फागुन १६, काठमाडौं । युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न आठजनालाई प्रहरीले आइतबार भैरहवामा सार्वजनिक गरेको छ । प्रहरीले मुख्य यो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १६, काठमाडौं । युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न आठजनालाई प्रहरीले आइतबार भैरहवामा सार्वजनिक गरेको छ । प्रहरीले मुख्य यो"/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी गरिएको थियो तिवारीको हत्या

१६ फाल्गुन २०७३, सोमबार ०३:२८

फागुन १६, काठमाडौं । युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न आठजनालाई प्रहरीले आइतबार भैरहवामा सार्वजनिक गरेको छ । प्रहरीले मुख्य योजनाकार ठहराएका मनोज पुन र सुटर भनिएका राजु फरार छन् ।

आजको नयाँ पत्रिकामा खबर छ– हत्यामा १२ जनाको संलग्नता रहेको आइतबार भैरहवामा आयेजित पत्रकार सम्मेलनमा रुपन्देहीका प्रहरी उपरीक्ष्क रवीन्द्र धानुकले जानकारी दिए । मुख्य सुटर राजुबारे भने प्रहरीले केही बताएको छैन । मुख्य योजनाकार पुन फरार रहेको धानुकले बताए ।

यसरी भयो हत्या

प्रहरीका अनुसार तिलोत्तमा–१५ का बुद्धिसागर यादवले मनोज बुढा मगरको निर्देशनमा सागर थापाले ल्याएको बा ५१ प ८०७३ नम्बरको मोटरसाइकल आफ्नो घरमा लुकाएका थिए । घटना हुँदाको दिन आफ्नो भाई राजेश यादवमार्फत सो मोटरसाइकल पठाइदिएका थिए ।

मोटरसाइकल रोहणी पुलमा लगी सागर थापाको जिम्मा लगाएको प्रहरीले बताएको छ । पक्राउ परेका खेमानन्द भट्टराईले सुटर राजुलाई आफ्नो लु२८प २११९ नम्बरको मोटरसाइकलमा राखी रोहणी पुलसम्म पु¥याएका थिए ।

घटनापश्चात राजु र सागर थापालाई सोही मोटरसाइकलमा रोहणी पुलबाट मणिग्रामसम्म पुर्याएको प्रहरीले जनाएको छ । सागरले राजुलाई मोटरसाइकलको पछाडि राखी दुर्गा तिवारीको पिछा गरेका थिए ।

मोटरसाइकल चलाउँदै गरेका तिवारीलाई राजुले गोली प्रहार गरेका थिए । त्यसपछि सागरले चलाएकै मोटरसाइकलमा सेमराना हुँदै रोहणी पुल पुगेका थिए । मोटरसाइकल त्यहीँ छाडी खेमानन्द भट्टराईको लु२८प २११९ नम्बरको अर्को पोटरसाइकलमा मणिग्राम पुगी त्यही दिन पाल्पा गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर