फागुन १६, काठमाडौं । युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न आठजनालाई प्रहरीले आइतबार भैरहवामा सार्वजनिक गरेको छ । प्रहरीले मुख्य यो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १६, काठमाडौं । युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न आठजनालाई प्रहरीले आइतबार भैरहवामा सार्वजनिक गरेको छ । प्रहरीले मुख्य यो"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी गरिएको थियो तिवारीको हत्या

२०७३, १६ फाल्गुन सोमबार ०३:२८

फागुन १६, काठमाडौं । युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न आठजनालाई प्रहरीले आइतबार भैरहवामा सार्वजनिक गरेको छ । प्रहरीले मुख्य योजनाकार ठहराएका मनोज पुन र सुटर भनिएका राजु फरार छन् ।

आजको नयाँ पत्रिकामा खबर छ– हत्यामा १२ जनाको संलग्नता रहेको आइतबार भैरहवामा आयेजित पत्रकार सम्मेलनमा रुपन्देहीका प्रहरी उपरीक्ष्क रवीन्द्र धानुकले जानकारी दिए । मुख्य सुटर राजुबारे भने प्रहरीले केही बताएको छैन । मुख्य योजनाकार पुन फरार रहेको धानुकले बताए ।

यसरी भयो हत्या

प्रहरीका अनुसार तिलोत्तमा–१५ का बुद्धिसागर यादवले मनोज बुढा मगरको निर्देशनमा सागर थापाले ल्याएको बा ५१ प ८०७३ नम्बरको मोटरसाइकल आफ्नो घरमा लुकाएका थिए । घटना हुँदाको दिन आफ्नो भाई राजेश यादवमार्फत सो मोटरसाइकल पठाइदिएका थिए ।

मोटरसाइकल रोहणी पुलमा लगी सागर थापाको जिम्मा लगाएको प्रहरीले बताएको छ । पक्राउ परेका खेमानन्द भट्टराईले सुटर राजुलाई आफ्नो लु२८प २११९ नम्बरको मोटरसाइकलमा राखी रोहणी पुलसम्म पु¥याएका थिए ।

घटनापश्चात राजु र सागर थापालाई सोही मोटरसाइकलमा रोहणी पुलबाट मणिग्रामसम्म पुर्याएको प्रहरीले जनाएको छ । सागरले राजुलाई मोटरसाइकलको पछाडि राखी दुर्गा तिवारीको पिछा गरेका थिए ।

मोटरसाइकल चलाउँदै गरेका तिवारीलाई राजुले गोली प्रहार गरेका थिए । त्यसपछि सागरले चलाएकै मोटरसाइकलमा सेमराना हुँदै रोहणी पुल पुगेका थिए । मोटरसाइकल त्यहीँ छाडी खेमानन्द भट्टराईको लु२८प २११९ नम्बरको अर्को पोटरसाइकलमा मणिग्राम पुगी त्यही दिन पाल्पा गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा