फागुन १७, काठमाडौं | बौद्ध भिक्षुको आवरणमा भगवान् गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर पुगेका इराकी नागरिक प्रहरी खानतलासीपछि फरार भएका छन् । तीन साताअघि मायादे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १७, काठमाडौं | बौद्ध भिक्षुको आवरणमा भगवान् गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर पुगेका इराकी नागरिक प्रहरी खानतलासीपछि फरार भएका छन् । तीन साताअघि मायादे"/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिक्षु बनेर किन लुम्बिनी पुगे इराकी ?

१७ फाल्गुन २०७३, मंगलवार ०२:१०

फागुन १७, काठमाडौं | बौद्ध भिक्षुको आवरणमा भगवान् गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर पुगेका इराकी नागरिक प्रहरी खानतलासीपछि फरार भएका छन् । तीन साताअघि मायादेवी मन्दिर परिसरबाट पक्राउ परेका ती व्यक्तिले आफू इराकी शरणार्थी भएको दावी गरेका थिए । कारोबारमा खबर छ ।

प्रहरीले शरणार्थी परिचयपत्र देखाउन भनेपछि आनाकानी गर्दै उम्किएका उनी अहिले फरार रहेको लुम्बिनी क्षेत्र विकास कोषका सूचना अधिकृत खगेन्द्र काफ्लेले जानकारी दिए । प्रहरीसँग उनले आफ्नो नाम पनि भन्न अस्वीकार गरेका थिए ।

४०/४५ वर्ष उमेरका देखिने ती व्यक्तिले प्रहरी र कोषका अधिकारीसँग उर्दु, हिन्दी र सामान्य अंग्रेजी भाषामा संवाद गर्दै आफ्नो परिचयपत्र लिएर आउने भन्दै उम्किएका थिए । सुरुमा ती व्यक्तिले आफू भारतीय भएको बताएको काफ्लेले जानकारी दिए ।

तर, सोधपुछ बढाउँदै जाँदा इराकी शरणार्थी भएको बताएका थिए । रुपन्देहीको वेलहियास्थित अध्यागमन कार्यालयका अनुसार पछिल्लो चार वर्षयता इराकी नागरिक वा इराकी शरणार्थी स्थलमार्गबाट प्रवेश गरेको अभिलेख छैन ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएका इराकीको विवरण पनि अध्ययन गरिने जानकारी दियो । लुम्बिनी परिसरमा यसरी भिक्षुको आवरणमा रहेका व्यक्ति पक्राउ परेको पहिलो पटक हो ।

मायादेवी मन्दिर प्रवेश गर्नेमाथी कडाइका साथ सोधपुछ तथा खानतलासी नहुँदा कस्ता व्यक्ति आउँछन् भन्ने पनि यकिन गर्न कठिन हुने गरेको कोषका अधिकारीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर