्था निम्तिएको हुन सक्ने दूतावास अधिकारीहरूको अनुभव छ । कतिको चाहना र प्राथमिकता नै फेरिने गर्दा पनि समस्या परेको हुन सक्छ । काम पाउने प्रकृतिले पनि कमाइ र चाहनाहरू फरक हुने हुँदा पनि यस्तो अवस्था निम्तिएको गुनासो सम्बन्ध विच्छेदका लागि वारेसनामा लिन आउनेहरूले बताउने गरेका छन् ।

खासगरी बच्चासहित अमेरिका बस्ने नेपालीहरू दिउँसोमा श्रीमती काममा जाने र श्रीमान्ले बच्चा हेर्ने, रातिमा श्रीमान् काममा जाने र श्रीमती बच्चाको साथमा रहने अवस्था धेरैको छ । अनि बिदाको प्रकृति पनि फरक हुने हँदा पारिवारिक माहोल कम हुँदा पनि त्यस्तो अवस्था निम्तिएको हुन सक्ने दूतावासका पुराना कर्मचारीले सुनाए । धेरै कम नेपालीले ‘हवाइट कलर’ जागिर खान्छन् । यसरी हवाइट कलर अर्थात् माथिल्लो स्तरका जागिरेहरूको बिदा पनि शनिबार र आइतबार नै भएकाले प्रयाप्त समय हुने घुमफिर मनोरन्जन सबै हुने हुँदा त्यस्तो समस्या कम आउने गरेको छ । तर अन्यमा यस्तो समस्या धेरै आउने गरेको छ ।

अहिले अमेरिकामा करिब तीन लाख नेपाली रहेको अनुमान छ । तर यति नै छन् भन्ने तथ्यांक आफूहरूसँग नरहेको दूतावासले जनाएको छ । कतिपयले त्यो भन्दा पनि बढी हुन सक्ने बताउँछन् । त्यहाँ रहेका व्यापारमा जमेका नेपालीहरूले पनि यस्तो अवस्थाप्रति चिन्ता देखाउँदै भन्छन्, कतिपय नेपालीहरू अमेरिका प्रवेश गरेपछि चाहना र आकांक्षा वृद्धि हुँदा नै यस्तो अवस्थामा पुगेका हुन् । कतिपयले नक्कली दम्पती तर सक्कली विवाह गरेरसमेत आउने हुनाले सम्बन्ध विच्छेदका लागि वारेस लिने गरेका हुन सक्छन् । तर, त्यो प्रमाणित हुँदैन त्यसलाई पनि साँच्चै सम्बन्ध विच्छेद भन्ने गरिएकाले संख्या बढेको हो । श्रीमान् अमेरिका र श्रीमती नेपालमा वा श्रीमती अमेरिका श्रीमान् नेपालमा हुनेहरूको पनि सम्बन्ध विच्छेदको वारेस आएको उल्लेख छ ।- कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा