फागुन २९, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक मधेसीहरूको सबैभन्दा ठूलो पर्व फागुलगत्तै सरकारमा सहभागी हुने भएको छ । 

संयुक्त लोकतान्त्रिक मधेस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २९, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक मधेसीहरूको सबैभन्दा ठूलो पर्व फागुलगत्तै सरकारमा सहभागी हुने भएको छ । 

संयुक्त लोकतान्त्रिक मधेस"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गच्छदार पनि सरकारमा जाने

२०७३, २९ फाल्गुन आईतवार ०२:३४

फागुन २९, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक मधेसीहरूको सबैभन्दा ठूलो पर्व फागुलगत्तै सरकारमा सहभागी हुने भएको छ । 

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने अल्टिमेटम दिएपछि गच्छदारलाई सरकारमा ल्याउन गठबन्धन राजी भएको हो ।

मोर्चाले सरकारलाई आफूले दिँदै आएको समर्थन चैत १ पछि स्वतः समाप्त हुने भन्दै अल्टिमेटम दिएको छ । मोर्चाको यो अल्टिमेटमपछि दाहाल नेतृत्वको गठबन्धन सरकारले आफ्नो स्थानसमेतलाई गम्भीरताका साथ विश्लेषण गर्दै गच्छदारलाई सरकारमा ल्याउन लागेको हो ।

प्रधानमन्त्री दाहाल र फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारबीच शनिबार बिहान भएको भेटमा गच्छदारले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्वको दाबी गरेका थिए । 

तर प्रधानमन्त्री दाहालले सूचना तथा सञ्चार मन्त्रालय र अर्को सिँचाइ मन्त्रालय दिने प्रस्ताव राखेका थिए । कांग्रेस आफ्नो भागमा परेको सिँचाइ मन्त्रालय फोरम लोकतान्त्रिकलाई दिन राजी भएको दाबी स्रोतको छ । 

संविधान संशोधन गरी असन्तुष्ट मधेसी मोर्चालाई मूल धारमा ल्याएर स्थानीय तहको निर्वाचन गराउन यतिबेला माओवादी केन्द्र अर्थ र कांग्रेस गृहबाहेक कुनै पनि मन्त्रालय छाड्न तयार छन् । अन्नपूर्ण पोस्ट् दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप